Sunday, March 23, 2025
spot_img
spot_img

ऐन कानुन बनाउँदा उद्योगी व्यवसायीले बद्मासी नै गर्छ भन्ने सोचबाट प्रेरित हुनु भएनः अध्यक्ष अग्रवाल

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले सरकार ऐन तथा कानुनहरु बनाउँदा निजी क्षेत्रले बद्मासी नै गर्छन् भन्ने सोचबाट प्रेरित हुने गरेको गुनासो गरेका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको ‘सुदृढ अर्थतन्त्र निर्माणको आधार, सबल निजी क्षेत्र र बलियो पूर्वाधार’ विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष अग्रवालले उद्योगी व्यवसायीहरु भनेका बद्मास हुन्छन् भन्ने सोचबाट प्रेरित भएर ऐन नियमहरु बनाइँदा लगानीको वातावरण बिग्रदै गएको बताएका हुन् ।

उनले लगानीलाई प्रोत्साहन गर्न निश्चित अवधि नै तोकेर त्यो अवधिसम्म कुनैपनि नीतिगत परिवर्तन नहुने खालको वातावरण सरकारले बनाउनुपर्ने बताएका छन् । लगानीका लागि स्थिर नीति र स्थिर सरकार नै प्रमुख आवश्यकता हुने भएकाले लगानीकर्ताहरुले जहिल्यै पनि यी दुइ चिज हेर्ने अध्यक्ष अग्रवालको भनाइ छ ।

‘लगानीको वातावरण सरकारले बनाउने हो, लगानीलाई प्रोत्साहन गर्न निश्चित अवधि तोकेरै नीतिगत स्थिरता दिनु आवश्यक छ’ उनले भने, ‘ऐन बनाउँदा निजी क्षेत्रले बद्मासी नै गर्छन् भन्ने सोचबाट प्रेरित हुनु नै लगानीका लागि बाधक बनिरहेको छ ।’

उनले अहिले निजी क्षेत्रलाई अख्तियारको कार्यक्षेत्रभित्र पार्ने गरि ऐन संशोधन गर्न खोजिएको भन्दै यसले लगानीकर्ता उद्योगी व्यवसायीको मनोबल कमजोर बन्ने र मुलुकको अर्थतन्त्रमै त्यसको गम्भीर असर पर्ने बताएका छन् ।

‘अख्तियारको कार्यक्षेत्र भित्र निजी क्षेत्रलाई पनि राख्ने गरि ऐन संशोधन गर्न खोजिएको छ, यसले राम्रो गर्दैन’ अध्यक्ष अग्रवालले भने, ‘निजी क्षेत्रलाई हेर्न अहिले नै २ दर्जन निकायहरु छन्, फेरि अर्को एजेन्सी किन चाहियो ?’

spot_img

- Advertisement -

spot_img
spot_img

आईपीएलमा RCB को विजयी सुरुवात, पहिलो खेल मै हार्यो गतवर्षको च्याम्पियन

रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले इन्डियन प्रिमियर लिग (आईपीएल)...

रुसको स्वर्ण भण्डार २१७ अर्ब डलर पुग्यो, किन थुपार्यो यति धेरै सुन ?

रुसले हालै आफ्नो सुनको भण्डारलाई कीर्तिमानी स्तरमा पुर्‍याएको छ।...

युएईले अमेरिकामा १४ खर्ब डलर लगानी गर्ने

संयुक्त अरब इमिरेट्स (युएई) ले अमेरिकामा आगामी १० वर्षमा...

लक्ष्मी स्टीलले तिर्न थाल्यो विद्युत् बक्यौता, सर्वोत्तम सिमेन्टले बुझायो दोस्रो किस्ता

नवलपरासी .(बर्दघाट सुस्ता पश्चिम)को सुनवलमा सञ्चालनमा रहेको लक्ष्मी स्टीलले...

बिलियन डलर बिजनेशको रुपमा परिचित आईपीएल आजदेखि

बहुप्रतीक्षित १८औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) आज शनिवारबाट...

पर्यटन बोर्ड र युएनडीपीबीच ५० लाख डलरको परियोजना सञ्चालन गर्ने सम्झौता

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम नेपाल...
spot_img