Friday, May 8, 2026
spot_img
spot_img

निर्माणको सिजनमै सिमेन्टको मूल्य बढ्यो

spot_img
spot_img

निर्माणको सिजनमै सिमेन्टको मूल्य बढेको छ । निर्माण व्यवसायीहरुका अनुसार निर्माणको सिजन सुरू भएसँगै उद्योगीहरूले सिमेन्टको मूल्य बढाएका हुन् ।

पछिल्लो एक महिनाको अवधिमा सिमेन्टको मूल्य प्रतिबोरा २ सय रुपैयाँसम्म बढेको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए । उनका अनुसार सिजनमै सिमेन्ट उद्योगीहरुले बिना कारण मूल्य बढाउँदा निर्माण उद्योग थप समस्यामा परेको छ ।

यसअघि प्रतिबोरा ५० रुपैयाँसम्म मूल्य बढाइएकोमा पछिल्लो समय प्रतिबोरा थप ३० देखि ५० रूपैयाँसम्मले सिमेन्टको मूल्य बढेको नेपाल निर्माण सामग्री व्यापार संघले जानकारी दिएको छ । संघका अनुसार बढेको मूल्य गत शुक्रबारदेखि कायम भइसकेको छ । ओपिसी सिमेन्टमा प्रतिबोरा ३० रूपैयाँ र पिपिसी सिमेन्टमा प्रतिबोरा ५० रूपैयाँले थप मूल्य वृद्धि भएको संघले जनाएको छ ।

निर्माण व्यवसायीहरुले भने उद्योगीहरुले बिना कारण कात्तिकदेखि सिमेन्टले मूल्य बढाएको आरोप लगाएका छन् । अन्तराष्ट्रिय बजारमा कुनै पनि वस्तु (कच्चापदार्थ)को भाउ नबढे पनि नेपालका उद्योगीहरुले कार्टेलिङ गरेर एक महिनाको अवधिमा प्रतिबोरा १५० देखि २ सय रुपैयाँसम्म मूल्य बढाएको निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंह बताउँछन् ।

यता, सिमेन्ट उद्योगीहरुले भने कार्टेलिङ वा सिण्डिकेट गरेर मूल्य बढाएको नभई केही उद्योगहरुले लागत मूल्य बढी भएपछि त्यसमा मूल्य समायोजन मात्रै गरेको बताएका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वोच्चको प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस भएका छन्...

नेतृत्व हस्तान्तरण पश्चात चन्द्र ढकालको भावुक वक्तव्य

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्र ढकालले भावुक...

नेपालकै पहिलो टियर IV हाइपरस्केल डाटा सेन्टर निर्माणको घोषणा, यस्ता छन् विशेषता

नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पुर्याउने र देशको डाटा सुरक्षालाई...

धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिका संयोजक डा. भट्टले दिए राजीनामा

नेपाल धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समितिका संयोजक डा. गुणाकर...

नेपाल आयो ‘एमजी एस–६’, औपचारिक लन्च कहिले ?

पारामाउण्ट मोटर्सले ‘एमजी एस-६’ नेपाल भित्र्याएको छ । पारामाउण्टले...

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ...
spot_img