Friday, March 21, 2025
spot_img
spot_img

सेबोन अध्यक्ष नियुक्तिबारे महान्यायाधिवक्ताको सुझावः २ जनाको नाम सिफारिस गर्न मिल्दैन

पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रियाका विषयमा महान्यायाधिवक्ता कार्यालयले २ जनाको नाम सिफारिस गर्न नमिल्ने सुझाव दिएको छ । सिफारिस समितिले सर्ट लिस्टमा परेका ५ जनालाई प्रस्तुतिकरणका लागि बोलाएकोमा २ जना मात्रै उपस्थित भएपछि महान्यायाधिवक्ताको कार्यालयसँग सुझाव मागेको थियो ।

समय थप गर्दा समेत बाँकी ३ जना प्रस्तुतकिरणका लागि नआएपछि बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया कसरी अघि बढाउने भनेर सिफारिस समितिले महान्याधिवक्ताको कार्यालयमा सुझाव मागेको थियो । महान्यायाधिवक्ताको कार्यालयले ३ जना भन्दा कमको नाम सिफारिस गर्न नमिल्ने प्रष्ट व्यवस्था रहेकाले २ जनाको नाम सिफारिस गर्न नमिल्ने राय दिएको हो ।

कम्तीमा ३ जनाको नाम सिफारिस गर्नुपर्ने प्रावधान भएकाले सिफािरस समितिले कम्तीमा ३ जनाकै नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नुपर्ने महान्याधिवक्ता कार्यलयको सुझाव छ ।

यदि ३ जनाको नाम सिफारिस हुन नसकेको अवस्थामा हालको प्रक्रिया रद्द गर्न महान्याधिवक्ता कार्यलयले सुझाव दिएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

जापान बन्यो आगामी विश्वकपको लागि छनौट हुने पहिलो देश

फिफा विश्वकप २०२६ का लागि छनोट हुने पहिलो देशको...

सवा २० अर्बमा ९० मेगावाटको अर्धजलाशययुक्त आयोजना बनाउँदै एमए पावर, EIA तयार

एम.ए. पावर प्रा. लि.ले निर्माण गर्न लागेको ९० मेगावाट...

महिला लघुवित्तको साधारणसभा सम्पन्न

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारणसभा आज...

८ महिनामा १ अर्ब ३३ करोडको सिमेन्ट निर्यात

चालु आर्थिक वर्षको ८ महिनामा १ अर्ब बढीको सिमेन्ट...

परिसंघले भन्यो ‘१२ घण्टा लोडसेडिङ्गले उद्योगलाई मर्माहत बनायो, नियमित विद्युत देउ’

नेपाल उद्योग परिसंघले उद्योगहरुमा तत्काल विद्युत् नियमित गर्न आग्रह गरेको...

५७ प्रतिशतले बढ्यो नेपालको निर्यात, ८ महिनामा ९८७ अर्ब व्यापार घाटा

चालु आर्थिक वर्ष २०८१/८२ को ८ महिनासम्ममा नेपालले ११...
spot_img