Thursday, May 7, 2026
spot_img
spot_img

बजेटमा लगानीमैत्री वातावरण र उत्पादनलाई प्राथमिकतामा राख्न कांग्रेसलाई चेम्बरको सुझाव

spot_img
spot_img

नेपाल चेम्बर अफ कमर्सले आगामी बजेटमा लगानीमैत्री वातावरण र उत्पादनमुखी नीतिलाई प्राथमिकतामा राख्न सत्ता साझेदार दल नेपाली कांग्रेसलाई सुझाव दिएको छ । आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माण सन्दर्भमा नेपाली कांग्रेसको उद्योग तथा व्यापार विभागले सोमबार आयोजना गरेको कार्यक्रममा चेम्बरले औद्योगिक एवं व्यापारिक क्षेत्रमा देखिएका समस्या एवं सुधारको पहलसहित विभिन्न सुझाव दिएको हो । चेम्बर अफ कमर्सका कार्यबाहक अध्यक्ष दीपक कुमार मल्होत्राले चेम्बरको सुझाव नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई हस्तान्तरण गरेका हुन् ।

उद्यमी व्यवसायीहरुको मनोबल खस्किनुको पछाडी विगतका पुराना समस्याहरुको बोझ नै प्रमुख कारण रहेकाले लगानी मैत्री वातावरणका लागि नीतिगत सहजीकरण हुनुपर्ने सुझावमा उल्लेख गरिएको छ ।

चेम्बरद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘निजी क्षेत्रको आर्थिक जोखिम बहन क्षमता अत्यन्तै न्यून भएकाले थप जोखिम लिएर नयाँ उद्यम व्यवसाय गर्न बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लिन सकिने अवस्था छैन ।’

अर्थतन्त्रलाई चलायमान बनाउन चालुपूँजी कर्जा निर्देशिकालाई खारेजी गरिनुपर्ने चेम्बरले सुझाव दिएको छ । चालुपूँजी कर्जा निर्देशिकामा रहेका जटिल प्रावधानका कारण बैंक तथा वित्तीय संस्थामा लगानी योग्य रकम अधिक भएपनि कर्जा विस्तार हुन नसकेको कार्यबाहक अध्यक्ष मल्होत्राले बताए ।

व्यक्तिले घरजग्गा तथा अपार्टमेन्ट खरिद गर्दा आयश्रोतको विद्यमान झण्झटिलो व्यवस्थामा सहजीकरण गरिनुपर्नेमा समेत उनले जोड दिएका छन् । खस्किदै गएको घरजग्गा व्यवसायमा सुधार गर्न विदेशी नागरिकलाई पनि अपार्टमेन्ट खरिद गर्न पाउने व्यवस्था आगामी बजेटमा समावेश गर्नुपर्नेमा समेत चेम्बरले नेपाली कांग्रेसलाई सुझाव दिएको छ ।

यसैगरी कृषिमा परिनिर्भरता घटाउन लगानीमैत्री वातावरण, उत्पादनमुखी नीतिको व्यवहारिक कार्यान्वयन गरिनुपर्ने चेम्बरको जोड छ ।

चेम्बर अफ कमर्सद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कृषिमा बैदेशिक लगानी आर्कषित गर्न जग्गामा लाग्दै आएको हदबन्दी हटाउनुपर्दछ । जग्गामा हदबन्दी लाग्दा यसले लगानी आर्कषित हुन नसक्ने तथा यान्त्रिकरण र आधुनीकिकरणमा समस्या उत्पन्न भएको छ ।’

बाँझो जमिन सदुपयोग नीति अंगिकार गरेर युवाहरुलाई स्वदेशमै रोजगारीको वातावरण सृजना गर्न समेत चेम्बरले नेपाली कांग्रेसलाई सुझाव दिएको छ ।

नेपालको पर्यटन प्रवद्र्धन गर्न विदेशस्थित नेपाली राजदूतावासमा वर्षमा कम्तिमा एक पटक नेपाल प्रवद्र्धन कार्यक्रम आयोजना गर्नुपर्ने चेम्बरको सुझावमा उल्लेख छ । मुलुकमा थप भएका २ वटा अन्तराष्ट्रिय विमानस्थललाई अझै प्रभावकारी संचालनमा ल्याई बढी पर्यटक भित्र्याउने नीतिहरु अवलम्वन गरिनुपर्ने भनिएको छ ।

ऊर्जा विद्येयकमा उल्लेखित प्रावधान, अदालतबाट आएका फैसला र बन मन्त्रालयबाट आएका निर्देशिकाले जलविद्युत आयोजनाहरुको निर्माणमा गम्भिर चुनौती खडा गरेको चेम्बरले उल्लेख गरेको छ । चेम्बरद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संरक्षित बन क्षेत्रमा विद्युत विकास विभाग मार्फत अनुमति लिएर डेभलपरहरुले लगानी गरिसकेको अवस्थामा पछिल्लो समय अदालतको फैसलाको आधारमा सम्वन्धित निकायबाट बन क्षेत्रमा भएको अवरोधले प्रसारण लाईन र आयोजना निर्माण अन्यौलमा परेको छ भने लगानीकर्ताको करोडौं रुपैयाँ थप जोखिममा परेको छ ।’

चेम्बरले ऊर्जा विधेयकमा उल्लेखित केही प्रावधानका कारण जलविद्युत आयोजना बन्नै नसक्ने अवस्था सिर्जना भएको समेत जनाएको छ । साथै, धितोपत्र बोर्डले झण्डै ५० जलविद्युत कम्पनीको प्राथमिक सेयर निस्काशन (आईपीओ) रोकेर राखिदिएको र निर्माणाधिन आयोजनामा आईपीओ जारी हुन नसकेपछि आयोजना निर्माणमा वित्तीय अवरोध सिर्जना भएको चेम्बरले उल्लेख गरेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिका संयोजक डा. भट्टले दिए राजीनामा

नेपाल धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समितिका संयोजक डा. गुणाकर...

नेपाल आयो ‘एमजी एस–६’, औपचारिक लन्च कहिले ?

पारामाउण्ट मोटर्सले ‘एमजी एस-६’ नेपाल भित्र्याएको छ । पारामाउण्टले...

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ...

अध्यक्ष अन्जन श्रेष्ठको कार्यकालमा महासंघले ‘६ स्तम्भ, ६० पहल’ कार्यक्रम कार्यान्वयन गर्ने

नेपाल उद्योग वाणिज्य महासंघले ‘छ स्तम्भ, साठी पहल’ कार्यक्रम...

आईपीओ निष्काशनको तयारीमा रहेको छायाँदेवी कम्प्लेक्स भत्काउन माग

सम्पदा संरक्षण नेपालका अभियानकर्मीले काठमाडौँको ठमेलमा रहेको छायाँदेवी कम्प्लेक्स...

आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधा कार्यक्रमको अवधि दुई महिना थप

अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) को कार्यकारी बोर्डले नेपालका लागि...
spot_img