सरकारले सिमेन्ट र फलामे डण्डीको कारखाना गेट मूल्य (फ्याक्ट्री गेट प्राइस) अनिवार्य रुपमा उल्लेख गर्न उद्योगीलाई निर्देशन दिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उद्योगीहरुलाई सिमेन्टको बोरा र फलामे डण्डीको वण्डलमा कारखाना गेट मूल्य तोक्न निर्देशन दिएको हो ।
विभागले जारी गरेको सूचनामा उत्पादकले अनिवार्य रुपमा कारखाना गेट मूल्य उल्लेख गर्नुपर्ने निर्देशन दिएको हो ।
यस्तै सिमेन्ट तथा डण्डी बिक्री गर्ने डिलर तथा बिक्रेतालाई पनि अनिवार्य रुपमा ब्राण्डसहित अधिकतम् खुद्रा बिक्री मूल्यसूची उपभोक्ताले बुझ्ने भाषामा उल्लेख गरेर मात्रै बिक्री गर्न विभागले निर्देशन दिएको छ ।













