Sunday, March 23, 2025
spot_img
spot_img

नेशनल लाइफ इन्स्योरेन्सको साधारणसभा आह्वान, यस्ता छन् ७ प्रस्ताव

नेशनल लाइफ इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ। कम्पनीले २०८१ साल भदौ ७ गते काठमाडौँको लाजिम्पाट स्थित आफ्नै केन्द्रीय कार्यालयमा साधारणसभा आह्वान गरेको हो ।

कम्पनीको सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छ। कम्पनीले आर्थिक २०७९/८० को मुनाफाबाट ४ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश गरि कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि साउन २४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। साउन २३ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव:

साधारण प्रस्ताव 
१. सचालक समितिको तर्फवाट अध्यक्षज्यूबाट पेश हुने आ.व. २०७९/०८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२. आर्थिक वर्ष २०७९/०८० को वासलात, आय-व्यय हिसाब, नाफा नोक्सान हिसाब एवम् लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

३. लेखापरीक्षण समितिको सिफारिस वमोजिम आर्थिक वर्ष २०८०/०८१ को लागि लेखापरीक्षक नियुक्ति एवम् पारिश्रमिक निर्धारण गर्ने ।

४. संचालक समितिले प्रस्ताव गरे बमोजिम हाल अद्यावधिक रुपमा कायम रहेको चुक्ता पूँजी रु.५,०१,१६,६६,४२५/- मा १० (दश) प्रतिशतका दरले रु. ५०,११,६६,६४२/५० नगद लाभांश पारित गर्ने ।

५. संचालक समितिले प्रस्ताव गरे वमोजिम नगद लाभांश र वोनस शेयर वापतको कर प्रयोजनको लागि रु.३,६९,२८,०६८/३९ नगद लाभांश स्विकृत गर्ने ।

 विशेष प्रस्ताव
१. संचालक समितिले प्रस्ताव गरे वमोजिम कम्पनीको हाल अद्यावधिक रुपमा कायम रहेको चुक्ता पूँजी रु.५,०१,१६,६६, ४२५/- मा ४ (चार) प्रतिशतको दरले वोनस शेयरको रुपमा लाभांश रु.२०,०४,६६,६५७/- प्रदान गर्ने प्रस्ताव पारित गर्ने । वोनस शेयर वितरण गर्दा कायम हुन आउने दशमलब पछिको अंकलाई सम्बन्धित शेयरधनीको नाममा पछि समायोजन गर्ने गरी यथावत राख्ने ।

२. कम्पनी ऐन २०६३ को दफा १०५ (१)ग वमोजिम आ. व. २०७९/०८० मा भएको खर्च अनुमोदन गर्ने।

spot_img

- Advertisement -

spot_img
spot_img

आईपीएलमा RCB को विजयी सुरुवात, पहिलो खेल मै हार्यो गतवर्षको च्याम्पियन

रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले इन्डियन प्रिमियर लिग (आईपीएल)...

रुसको स्वर्ण भण्डार २१७ अर्ब डलर पुग्यो, किन थुपार्यो यति धेरै सुन ?

रुसले हालै आफ्नो सुनको भण्डारलाई कीर्तिमानी स्तरमा पुर्‍याएको छ।...

युएईले अमेरिकामा १४ खर्ब डलर लगानी गर्ने

संयुक्त अरब इमिरेट्स (युएई) ले अमेरिकामा आगामी १० वर्षमा...

लक्ष्मी स्टीलले तिर्न थाल्यो विद्युत् बक्यौता, सर्वोत्तम सिमेन्टले बुझायो दोस्रो किस्ता

नवलपरासी .(बर्दघाट सुस्ता पश्चिम)को सुनवलमा सञ्चालनमा रहेको लक्ष्मी स्टीलले...

बिलियन डलर बिजनेशको रुपमा परिचित आईपीएल आजदेखि

बहुप्रतीक्षित १८औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) आज शनिवारबाट...

पर्यटन बोर्ड र युएनडीपीबीच ५० लाख डलरको परियोजना सञ्चालन गर्ने सम्झौता

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम नेपाल...
spot_img