Thursday, December 4, 2025
spot_img

हेटौँडा उपमहानगरले करका दर बढाएकोमा उद्योग वाणिज्य महासंघ बागमतीको अपत्ति

spot_img

हेटौंडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को विभिन्न शीर्षकका राजश्वका दरहरु बढाएकोमा उद्योग वाणिज्य महासंघ बागमती प्रदेशले आपत्ति जनाएको छ । हेटौंडा उपमहानगरले विभिन्न शीर्षकका राजश्व दरहरु १५० प्रतिशतसम्म वृद्धि गरेको भन्दै महासंघ बागमती प्रदेशले विज्ञप्तिमार्फत असन्तुष्टि जनाएको हो ।

आर्थिक तरलताले निजी क्षेत्र चलायमान अपेक्षाकृत चलायमान हुन नसकेको र बैंक तथा वित्तिय संस्थाहरुबाट अपेक्षा अनुसार ऋण प्रवाह नभईरहेको र मुद्रास्फिती झन् झन् बढ्दै गईरहेको अहिलेको अवस्थामा हेटौंडा उपमहानगरपालिकाले एकपक्षीय रुपमा विभिन्न शीर्षकका करका दरहरु बढाएको भन्दै महासंघ बागमती प्रदेशले उपमहानगरको यस्तो कदमबाट निजी क्षेत्रलाई सशंकित तुल्याएको बताएको छ ।

कच्चा पदार्थ तथा बेलाबेलामा हुने इन्धनको मूल्यवृद्धिका कारण बजार भाउ निरन्तर उकालो लाग्दै गईरहेको र महँगीका कारण आम सर्वसाधारणसमेत प्रताडित हुनु परिरहेको यो अवस्थामा कतिपय व्यवसायीहरु व्यवसायबाट नै पलायन भईसकेको स्मरण गराउँदै महासंघ बागमतीले उपमहानगरपालिकाबाट एकपक्षीय रुपमा गरिएको अस्वभाविक राजश्वका दर वृद्धिको विरोधमा मकवानपुर उद्योग वाणिज्य संघले गरिरहेको विरोधमा ऐक्यवद्धता पनि जनाएको छ ।

उपमहानगरपालिकाले भने करको दायरा बढाउनुको सट्टा करका दरहरु अस्वभाविक रुपमा बढाउनु विधिसम्मत नदेखिने महासंघ बागमतीको ठहर छ ।

महासंघ बागमती प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठद्वारा जारी विज्ञप्तिमा हेटौंडा उपमहानगरपालिकालाई कर वृद्धि फिर्ता लिन अपिल पनि गरिएको छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

भिजन लुम्बिनीको साधारणसभा आह्वान: आईपीओ निष्काशन गर्ने प्रस्ताव, १० प्रतिशत लाभांश दिने

भिजन लुम्बिनी लिमिटेडले साधारणसभा आह्वान गरेको छ। कम्पनीले पुस...

अब नेपालमा १०० रुपैयाँभन्दा माथिका भारतीय नोट पनि चल्ने, २५ हजारको लिमिट

अब नेपालमा १०० रुपैयाँभन्दा माथिका भारतीय नोट पनि चल्ने...

सिन्धुली र रामेछाप जोड्ने खैरेनीघाटमा बेली ब्रिज जडान हुँदै, कुलमानले गरे निरीक्षण

सिन्धुली र रामेछापको सीमा रहेको सुनकोशी नदीको खैरेनीघाटमा बेली...

धुर्मुस–सुन्तलीले पैसा तिर्न नसकेपछि फेरि उठ्यो ‘उधारो असुली कानून’को बहस, बन्यो मस्यौदा

बजारबाट उधारो बापतको पैसा नउठेकै कारण उद्यमी प्रेम प्रसाद...

यस पटकको हिउँदमा वर्षा कम हुने, अधिकतम र न्यूनतम तापक्रम बढ्ने

यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा...

 सिटिजन्स बैंकले लगातार दोस्रो वर्ष पायो बैंक अफ द ईयर अवार्ड 

सिटिजन्स बैंकले विश्वकै प्रतिष्ठित बैंक अफ द ईयर २०२५...
spot_img
spot_img