spot_img

आईएमएफद्वारा नेपालको लागि साढे ५ अर्ब ऋण स्वीकृत

spot_img

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपालका लागि थप ४ करोड १३ लाख अमेरिकी डलर बराबरको ऋण स्वीकृत गरेको छ । आईएमएफको मंगलबार सम्पन्न कार्यकारी बोर्डले  विस्तारित ऋण सुविधा (ईसीएफ) अन्तर्गतको चौथो किस्ता वापत ५ अर्ब ५० करोड नेपाली रुपैयाँ बराबरको ऋण रकम स्वीकृत गरेको हो ।

यस सँगै आईएमएफले नेपाललाई विस्तारित ऋण सुविधाअन्तर्गत स्वीकृत गरेको ऋण रकम २४ करोड ७७ लाख अमेरिकी डलर पुगेको छ ।

आईएमएफले ईसीएफ अन्तर्गतका कार्यक्रममा  नेपालले राम्रो प्रगति गरेको उल्लेख गरेको छ ।  सावधानी अपनाउदै लागु गरिएको मौद्रिक नीति, पुँजीगत खर्चमा वृद्धि, जलविद्युत उत्पादनमा वृद्धि र पर्यटक आगमनमा वृद्धिले अर्थतन्त्र चलायमान बनेको आईएमएफले उल्लेख गरेको छ।

चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३ प्रतिशत मात्र हुने र आगामी आर्थिक वर्ष आर्थिक वृद्धि दर बढेर ४.९ प्रतिशत पुग्ने आईएमएफको प्रक्षेपण छ। महँगी दर भने राष्ट्र बैंकले तोकेको ५.५ प्रतिशतको सीमा भन्दा कम नै हुने आईएमएफको प्रक्षेपण छ ।

 

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नगद छुट र स्क्र्याच कार्डमार्फत पुरस्कारसहित “Hyundai Festive Drive २०८३’ घोषणा

नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि....

तीजको दिन कति छ सुनचाँदीको भाउ ?

आज सोमबार, हरितालिका तीजको दिन सुनचाँदीको भाउ घटेको छ...

आज ४ कम्पनीको लाभांश घोषणा, कुनको कति ?

आज भदौ २९ गते सोमबार ४ वटा सूचीकृत कम्पनीले...

ओम्स नेपाल बागमती प्रदेशको अध्यक्षमा एल.बी. मोक्तान

बजार व्यवस्थापन तथा बिक्री कर्मचारी संघ (ओम्स) नेपाल बागमती...

बाढी प्रभावित परिवारले मासिक १५ हजार पाउने

सरकारले भोटेकोशी बाढी प्रभावितको लागि मासिक नगद रकम उपलब्ध...