Friday, May 8, 2026
spot_img

जाम्बियाले राख्यो नेपालका खानी उत्खनन् कार्यमा सहकार्यको प्रस्ताव, प्राविधिक सहयोगको समेत प्रतिवद्धता

spot_img
spot_img

नेपालका लागि गणतन्त्र जाम्बियाका गैरआवासीय राजदूत पर्सी प्याटसन चन्दले नेपालसमक्ष खानी उत्खनन् कार्यमा सहकार्यको प्रस्ताव राखेका छन् । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँगको भेटवार्तामा गैरआवासीय राजदूत चन्दले खानी उत्खनन् कार्यमा जाम्बियासँग दक्ष प्राविधिक जनशक्ति रहेको जनाउँदै नेपालको खानी उत्खनन्मा सहकार्यको प्रस्ताव राखेका हुन् ।

शुक्रबार बिहान राष्ट्रपति रामचन्द्र पौडेल समक्ष ओहोदाको पत्र पेश गरेका गैरआवासीय राजदूत पर्सी प्याटसन चन्दले नेपाल र जाम्बियाको भू–वनोट समान खालको रहेको बताउँदै खानी उत्खनन्मा जाम्बियाले हासिल गरेको सफलता नेपालका लागि पनि उपयोगी हुने बताएका हुन् । उनले नेपालको खानी तथा खनिजजन्य उत्पादनको उत्खनन्मा प्राविधिक सहयोगसहित आवश्यक सहकार्य गर्न जाम्बिया सरकार तयार रहेको पनि जानकारी गराएका छन् ।

भेटका क्रममा मन्त्री भण्डारीले दुइ देशबीचको ब्यापार प्रवद्र्धनसँगै कृषि, पर्यटन र खानीजन्य उद्योगमा सहकार्य गर्न सकिने बताएका छन् । खानी उद्योगलाई नेपाल सरकारले प्राथमिकतामा राखेको जनाउँदै मन्त्री भण्डारीले खनिज उत्खनन् कार्यमा जाम्बियाले हासिल गरेको उपलब्धि नेपालका लागि उपयोगी बन्ने बताए । उनले जाम्बियासँगको सम्बन्धले अफ्रिकी मुलुकहरुसँग सम्बन्ध विस्तारमा समेत सहयोग पुग्ने जनाउँदै दूबै देशबीच सहयोग आदानप्रदान गर्न सकिने ठाउँहरु रहेको पनि बताएका छन् ।

गैरआवासीय राजदूत पर्सी प्याटसन चन्दका अनुसार जाम्बियामा वार्षिक ६० हजार करोड बराबरको खानी उत्खनन् हुने गरेको छ । यसको अनुभवका आधारमा नेपाललाई सहयोग गर्न जाम्बिया सरकार तयार रहेको बताए ।

भेटमा खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले नेपालमा पहिचान भएका विभिन्न खनिजजन्य उत्पादनहरुको बारेमा गैरआवासीय राजदूत चन्दलाई जानकारी गराएका थिए ।

नेपाल र जाम्बियाबीच १० सेप्टेम्बर १९८६ मा कूटनीतिक सम्बन्ध स्थापित भएको थियो । यसअघि नेपाल र जाम्बियाबीच कुटनीतिक सम्बन्ध स्थापना भएको साढे ३ दशक पूरा भएको अवसरमा दुई देशबीच द्विपक्षीय व्यापार र आपसी हित प्रवद्र्धनको उदेश्यसहित १५ मे २०२२ मा विश्वको सर्वोच्च शिखर सगरमाथामा जाम्बियाको झण्डा फहराइएको थियो ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

यसपटक मनसुनमा देशका अधिकांश स्थानमा सरदर भन्दा कम वर्षा हुने, कहाँ कति ?

जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन ऋतुको...

गोल्याण ग्रुपद्वारा जेन्जी सहिदका सन्तानलाई शैक्षिकवृत्ति र अभिभावकलाई स्वास्थ्य बीमा सुनिश्चित

गोल्याण ग्रुपले जेन–जी सहिद परिवारका लागि शैक्षिकवृत्ति र स्वास्थ्य...

Nepal Mediciti Showcases Nepal’s Healthcare Excellence at International Expo

Nepal Mediciti has marked a historic milestone by becoming...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ४ निर्णय

आज वैशाख २५ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ४...

१५ जनालाई पदमुक्त गर्ने सरकारको निर्णय

सरकारले विदेश स्थित १५ जना अवैतनिक दूतहरुलाई पदमुक्त गरेको...

वैशाख २८ गते राष्ट्रपतिले संसदलाई सम्बोधन गर्ने

वैशाख २८ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै...
spot_img