Thursday, June 25, 2026
spot_img

आईपीओको तयारीमा रहेको आईएमई लिमिटेडले गत वर्ष दियो २१८ प्रतिशत लाभांश

spot_img
spot_img

आईएमई लिमिटेडले गत वर्ष २१८ प्रतिशत लाभांश प्रदान गरेको छ। कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट २१८ प्रतिशत लाभांश प्रदान गरेको हो।

यस कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा ७८ करोड ६० लाख कुल आम्दानी गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा सामान्य कमि हो । आर्थिक वर्ष २०७९/८० मा कम्पनीले ८१ करोड २० लाख कुल आम्दानी गरेको थियो।

आईएमई लिमिटेड देश कै अग्रणी रेमिट्यान्स कम्पनी हो । यो  कम्पनी आईएमई ग्रुपद्वारा प्रबर्दन गरिएको हो । सन् २००१ मा यो कम्पनी प्राइभेट कम्पनीको रुपमा स्थापना भएकोमा सन् २०१४ मा पब्लिक कम्पनी बनेको थियो । कम्पनीका अध्यक्ष हेमराज ढकाल हुन् । कम्पनीमा हेम राज ढकाल र चन्द्र प्रसाद ढकालको समान ३३.३ प्रतिशत स्वामित्व रहेको छ। कम्पनीले जीएमई रेमिटलाई प्राप्ति गरेर गत अगस्टदेखि आईएमई लिमिटेडदेखि एकिकृत कारोबार गरिरहेको छ। आइएमई लिमिटेड देशकै सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने कम्पनी हो । जीएमई जापान र कोरियाबाट सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने कम्पनी रहेको थियो।

कम्पनीले आईपीओ निष्काशन गर्नको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ। कम्पनीले १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता शेयर निष्काशन गर्ने छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

जीवन विकास लघुवित्तले युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्तलाई गाभ्ने, स्वाप कति ?

जीवन विकास लघुवित्त, युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्तले...

नेरुडे मिर्मिरे लघुवित्तको साधारणसभा आह्वान, हकप्रद निष्काशन गर्ने प्रस्ताव

नेरुडे मिर्मिरे लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले...

सर्वोत्तम पेन्ट्सको आईपीओ बाँडफाँड, ७० हजार ५ सय ५० जनाले पाए शेयर

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड...

सर्वोत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड हुने

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ असार...

अनुसन्धानको लागि मौखिक अनुरोध मै खाता रोक्का हुने, बैंकले २४/७ कर्मचारी राख्नु पर्ने

वित्तीय अपराध न्यूनीकरणको लागि नेपाल राष्ट्र बैंकले कडा कदम...

थोक र खुद्रा लघुवित्तको मर्जरमा नयाँ व्यवस्था

नेपाल राष्ट्र बैंकले लघुवित्तको मर्जरको नयाँ व्यवस्था गरेको छ...
spot_img