Wednesday, March 4, 2026
spot_img

२०२५ मा ११ लाख ५८ हजार विदेशी पर्यटकले गरे नेपालको भ्रमण

spot_img
spot_img

सन् २०२५ मा ११ लाख ५० हजारभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार वर्ष २०२५ मा ११ लाख ५८ हजार ४५९ पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।

पर्यटकको आगमन सन् २०२४ को तुलनाका १० हजारले बढेको बोर्डले जनाएको छ ।

सन् २०२५ मा सबैभदा बढी पर्यटक मार्च महिनामा आएका छन् । मार्चमा मात्रै १ लाख २१ हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए । नोभेम्बरमा १ लाख १६ हजार ५५३ र अप्रिलमा १ लाख १६ हजार ४९० जना पर्यटक नेपाल आएका छन् । डिसेम्बरमा ९८ हजार १९० पर्यटक आएका छन् ।

सन् २०२५ मा नेपाल भित्रिएका पर्यटकमध्ये सबैभन्दा बढी भारतबाट २ लाख ९२ हजार पर्यटक नेपाल आएका छन् । यस्तै, अमेरिकाबाट १ लाख १२ हजार, चीनबाट ९५ हजार, बेलायतबाट ५८ हजार, बंगलादेशबाट ५७ हजार, अस्टेलियाबाट ४९ हजार पर्यटक नेपाल भित्रिएका छन् ।

श्रीलंकाबाट ३७ हजार, थाइल्याण्डबाट ३० हजार, जर्मनबिाट ३० हजार र जापानबाट २४ हजार पर्यटक नेपाल आएको बोर्डको तथ्यांकमा उल्लेख छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बढे नेपाल आउने पर्यटक, फेब्रुअरीमा मात्रै भित्रिए १ लाख ५ हजार बढी

२०२६ को फेब्रुअरीमा १ लाख ५ हजार भन्दा बढी...

चुनावको दिनको लागि पास पाएका गाडीले अरु व्यक्तिलाई चढाउन नपाउने

निर्वाचन आयोगले सवारी पासको दुरूपयोग गर्दै सम्बन्धित व्यक्तिबाहेक अन्य...

चुनावको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन आन्तरिक...

खाडी क्षेत्रमा रहेका नेपालीलाई पोर्टलमा विवरण भर्न आग्रह

सरकारले खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह गरेको...

चुनावको लागि आजदेखि ३ दिन सार्वजनिक विदा

भोलि फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर...

इरान युद्दका कारण सो क्षेत्रको पर्यटन मै ६० अर्ब डलरको क्षति पुग्ने आँकलन

इजरायल र अमेरिकाले इरानविरुद्ध सुरु गरेको युद्धले मध्यपूर्व क्षेत्रको...
spot_img