Wednesday, March 4, 2026
spot_img

फास्टो नेपालः अर्डर गरेको सामान १० मिनटमै डेलिभरी

spot_img
spot_img

काठमाडौँको व्यस्त दैनिकीमा किनमेल गर्नपनि एकाध घण्टा समय छुट्याएर मात्रै बजार निस्कनुपर्छ । सवारी जामले खर्चिने समय पनि छँदैछ । यसलाई सरलीकृत गर्न ‘क्वीक कमर्श’को अवधारणा अनुसार प्रशान्त घिमिरेको नेतृत्वमा ‘फास्टो नेपाल’ पनि अघि बढ्दैछ ।

फास्टो नेपालले काठमाडौँभित्र अर्डर गरेको सामान १० देखि १५ मिनेटमै अर्डरकर्ताले पाउँछन् । काठमाडौँ उपत्यकाको चक्रपथभित्र र बाहिर अर्डर गरेको १० देखि १५ मिनेटभित्रै सामान उपलब्ध गराइने प्रशान्त बताउँछन् । यसका लागि डिपार्टमेन्ट स्टोर मोडलका ‘वेयर हाउस’ बनाइएका छन् । ‘यी वेयर हाउसमार्फत अर्डर गरेको १५ मिनेटभित्र नै उपभोक्ताले पाउने गरी सामान पठाउँछौँ’ उनले भने ।

फास्टोमार्फत चामल, दाल, तेल, आँटा, चिया–कफी, गेडागुडी, चिउरा, डेरी प्रोडक्ट, अचार र मसला लगायतका भान्छामा आवश्यक पर्ने सबैजसो सामान डेलिभरी हुन्छ । यतिमात्रै होइन, ब्युटी र पर्सनल केयरका सामान पनि उपलब्ध छन् । चिसो पेय पदार्थ र लिक्वेयरदेखि ‘हाउस होल्ड’का सामान र इलेक्ट्रोनिक्स सामानसमेत फास्टोमार्फत डेलिभरी गरिन्छ ।

प्रशान्तका अनुसार उपभोक्ताले एप्सबाट अर्डर गरेपछि लोकेसन अनुसार जुन स्टोरबाट नजिक पर्छ, त्यहीँबाट डेलिभरी गरिन्छ । यसका लागि अहिलेलाई ९० जना ‘डेलिभरी मेनपावर’ राखिएको छ । स्टोर थपिँदै जाँदा डेलिभरी गर्ने जनशक्ति पनि थपिँदै जानेछन् ।

‘१० देखि १५ मिनेटभित्रै अर्डर गरेको सामान आईपुग्छ भन्दा मान्छेलाई अचम्म लागेको छ, अहिले हामीले परीक्षण गर्दा यसमा सफल पनि भईसकेका छौँ’ प्रशान्तले सुनाए, ‘अब फास्टोका प्रयोगकर्ता बढ्नेवाला छन् । चाँडै नै हामी यसको सेवालाई बिस्तार पनि गर्नेछौँ ।’

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बढे नेपाल आउने पर्यटक, फेब्रुअरीमा मात्रै भित्रिए १ लाख ५ हजार बढी

२०२६ को फेब्रुअरीमा १ लाख ५ हजार भन्दा बढी...

चुनावको दिनको लागि पास पाएका गाडीले अरु व्यक्तिलाई चढाउन नपाउने

निर्वाचन आयोगले सवारी पासको दुरूपयोग गर्दै सम्बन्धित व्यक्तिबाहेक अन्य...

चुनावको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन आन्तरिक...

खाडी क्षेत्रमा रहेका नेपालीलाई पोर्टलमा विवरण भर्न आग्रह

सरकारले खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह गरेको...

चुनावको लागि आजदेखि ३ दिन सार्वजनिक विदा

भोलि फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर...

इरान युद्दका कारण सो क्षेत्रको पर्यटन मै ६० अर्ब डलरको क्षति पुग्ने आँकलन

इजरायल र अमेरिकाले इरानविरुद्ध सुरु गरेको युद्धले मध्यपूर्व क्षेत्रको...
spot_img