Wednesday, February 11, 2026
spot_img

बिजनेश इनक्युबेसन सेवा प्रदान गर्न प्रतिष्ठानद्वारा प्रस्ताव आह्वान

spot_img
spot_img

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले बिजनेश इनक्युबेसन सर्भिसेस् अर्थात् व्यवसाय संवर्द्धन सेवा सञ्चालन तथा व्यवस्थापनका लागि प्रस्ताव आह्वान गरेको छ । प्रतिष्ठानले आज पुस ११ गते आ.व. २०८२/८३ मा व्यवसाय संवर्द्धन सेवा सञ्चालन तथा व्यवस्थापनका लागि साझेदारको रूपमा कार्य इच्छुक संस्थाबाट प्रस्ताव माग गरेको हो ।

प्रतिष्ठानले  इच्छुक सरकारी, प्राज्ञिक (विश्वविद्यालय) र निजी क्षेत्रका संघसंस्थाहरूलाई व्यवसाय संवर्धन सेवा संचालन तथा व्यवस्थापन कार्यविधि, २०५२ को दफा ७ बमोजिमका कागजातहरू संलग्न गरी पन्ध्र दिनभित्र औद्योगिक व्यवसाय विकास प्रतिष्ठानमा अनुसूची -२ भरी आवेदन पेश गर्न आग्रह गरेको छ।

प्रतिष्ठानका अनुसार आफ्नो प्रस्ताव प्रतिष्ठानको ईमेल : [email protected] मा पठाउन सकिनेछ । प्रस्तावको ढाँचा तथा विस्तृत जानकारी प्रतिष्ठानको वेबसाइट: https://iedi.gov.np मा राखिएको छ। भौतिक रुपमा प्रस्ताव पेश गर्न चाहनेले प्रतिष्ठानको कार्यालय, त्रिपुरेश्वरमा दर्ता गराउन सकिनेछ । म्यादभित्र दर्ता हुन नआएका आवेदनहरूलाई मूल्याङ्गनमा समावेश नगरिने प्रतिष्ठानले प्रष्ट पारेको छ।

प्रस्ताव पेश गर्दा अनुसूची १ सँग संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू:
(क) संस्था दर्ता प्रमाणपत्र तथा नवीकरणको प्रतिलिपि,
(ख) संस्थाको विधान वा प्रबन्धपत्र र नियमावलीको प्रतिलिपि,
(ग) स्थायी लेखा नम्बरको प्रमाणपत्र र अघिल्लो आर्थिक वर्षको करचुक्ता प्रमाणपत्रको प्रतिलिपि, (घ) अनुसूची-३ बमोजिमको कवुलियतनामा,
(ङ) कार्यविधिको दफा ३ को उपदफा (४) बमोजिम केन्द्रको विवरण,
(च) व्यवसाय संवर्द्धन सेवा सञ्चालनको लागि ३ पेजमा नबढ्ने गरी व्यवसायिक प्रस्ताव,

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

युनाइटेड अजोड इन्स्योरेन्सले पायो हकप्रद शेयर निष्काशनको अनुमति

युनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने अनुमति पाएको...

सिटिजन्स बैंक बन्यो NCHL को EFT member अन्तर्गत NepalPay Card जारी गर्ने पहिलो बैंक

सिटिजन्स बैंक र नेपाल क्लियरिङ हाउस (NCHL) बीच NPS...

आइ.सि.एफ.सि फाइनान्सका ग्राहकले इच्छा अनुसारको फोटो राखेर Debit Card लिन सक्ने

आइ.सि.एफ.सि. फाइनान्सले ग्राहकलाई व्यक्तिगत, आधुनिक र फरक बैंकिङ अनुभव...

गुणस्तर विभागलाई उद्योग परिसंघद्वारा २० लाखको प्रयोगशाला यन्त्र हस्तान्तरण

नेपाल उद्योग परिसंघले नेपाल गुणस्तर तथा नापतौल विभागलाई प्रयोगशाला...
spot_img