Friday, January 23, 2026
spot_img

उद्योगीले भने ‘१२ घण्टासम्म अघोषित लोडसेडिङ छ, कुलमानले भ्रमको खेति गरे’

spot_img
spot_img

औद्योगिक क्षेत्रमा १२ घण्टासम्म अघोषित लोडसेडिङ शुरु भएको उद्योगी व्यवसायीहरुले बताएका छन् । आईतवार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाल सिमेन्ट उत्पादक संघ, स्टिल उत्पादक संघ र नेपाल धागो उत्पादक संघले उद्योगहरुमा अघोषित लोडसेडिङ गरेर नेपाल विद्युत प्राधिकरण लोडसेडिङ नै छैन भन्ने झुटो र भ्रामक प्रचारबाजीमा लागिरहेको आरोप लगाएका हुन् ।

२४ सै घण्टा विद्युत आवश्यक पर्ने सिमेन्ट, स्टिलल र धागो उद्योगहरुमा अघोषित लोडसेडिङ भइरहेको उनीहरुको भनाइ छ । नेपाल विद्युत प्राधिकरणले दिउँसो विद्युत दिने गरेको भएपनि आधा समय मेसिनरी बन्द गर्न नमिल्ने उद्योगीहरुको जिकिर छ । यसरि दैनिक आधा समय मात्र चलाएका मेसिनरीहरु कवाडिमा परिणत हुने चिन्ता उनीहरुको छ । नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्दन मारुले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले झुटको खेती गरिरहेको आरोप लगाए । उनले नेपालको अर्थतन्त्र अचेत अवस्थामा रहेको र कुल गार्हस्थ्य उत्पादनमा समेत निरन्तर ह्रास आइरहेको अवस्थामा समेत औद्योगिक क्षेले पर्याप्त विद्युत नपाउनु दुःखद् भएको बताए । उनले प्राधिकरणकै पदाधिकारीहरुले महंगोमा विद्युत किने उद्योग जोगाउन नसक्ने खालको अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाए ।

उनले भने, ‘आज अर्थतन्त्र अचेत अवस्थामा छ । कुल ग्राहस्थ उत्पादनमा दिनानुदिन ह्रास आउँदै गइरहेको छ । त्यस्तो अवस्थामा पनि हामी निरन्तर बिजुली नपाउने अवस्थामा छौं । विद्युत प्राधिकरणका प्रवक्ताले हालै एक ठाउँमा महंगोमा बिजुली किनेर उद्योगहरुलाई जोगाउन सक्दैनौं भन्नुभयो । एउटा जिम्मेवार व्यक्तिले त्यस्तो स्टेटमेन्ट दिनसक्छ । यो सारै नै दुःख लाग्दो कुरा हो ।’

अम्बे ग्रुपका अध्यक्ष शोभाकर न्यौपानेले अघोषित रुपमा १२ घण्टा र घोषित रुपमा १२ घण्टा लोडसेडिङ हुँदा उद्योहरुले ठूलो नोक्सानी व्यहोर्नुपरेको बताए । उनले लोडसेडिङकै कारण मासिक ९ हजार टन वस्तुको उत्पादन गर्ने क्षमता भएको कम्पनीले ३ हजार सात सय ५० टन मात्रै उत्पादन गर्न सकेको बताए । उनले उद्योगी व्यवसायीहरु लोडसेडिङकै कारणले प्रत्येक वस्तुमा १०÷१० रुपैयाँ मारमा रहेको बताए । उनले आवश्यकता जति विद्युत अपूर्ति नभएकै कारणले वस्तुको मूल्य बढाउन बाध्य भएको बताए ।

उनले भने, ‘कुनै उद्योग दैनिक ३०० टन उत्पादन गर्ने उद्योग छ । र उसले महिनामा ९ हजार टन उत्पादन गर्ने क्षमता मानिन्छ । तर उद्योगको फिक्स क्यापिटल भन्ने हुन्छ । त्यो हरेक उद्योगको ६ करोड रुपैयाँ देखिएको छ । यो खर्चको विवरण हो । तर अहिले वस्तुको उत्पादन ३७५० मा झरेको छ । उद्योग चलाउन सक्ने अवस्था नै छैन । बत्तिको कारणले १०÷१० रुपैयाँ मार परेको स्थिति भएको कारण मूल्य वृद्धि गर्नुपरेको हो । हाम्रो घाटा हामीले कहाँबाट व्यहोर्ने कसरि निकाल्ने ? हाम्रो उद्योगले नोक्शान खाएर पनि उत्पादन गर्न सक्दैन ।’

नेपाल विद्युत प्राधिकरणले बिना लोडसेडिङ विद्यतु आपूर्ति गरिदिनुपर्ने उनको माग छ । विद्युत आपूर्ति गर्न नसक्ने भए लोडसेडिङको तालिका प्रकाशन गरी पूर्वजानकारी दिनुपर्नेमा उद्योगीहरुको जोड छ ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षअध्यक्ष पशुपति मुरारकाले प्राधिकरणले लोडसेडिङ अन्त्य गरी डेडिकेटेड र ट्रंकलाइन महशुल विवाद टुंग्याउनुपर्ने बताए । उनले लोडसेडिङको बायोप्रोडक्ट भएको हिसाबले वस्तुको मूल्यमा वृद्धि भएको बताए। उद्योगहरुको वस्तु उत्पादनको क्षमतामा ह्रास आइरहेको उल्लेख गर्दै उनले लोडसेडिङ अन्त्य आजको प्रमुख आवश्यकता रहेको बताए । उद्योगी व्यवसायीहरु अन्याय नगर्ने र अन्यायको विरुद्धमा डटेर लड्ने उनको भनाइ छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

चुनाव आउन ४१ दिन बाँकी, उम्मेदवारहरुले आज निर्वाचन चिह्न पाउने

प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो १ः००...

नेपाल लाइफ समृद्धि लगानी योजनाको इकाईमा आवेदन दिने आज अन्तिम दिन

नेपाल लाइफ क्यापिटलले निष्काशन गरेको सामुहिक लगानी कोष योजनाको...

पाल्पा सिमेन्टको वैदेशिक रोजगारी कोटाको आईपीओ आज बाँडफाँड हुँदै

पाल्पा सिमेन्टले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेको आईपीओ...

वैदेशिक रोजगारीमा रहेकाले शिखर पावरको आईपीओ भर्ने आज अन्तिम दिन

शिखर पावर डेभलपमेन्ट लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन...

५० मेगावाटको मर्स्याङ्दीवेसी जलविद्युत आयोजनाको अवरोध हट्यो, अब निर्माण सुरु हुने

लमजुङ जिल्लाका सबै राजनीतिक दलहरु ५० मेगावाट क्षमताको मर्स्याङ्दी...

SML ISUZU ब्राण्डका कमर्शियल सवारी साधन खरिद गर्दा रिलायन्स फाइनान्सले ऋण दिने

नेपालमा SML ISUZU ब्राण्डका कमर्शियल सवारी साधनहरूको एकमात्र वितरक...
spot_img
spot_img