Friday, March 21, 2025
spot_img
spot_img

माघदेखि बीमा गर्न र दाबी भुक्तानी लिन राष्ट्रिय परिचयपत्र अनिवार्य, प्राधिकरणले गर्‍यो परिपत्र

आगामी माघ १ गतेदेखि बीमा सम्बन्धि कारोबारमा राष्ट्रिय परिचय पत्रको विवरण अनिवार्य भएको छ। नेपाल बीमा प्राधिकरणको असार १३ गतेको बैठकले यस्तो निर्णय गरेको हो ।

नेपाल सरकारबाट २०८१ असार १० मा नेपाल राजपत्र भाग ५ मा प्रकाशन भएको गृह मन्त्रालयको सूचनाको बुदाँ नम्बर (ख) मा बैकिङ तथा वित्तीय सेवा प्रवाहमा मिति २०८१/१०/०१ देखि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने उल्लेख छ।  सोहि व्यवस्था अनुसार आगामी माघ १ गतेदेखि बीमा सम्बन्धि कारोबारमा राष्ट्रिय परिचय पत्रको विवरण अनिवार्य हुने भएको हो।

प्राधिकरणले २०८१/१०/०१ देखि लागु हुने गरी नेपाली नागरिकको हकमा जारी हुने नयाँ बीमालेख, बीमालेखको नविकरण; बीमालेख ऋण, बीमालेख समर्पण, बीमा दाबी भुक्तानी लगायतका सबै किसिमका बीमा कारोबार र बीमा मध्यस्तकर्ताको दर्ता/नविकरणका साथै सेवा सुविधा भुक्तानीमा राष्ट्रिय परिचयपत्रको विवरण अनिवार्य गर्नको लागि सम्पूर्ण बीमा कम्पनीलाई परिपत्र जारी गरिसकेको छ।

यसको कार्यान्वयनका लागि बीमा कम्पनीले आवश्यक प्रचार-प्रसार, आन्तरिक कार्यविधि निर्माण; सम्बन्धित फाराम संशोधन लगायतका कार्यहरू तत्काल गर्न पनि प्राधिकरणले निर्देशन दिएको छ। नेपाली नागरिकताको प्रमाणपत्रको सट्टामा राष्ट्रिय परिचयपत्रको प्रमाणपत्र स्वीकार गर्ने पनि प्राधिकरणको परिपत्रमा उल्लेख छ।

spot_img

- Advertisement -

spot_img
spot_img

जापान बन्यो आगामी विश्वकपको लागि छनौट हुने पहिलो देश

फिफा विश्वकप २०२६ का लागि छनोट हुने पहिलो देशको...

सवा २० अर्बमा ९० मेगावाटको अर्धजलाशययुक्त आयोजना बनाउँदै एमए पावर, EIA तयार

एम.ए. पावर प्रा. लि.ले निर्माण गर्न लागेको ९० मेगावाट...

महिला लघुवित्तको साधारणसभा सम्पन्न

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारणसभा आज...

८ महिनामा १ अर्ब ३३ करोडको सिमेन्ट निर्यात

चालु आर्थिक वर्षको ८ महिनामा १ अर्ब बढीको सिमेन्ट...

परिसंघले भन्यो ‘१२ घण्टा लोडसेडिङ्गले उद्योगलाई मर्माहत बनायो, नियमित विद्युत देउ’

नेपाल उद्योग परिसंघले उद्योगहरुमा तत्काल विद्युत् नियमित गर्न आग्रह गरेको...

५७ प्रतिशतले बढ्यो नेपालको निर्यात, ८ महिनामा ९८७ अर्ब व्यापार घाटा

चालु आर्थिक वर्ष २०८१/८२ को ८ महिनासम्ममा नेपालले ११...
spot_img