चालु आर्थिक वर्षको ८ महिनामा १ अर्ब बढीको सिमेन्ट निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/०८२ को फागुन सम्मको वैदेशिक ब्यापारको तथ्यांक अनुसार १ अर्ब ३३ करोड ३२ लाख ८२ हजार रुपैयाँ बराबरको सिमेन्ट निर्यात भएको हो ।
भन्सार विभागका अनुसार यस अवधिमा ७ लाख २४ हजार ५३० टन सिमेन्ट निर्यात भएको छ ।
भारतीय पक्षले नेपाली सिमेन्टलाई इन्डियन स्ट्याण्डर्ड (बीआइएस) दिन आनाकानी गरेका कारण केही समय नेपाली सिमेन्टको निकासी प्रभावित भएको थियो । अहिले पुनः निर्यातले लय समात्न थालेको उद्योगीहरुले बताउँदै आएका छन् ।