Saturday, March 21, 2026
spot_img

हेटौँडा उपमहानगरले करका दर बढाएकोमा उद्योग वाणिज्य महासंघ बागमतीको अपत्ति

spot_img
spot_img

हेटौंडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को विभिन्न शीर्षकका राजश्वका दरहरु बढाएकोमा उद्योग वाणिज्य महासंघ बागमती प्रदेशले आपत्ति जनाएको छ । हेटौंडा उपमहानगरले विभिन्न शीर्षकका राजश्व दरहरु १५० प्रतिशतसम्म वृद्धि गरेको भन्दै महासंघ बागमती प्रदेशले विज्ञप्तिमार्फत असन्तुष्टि जनाएको हो ।

आर्थिक तरलताले निजी क्षेत्र चलायमान अपेक्षाकृत चलायमान हुन नसकेको र बैंक तथा वित्तिय संस्थाहरुबाट अपेक्षा अनुसार ऋण प्रवाह नभईरहेको र मुद्रास्फिती झन् झन् बढ्दै गईरहेको अहिलेको अवस्थामा हेटौंडा उपमहानगरपालिकाले एकपक्षीय रुपमा विभिन्न शीर्षकका करका दरहरु बढाएको भन्दै महासंघ बागमती प्रदेशले उपमहानगरको यस्तो कदमबाट निजी क्षेत्रलाई सशंकित तुल्याएको बताएको छ ।

कच्चा पदार्थ तथा बेलाबेलामा हुने इन्धनको मूल्यवृद्धिका कारण बजार भाउ निरन्तर उकालो लाग्दै गईरहेको र महँगीका कारण आम सर्वसाधारणसमेत प्रताडित हुनु परिरहेको यो अवस्थामा कतिपय व्यवसायीहरु व्यवसायबाट नै पलायन भईसकेको स्मरण गराउँदै महासंघ बागमतीले उपमहानगरपालिकाबाट एकपक्षीय रुपमा गरिएको अस्वभाविक राजश्वका दर वृद्धिको विरोधमा मकवानपुर उद्योग वाणिज्य संघले गरिरहेको विरोधमा ऐक्यवद्धता पनि जनाएको छ ।

उपमहानगरपालिकाले भने करको दायरा बढाउनुको सट्टा करका दरहरु अस्वभाविक रुपमा बढाउनु विधिसम्मत नदेखिने महासंघ बागमतीको ठहर छ ।

महासंघ बागमती प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठद्वारा जारी विज्ञप्तिमा हेटौंडा उपमहानगरपालिकालाई कर वृद्धि फिर्ता लिन अपिल पनि गरिएको छ ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

एक साथ दुई आर्थिक वर्षको साधारणसभा गर्दै अपर तामाकोशी, यस्ता छन् प्रस्ताव

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले साधारणसभा आह्वान गरेको छ। कम्पनीले...

नेपालमै पहिलोपटक अन्तर्राष्ट्रियस्तरको ‘रिट्रिभल मेडिसिन’ सम्बन्धि तालिम आयोजना गर्दै मेडिसिटी अस्पताल

नेपाल मेडिसिटी अस्पतालले स्कटल्याण्डको इमर्जेन्सी मेडिकल रिट्रिभल सर्भिस सँगको...

नारायणघाट–बुटवल सडक खण्डमा मालवाहक सवारी चलाउन रोक

नारायणघाट–बुटवल सडक खण्डमा ३ रात मालवाहक सवारी चलाउन रोक...

विश्व बैंकद्वारा ‘नेपाल फिस्कल ड्यासबोर्ड’बारे नाफिजसँग छलफल

नेपालको संघ, प्रदेश र स्थानीय गरेर तीनै तहका सरकारी...

बीपी राजमार्ग सञ्चालनमा

निरन्तरको वर्षाका कारण रोशी खोलाको बहाब बढ्दा अवरुद्ध भएको...

इरानको ग्यास खानीमा हमला नगर्न इजरायल तयार

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानस्थित ग्यास खानीमा भविष्यमा हमला...
spot_img