Friday, May 8, 2026
spot_img

ऐन कानुन बनाउँदा उद्योगी व्यवसायीले बद्मासी नै गर्छ भन्ने सोचबाट प्रेरित हुनु भएनः अध्यक्ष अग्रवाल

spot_img
spot_img

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले सरकार ऐन तथा कानुनहरु बनाउँदा निजी क्षेत्रले बद्मासी नै गर्छन् भन्ने सोचबाट प्रेरित हुने गरेको गुनासो गरेका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको ‘सुदृढ अर्थतन्त्र निर्माणको आधार, सबल निजी क्षेत्र र बलियो पूर्वाधार’ विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष अग्रवालले उद्योगी व्यवसायीहरु भनेका बद्मास हुन्छन् भन्ने सोचबाट प्रेरित भएर ऐन नियमहरु बनाइँदा लगानीको वातावरण बिग्रदै गएको बताएका हुन् ।

उनले लगानीलाई प्रोत्साहन गर्न निश्चित अवधि नै तोकेर त्यो अवधिसम्म कुनैपनि नीतिगत परिवर्तन नहुने खालको वातावरण सरकारले बनाउनुपर्ने बताएका छन् । लगानीका लागि स्थिर नीति र स्थिर सरकार नै प्रमुख आवश्यकता हुने भएकाले लगानीकर्ताहरुले जहिल्यै पनि यी दुइ चिज हेर्ने अध्यक्ष अग्रवालको भनाइ छ ।

‘लगानीको वातावरण सरकारले बनाउने हो, लगानीलाई प्रोत्साहन गर्न निश्चित अवधि तोकेरै नीतिगत स्थिरता दिनु आवश्यक छ’ उनले भने, ‘ऐन बनाउँदा निजी क्षेत्रले बद्मासी नै गर्छन् भन्ने सोचबाट प्रेरित हुनु नै लगानीका लागि बाधक बनिरहेको छ ।’

उनले अहिले निजी क्षेत्रलाई अख्तियारको कार्यक्षेत्रभित्र पार्ने गरि ऐन संशोधन गर्न खोजिएको भन्दै यसले लगानीकर्ता उद्योगी व्यवसायीको मनोबल कमजोर बन्ने र मुलुकको अर्थतन्त्रमै त्यसको गम्भीर असर पर्ने बताएका छन् ।

‘अख्तियारको कार्यक्षेत्र भित्र निजी क्षेत्रलाई पनि राख्ने गरि ऐन संशोधन गर्न खोजिएको छ, यसले राम्रो गर्दैन’ अध्यक्ष अग्रवालले भने, ‘निजी क्षेत्रलाई हेर्न अहिले नै २ दर्जन निकायहरु छन्, फेरि अर्को एजेन्सी किन चाहियो ?’

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

ऊर्जा मन्त्रालयद्वारा आफु मातहतका कम्पनीका सिइओ र संचालकलाई राजीनामा दिन निर्देशन

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आफु मातहतका सबै कम्पनीका...

यसपटक मनसुनमा देशका अधिकांश स्थानमा सरदर भन्दा कम वर्षा हुने, कहाँ कति ?

जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन ऋतुको...

गोल्याण ग्रुपद्वारा जेन्जी सहिदका सन्तानलाई शैक्षिकवृत्ति र अभिभावकलाई स्वास्थ्य बीमा सुनिश्चित

गोल्याण ग्रुपले जेन–जी सहिद परिवारका लागि शैक्षिकवृत्ति र स्वास्थ्य...

Nepal Mediciti Showcases Nepal’s Healthcare Excellence at International Expo

Nepal Mediciti has marked a historic milestone by becoming...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ४ निर्णय

आज वैशाख २५ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ४...

१५ जनालाई पदमुक्त गर्ने सरकारको निर्णय

सरकारले विदेश स्थित १५ जना अवैतनिक दूतहरुलाई पदमुक्त गरेको...
spot_img