Saturday, December 27, 2025
spot_img

गोल्याण ग्रुपलाई थप उचाइमा पुर्याउन प्रयास गर्छु: नवनियुक्त अध्यक्ष अक्षय गोल्याण

spot_img

गोल्याण ग्रुपका नवनियुक्त अध्यक्ष अक्षय गोल्याणले नेपालको उत्कृष्टतालाई विश्वमञ्चमा अझ बलियोसँग स्थापित गर्ने बताएका छन् । उनको सम्मानमा आइतबार गोल्याण टावरमा आयोजित बधाई तथा स्वागत कार्यक्रममा गोल्याणले यस्तो बताएका हुन् ।

‘हामी एउटा यस्तो ‘नवीन’ र उत्कृष्ट गोल्याण ग्रुप निर्माण गर्नेछौं, जसले विश्वव्यापी प्रतिस्पार्धामा आफूलाई अब्बल सावित गर्नेछ,’ उनले भने, ‘जहाँ हाम्रो देशप्रतिको जिम्मेवारी प्रतिविम्बित हुनेछ ।’

मंसिर २४ गते गोल्याण ग्रुपले आफ्नो वार्षिकोत्सव समारोहमा ३७ वर्षीय अक्षयलाई अध्यक्ष चयन भएको घोषणा गरेको थियो । अध्यक्ष चयनपछि आइतबार त्यहाँ कार्यरत कर्मचारीले स्वागत तथा बधाइ ज्ञापन गरेका थिए । कर्मचारीलाई सम्बोधन गर्दै नवनियुक्त अध्यक्ष गोल्याणले सबैको सामूहिक प्रयासबाट अग्रणी व्यावसायिक संस्थाको रुपमा स्थापित गोल्याण ग्रुपलाई थप उचाइमा पु¥याउन आफ्नो प्रयास रहने बताए । संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक पवन गोल्याण र उपाध्यक्ष वासुदेव गोल्याणको प्रेरणा र मार्गनिर्देशलाई सधैं शिरोपर गर्ने उल्लेख गर्दै उनले भने, ‘तपाईँहरुले मप्रति दर्शाउनुभएको विश्वास र माया, संस्थाप्रतिको समर्पण र कामप्रतिको कडा संघर्षले मलाई अझ उत्साही बनाएको छ ।’

‘विश्वको उत्कृष्ट १०’ मध्येमा पर्ने स्पेनको ESADE यूनिभर्सिटीबाट बिजनेश स्टडिजमा स्नातकोत्तर गरेका अक्षय ९ वर्षदेखि ग्रुपको प्रवन्ध निर्देशक थिए । संस्थापक अध्यक्ष पवन गोल्याणले अध्यक्षको जिम्मेवारी सुम्पिएसँगै अब अक्षयको काँधमा कार्यकारी भूमिकासहित ग्रुपको समग्र नेतृत्व आइपुगेको छ ।

६५ वर्ष लामो विरासत बोकेको गोल्याण ग्रुपलाई अब तेस्रो पुस्ताका प्रतिनिधि अक्षयले हाँक्नेछन् । हजुरबुवा सोहनलाल गोल्याणले सुरु गरेको व्यवसाय बुवा पवन गोल्याण हुँदै अक्षयमा आइपुगेको हो ।

गोल्याण ग्रुप नेपालको उत्पादनमूलक उद्योग, नवीकरणीय ऊर्जा, कृषि र हस्पिटालिटी क्षेत्रमा बलियो उपस्थिति रहेको अग्रणी व्यावसायिक समूह हो । करिब १० हजार कर्मचारी कार्यरत गोल्याण ग्रुपले ६० भन्दा बढी ग्लोबल मार्केटमा उपस्थिति रहेको छ । ग्रुपको वार्षिक कारोबारमात्र ४ सय मिलियन अमेरिकी डलरभन्दा बढी रहेको छ । नयाँ पुस्ताको नेतृत्वमा ग्रुपको विकास र विकास हुने विश्वास गरिएको छ ।

समग्र कर्मचारीको तर्फबाट स्वागत तथा बधाइ ज्ञापन गर्दै मानवस्रोत विभागका महाप्रवन्धक अनुश्री ताम्राकारले नयाँ नेतृत्व चयनसँगै गोल्याण ग्रुपको नयाँ अध्याय सुरु भएको र यो क्षण कोशेढुंगा सावित हुने बताइन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

मदिरा उद्योगमा विष्फोट हुँदा एक जनाको मृत्यु

रौतहटस्थित एक मदिरा उद्योगमा बोइलर विष्फोट हुँदा एक जनाको...

एनआईसी एशिया बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटीमा विशेष छुट

एनआईसी एशिया बैंक र आईएमई हस्पिटालिटी प्रा. लि. बीच...

५ लाख ८३ हजार ९ सयले भरे रिलायन्स स्पिनिङ्गको आईपीओ, २५ अर्ब बढीको आवेदन

रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओमा माग...

नेटवर्थ सुधारेर ठमेल प्लाजा होटेलले फेरि माग्यो आईपीओ निष्काशन अनुमति

ठमेल प्लाजा होटेल एण्ड सुइट्स लिमिटेडले आईपीओ निष्काशन गर्नको...

रिहा भए प्रभु बैंकका सीइओ शेरचन

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन रिहा भएका...

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले लिए शपथ

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा...
spot_img
spot_img