Thursday, May 22, 2025
spot_img

आईएमएफद्वारा नेपालको लागि साढे ५ अर्ब ऋण स्वीकृत

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपालका लागि थप ४ करोड १३ लाख अमेरिकी डलर बराबरको ऋण स्वीकृत गरेको छ । आईएमएफको मंगलबार सम्पन्न कार्यकारी बोर्डले  विस्तारित ऋण सुविधा (ईसीएफ) अन्तर्गतको चौथो किस्ता वापत ५ अर्ब ५० करोड नेपाली रुपैयाँ बराबरको ऋण रकम स्वीकृत गरेको हो ।

यस सँगै आईएमएफले नेपाललाई विस्तारित ऋण सुविधाअन्तर्गत स्वीकृत गरेको ऋण रकम २४ करोड ७७ लाख अमेरिकी डलर पुगेको छ ।

आईएमएफले ईसीएफ अन्तर्गतका कार्यक्रममा  नेपालले राम्रो प्रगति गरेको उल्लेख गरेको छ ।  सावधानी अपनाउदै लागु गरिएको मौद्रिक नीति, पुँजीगत खर्चमा वृद्धि, जलविद्युत उत्पादनमा वृद्धि र पर्यटक आगमनमा वृद्धिले अर्थतन्त्र चलायमान बनेको आईएमएफले उल्लेख गरेको छ।

चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३ प्रतिशत मात्र हुने र आगामी आर्थिक वर्ष आर्थिक वृद्धि दर बढेर ४.९ प्रतिशत पुग्ने आईएमएफको प्रक्षेपण छ। महँगी दर भने राष्ट्र बैंकले तोकेको ५.५ प्रतिशतको सीमा भन्दा कम नै हुने आईएमएफको प्रक्षेपण छ ।

 

spot_img

- Advertisement -

spot_img
spot_img

आज पनि बढ्यो सुनको भाउ

आज बिहिबार पनि सुनको भाउ बढेको छ । बुधबार...

रिभर फल्स पावरको ४४ लाख कित्ता सेयरको ‘लक इन’ अवधि सकियो

रिभर फल्स पावर लिमिटेडको ४३ लाख बढी कित्ता सेयरको...

हिमालयन रि-इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

हिमालयन रि-इन्स्योरेन्स कम्पनीको लाभांश पाउन आजसम्म सेयर खरिद गरेको...

ट्याक्सीमाण्डूसँग सहकार्य गर्दै राइड सेयरिङ एप ‘याङ्गो’ नेपाल प्रवेश, ३ प्रतिशत मात्र कमिशन

नेपालको पुरानो राइड सेयरिङ प्लेटफर्म ट्याक्सीमाण्डू र विश्वप्रसिद्ध अन्तर्राष्ट्रिय...

नाइमा ‘मोबिलिटी एक्स्पो’को स्टल बुकिङ बन्द, ५० ब्राण्ड सहभागी हुने (नामसहित)

नेपाल अटामोबाइल इम्पोर्टर्स एन्ड मेनुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा पहिलोपटक...

एभरेष्ट कलरको जारी पूँजी बढ्यो, ७ लाख ९० हजार कित्ता आईपीओ जारी हुने

एभरेष्ट कलर लिमिटेडको विशेष वार्षिक साधारणसभा सम्पन्न भएको छ...
spot_img