Wednesday, March 4, 2026
spot_img

खुल्यो कित्ताकाट, शिथिल बनेको घरजग्गा कारोबार अब जुर्मराउला ?

spot_img
spot_img

लामो समय देशभरीका ५ सय स्थानीय तहमा रोकिएको जमिनको कित्ताकाट खुलेको छ । योसँगै अब देशभरीका सबै स्थानीय तहमा कित्ताकाट खुलेको छ । सरकारले भू–उपयोग नियमावली २०७९ तेस्रो पटक संशोधन गरेसँगै कित्ताकाट खुलेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले भू–उपयोग नियमावली, २०७९ (तेस्रो संशोधन २०८२) स्वीकृत गरेसँगै कित्ताकाट खुलेको हो ।

तत्कालिन सरकारले जग्गाको वर्गीकरण गर्न दिएको समयावधिभित्र जग्गा वर्गीकरण गर्न नसकेका स्थानीय तहमा गत साउनबाट कित्ताकाट रोकिएको थियो । भूउपयोग नियमावली जारी भएको तीन वर्ष हुँदासम्म ७५३ स्थानीय तहमध्ये २५३ स्थानीय तहले मात्रै जग्गाको पूर्ण वर्गीकरण गरेका थिए । यस आधारमा देशभरीका ५ सय स्थानीय तहले जग्गाको वर्गीकरण नै गर्न सकेका थिएनन् । त्यसकारण साउनदेखी त्यस्ता ५ सय स्थानीय तहमा कित्ताकाट रोकिएको थियो ।

नियमावली जारी भएपछि २०७९ मंसिरपछि जग्गालाई १० वटा क्षेत्रमा वर्गीकरण गर्नुपर्ने थियो । नियमावली जारी भएपछि पनि जग्गाको वर्गीकरण नगरेका ६२० पालिकामा २०८१ भदौदेखी कित्ताकाटसहित जग्गा प्रशासनसम्बन्धी काम रोकिएको थियो । त्यति बेला १३३ पालिकाले मात्रै जग्गा वर्गीकरण गरेर त्यसको जानकारी भूमी व्यवस्था मन्त्रालयमा पठाएका थिए ।

त्यसपछि २०८१ भदौ २७ मा सरकारले कित्ताकाट र जग्गाको कारोबार सहज गराउन भन्दै भू–उपयोग नियमावली, २०७९ लाई दोस्रो पटक संशोधन गरेको थियो । उक्त संशोधित नियमावलीले जग्गा वर्गीकरण गर्न पालिकालाई २०८२ असारसम्मको समय दिएको थियो । त्यस अवधिसम्म पनि जम्मा २५३ स्थानीय तहले मात्रै जग्गा वर्गीकरण गरेका थिए ।

भूमी व्यवस्थामन्त्री अनिलकुमार सिन्हाले नियमावली संशोधन भएसँगै कित्ताकाट खुला गरिएको बताएका छन् । उनका अनुसार यस सम्बन्धि सूचना केही दिनमै नेपाल राजपत्रमा प्रकाशित हुनेछ ।

घरजग्गा व्यवसायीहरुले सरकारले कित्ताकाट खुलाएसँगै कारोबार बढ्ने अपेक्षा लिएका छन् । नेपाल घरजग्गा व्यवसायी महासंघका अध्यक्ष विष्णु प्रसाद घिमिरेले किनबेच गर्नसमेत नसकेर ठप्प जस्तै बनेको घरजग्गा कारोबारमा अब सुधार आउने बताएका छन् । उनले कित्ताकाट खुलेसँगै कारोबारमा मात्रै नभई सरकारको राजस्व समेत बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बढे नेपाल आउने पर्यटक, फेब्रुअरीमा मात्रै भित्रिए १ लाख ५ हजार बढी

२०२६ को फेब्रुअरीमा १ लाख ५ हजार भन्दा बढी...

चुनावको दिनको लागि पास पाएका गाडीले अरु व्यक्तिलाई चढाउन नपाउने

निर्वाचन आयोगले सवारी पासको दुरूपयोग गर्दै सम्बन्धित व्यक्तिबाहेक अन्य...

चुनावको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन आन्तरिक...

खाडी क्षेत्रमा रहेका नेपालीलाई पोर्टलमा विवरण भर्न आग्रह

सरकारले खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह गरेको...

चुनावको लागि आजदेखि ३ दिन सार्वजनिक विदा

भोलि फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर...

इरान युद्दका कारण सो क्षेत्रको पर्यटन मै ६० अर्ब डलरको क्षति पुग्ने आँकलन

इजरायल र अमेरिकाले इरानविरुद्ध सुरु गरेको युद्धले मध्यपूर्व क्षेत्रको...
spot_img