spot_img

नेशनल लाइफ इन्स्योरेन्सको साधारणसभा आह्वान, यस्ता छन् ७ प्रस्ताव

spot_img

नेशनल लाइफ इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ। कम्पनीले २०८१ साल भदौ ७ गते काठमाडौँको लाजिम्पाट स्थित आफ्नै केन्द्रीय कार्यालयमा साधारणसभा आह्वान गरेको हो ।

कम्पनीको सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छ। कम्पनीले आर्थिक २०७९/८० को मुनाफाबाट ४ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश गरि कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि साउन २४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। साउन २३ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव:

साधारण प्रस्ताव 
१. सचालक समितिको तर्फवाट अध्यक्षज्यूबाट पेश हुने आ.व. २०७९/०८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२. आर्थिक वर्ष २०७९/०८० को वासलात, आय-व्यय हिसाब, नाफा नोक्सान हिसाब एवम् लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

३. लेखापरीक्षण समितिको सिफारिस वमोजिम आर्थिक वर्ष २०८०/०८१ को लागि लेखापरीक्षक नियुक्ति एवम् पारिश्रमिक निर्धारण गर्ने ।

४. संचालक समितिले प्रस्ताव गरे बमोजिम हाल अद्यावधिक रुपमा कायम रहेको चुक्ता पूँजी रु.५,०१,१६,६६,४२५/- मा १० (दश) प्रतिशतका दरले रु. ५०,११,६६,६४२/५० नगद लाभांश पारित गर्ने ।

५. संचालक समितिले प्रस्ताव गरे वमोजिम नगद लाभांश र वोनस शेयर वापतको कर प्रयोजनको लागि रु.३,६९,२८,०६८/३९ नगद लाभांश स्विकृत गर्ने ।

 विशेष प्रस्ताव
१. संचालक समितिले प्रस्ताव गरे वमोजिम कम्पनीको हाल अद्यावधिक रुपमा कायम रहेको चुक्ता पूँजी रु.५,०१,१६,६६, ४२५/- मा ४ (चार) प्रतिशतको दरले वोनस शेयरको रुपमा लाभांश रु.२०,०४,६६,६५७/- प्रदान गर्ने प्रस्ताव पारित गर्ने । वोनस शेयर वितरण गर्दा कायम हुन आउने दशमलब पछिको अंकलाई सम्बन्धित शेयरधनीको नाममा पछि समायोजन गर्ने गरी यथावत राख्ने ।

२. कम्पनी ऐन २०६३ को दफा १०५ (१)ग वमोजिम आ. व. २०७९/०८० मा भएको खर्च अनुमोदन गर्ने।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

फ्लाइ दुबईद्वारा पोखराबाट व्यवसायिक उडान सुरु

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाइ दुबईले व्यवसायिक उडान सुरु...

नाडा र भन्सार विभागबीच बाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्या बारे छलफल

नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालले भोटेकोशी बाढीका कारण अटोमोबाइल्स...

बजाजको गेम अफ पावरः पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म

नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले...

SME लाई राष्ट्रिय प्राथमिकतामा राख्न सरकारसँग महासंघको आग्रह

नेपाल घरेलु तथा साना उद्योग महासंघले लघु, घरेलु तथा...

राष्ट्र बैंकको कारवाहीमा परे ६ वटा लघुवित्त

छ वटा लघुवित्त कम्पनीहरु नेपाल राष्ट्र बैंकको कारवाहीमा परेका...

हिउँदको विद्युत् माग व्यवस्थापनका लागि तयारी सुरु, पाँच सदस्यीय समिति गठन

नेपाल विद्युत् प्राधिकरणले आगामी सुक्खायाम (हिउँद)मा काठमाडौं उपत्यकालगायतका क्षेत्रमा...