Friday, May 8, 2026
spot_img

महासंघ र ट्रेड युनियनबीच समस्या समाधान गर्न फोरम स्थापना

spot_img
spot_img

रोजगारदाताहरुको संस्था नेपाल उद्योग वाणिज्य महासंघ र ट्रेड युनियनले श्रमसम्बन्धी समस्या समाधान गर्न फोरम स्थापना गरेका छन् । महासंघ सचिवालय टेकुमा भएको बैठकमा सहमति भएको हो ।

बैठकमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्लो समय देशमा रोजगारदाता–श्रमिक सम्बन्ध सुधार हुँदै गएको बताएका छन् । ढकालले भविष्यमा आउन सक्ने कुनैपनि चुनौती समाधान गर्न रोजगारदाता र श्रमिकबीच सहकार्य र समन्वय हुनुपर्ने पनि बताएका छन् ।

बैठकमा व्त्ग्ऋऋ का अध्यक्ष योगेन्द्र कुंवरले गत मंसीरमा भएको समझदारी पत्र समिक्षा गर्नका साथै आगामी दिनहरुमा आउनसक्ने चुनौतीहरुको दुईपक्ष रूपमा न्यूनीकरणका उपायहरु पहिचान गर्दै जाने, सामाजिक सुरक्षा कोषलाई अझ सक्रिय पर्दै जानुपर्ने र यसका लागि श्रमिक र रोजगारदाता दुवै पक्षको भूमिकालाई बढाउदै जान पर्ने जरुरी रहेको बताएका छन् ।

यस्तै जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले उद्योग पनि बचाउने र श्रम बजारलाई पनि व्यवस्थित गर्दै अगाडी बढ्ने दृष्टिकोण स्थापित गर्न जरुरी रहेको बताएका छन् । द्धिपक्षिय समझदारी गरिएको बिषयलाई सम्झना गर्दै त्यस समझदारीमा उल्लेख गरिएका कार्यक्रमहरुलाई दुईपक्ष रुपममा कार्यसमिति निर्माण गरी अगाडी बढ्न जरुरी रहेको उनको भनाइ छ ।

महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषदका सभापति ज्योत्सना श्रेष्ठले गत मंसीरमा भएको समझदारीलाई छिट्टै कार्यान्वयन गर्नुपर्ने र दुवै पक्षको सहमतिमा क्षेत्रगत, उत्पादकत्व लगायतका आधारमा न्यूनतम पारिश्रमिक निर्क्योल गरिनु पर्ने विषयमा छलफल बैठक आयोजना हुनपर्ने कुरालाई जोड दिएकी छिन् । साथै, दुइपक्षिय रूपमा समाधान हुनसक्ने कुनै पनि समस्याहरु सरकारमा जानु भन्दा अगाडी दुई पक्षका बीच छलफल हुनका साथै अन्तराष्ट्रिय अभिसन्धीहरु पास गर्ने सम्बन्धमा द्धिपक्षीय छलफल जरुरी रहेको उनको जोड छ ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

यसपटक मनसुनमा देशका अधिकांश स्थानमा सरदर भन्दा कम वर्षा हुने, कहाँ कति ?

जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन ऋतुको...

गोल्याण ग्रुपद्वारा जेन्जी सहिदका सन्तानलाई शैक्षिकवृत्ति र अभिभावकलाई स्वास्थ्य बीमा सुनिश्चित

गोल्याण ग्रुपले जेन–जी सहिद परिवारका लागि शैक्षिकवृत्ति र स्वास्थ्य...

Nepal Mediciti Showcases Nepal’s Healthcare Excellence at International Expo

Nepal Mediciti has marked a historic milestone by becoming...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ४ निर्णय

आज वैशाख २५ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ४...

१५ जनालाई पदमुक्त गर्ने सरकारको निर्णय

सरकारले विदेश स्थित १५ जना अवैतनिक दूतहरुलाई पदमुक्त गरेको...

वैशाख २८ गते राष्ट्रपतिले संसदलाई सम्बोधन गर्ने

वैशाख २८ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै...
spot_img