चैत १५ गते राजावादी समूहको आन्दोलनका क्रममा प्रदर्शनकारीहरुले कोटेश्वरस्थित भाटभटेनी सुपरस्टोरमा तोडफोड र आगजनी गर्दा त्यहाँबाट विभिन्न सामान लुटपाट भएको थियो । प्रहरीले भाटभटेनीबाट सामान लुटपाट गर्ने ७ जनाको विवरण सार्वजनिक गरेको छ ।
कसले के लुटे ?
१) चार थान बीयर लैजाने सर्लाहीका प्रेम कुमार महतो
२) यार्चागुम्बा रक्सी लैजाने भारत बिहारका रवि रञ्जन कुमार
३) ६९ ओटा लिपिस्टिक, २१ ओटा गाजल, एउटा ऐना लैजाने सिन्धुली तीनपाटन गाउँपालिका-१६ की १७ वर्षीया सुस्मिता बराल
४) ११ ओटा हाफ पाइन्ट र एउटा ट्राउजर लैजाने नुवाकोट विदुर गाउँपालिका-६ घर भई हाल कोटेश्वर बस्ने ४३ वर्षीया सुशीला कुमाल
५) एउटा ट्रे र एउटा क्यारेट लैजाने धरान घर भई हाल कोटेश्वर बस्ने ४१ वर्षीया एलिसा राई
६) एउटा क्यारेट लैजाने कोटेश्वरकी ७० वर्षीया बालकुमारी कार्की
७) फलफूल लैजाने सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-८ घर भई कोटेश्वर बस्ने ३७ वर्षीया निर्मला कार्की र सिन्धुलीकी १५ वर्षीया चित्रमाया बस्नेत
मोबाइल फोन, घडी जस्ता महँगा सामान लुट्नेहरुको विवरणसहित क्षतिको विवरण भने सार्वजनिक हुन बाँकी छ ।भाटभटेनीका प्रमुख कार्यकारी अधिकृत पानु पौडेलका अनुसार अहिले उक्त आउटलेट नियमित सञ्चालनमा आइसकेको छ ।
भौतिक संरचनामा पुगेको क्षतिको चाँर्ड पुनःनिर्माण गरिने भाटभटेनीले जनाएको छ ।
प्रदर्शनका क्रममा राजावादी समूहले कोटेश्वरस्थित भाटभटेनीमा प्रवेश गरेर मोबाइल फोन, घडी, लगायतका सामान लुटपाट गरेका थिए ।













