Wednesday, March 4, 2026
spot_img

घरजग्गा कारोबारमा लाइसेन्स अनिवार्य, इजाजत लिन आह्वान

spot_img
spot_img

निकै लामो छलफलपछि सरकारले घरजग्गा कारोबारमा लाइसेन्स अनिवार्य गरेको छ । यस अनुसार अब ३ करोड भन्दा माथिको वार्षिक कारोबार हुनेगरी घरजग्गा किनबेच गर्नेले अनिवार्य रुपमा इजाजत लिनुपर्ने प्रावधान कार्यान्वयनमा आएको हो ।

जसअनुसार अब ३ करोड रूपैयाँभन्दा बढीको घरजग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी वा संस्थाले अनिवार्य रूपमा इजाजत पत्र लिनुपर्ने छ । बिहीबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गा कारोबारको इजाजत पत्र (लाइसेन्स)का लागि दरखास्त आह्वान गरेको हो ।

विभागले असोज २७ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार महानगरपालिका र उपमहानगरपालिका क्षेत्रलाई कार्यक्षेत्र घोषणा गरिएको जनाएको छ । सोही आधारमा अब एक पटकमा ३ करोड रुपैयाँभन्दा बढीको कारोबार गर्न इच्छुक फर्म, कम्पनी वा संस्थाले ३० दिनभित्र अनलाइनमार्फत इजाजतका लागि आवेदन दिनुपर्नेछ ।

विभागकारअनुसार मालपोत नियमावली, २०३६ (आठौं संशोधन २०८२) को अनुसूची ८ मा उल्लिखित कागजात एवं प्रमाण स्क्यान गरी सोही अनुसूची बमोजिमको ढाँचामा निवेदन दिनुपर्नेछ । इजाजत पत्र लिन मालपोत नियमावली, २०३६ को नियम २३ ट बमोजिम एक पटकमा पाँच करोड रुपैयाँसम्म कारोबार गर्ने व्यक्ति (फर्म, कम्पनी वा संस्था) को हकमा पाँच लाख रुपैयाँ दस्तुर बुझाउनुपर्नेछ ।

एक पटकमा पाँच करोड रुपैयाँ भन्दा घटी वा बढी जतिसुकै रकमको कारोबार गर्ने व्यक्ति (फर्म, कम्पनी वा संस्था) को हकमा दश लाख रुपैयाँ बुझाउनुपर्नेछ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बढे नेपाल आउने पर्यटक, फेब्रुअरीमा मात्रै भित्रिए १ लाख ५ हजार बढी

२०२६ को फेब्रुअरीमा १ लाख ५ हजार भन्दा बढी...

चुनावको दिनको लागि पास पाएका गाडीले अरु व्यक्तिलाई चढाउन नपाउने

निर्वाचन आयोगले सवारी पासको दुरूपयोग गर्दै सम्बन्धित व्यक्तिबाहेक अन्य...

चुनावको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन आन्तरिक...

खाडी क्षेत्रमा रहेका नेपालीलाई पोर्टलमा विवरण भर्न आग्रह

सरकारले खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह गरेको...

चुनावको लागि आजदेखि ३ दिन सार्वजनिक विदा

भोलि फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर...

इरान युद्दका कारण सो क्षेत्रको पर्यटन मै ६० अर्ब डलरको क्षति पुग्ने आँकलन

इजरायल र अमेरिकाले इरानविरुद्ध सुरु गरेको युद्धले मध्यपूर्व क्षेत्रको...
spot_img