Friday, November 14, 2025
spot_img

संसदीय समितिमा सिमेन्ट उद्योगीले सोधे, ‘पटक पटक किन बोलाएको ?’

spot_img

प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा सिमेन्ट उद्योगीहरुले पटक पटक बोलाएर आफूहरुलाई काम गर्न नदिइएको भन्दै आपत्ति जनाएका छन् । मंगलबारको समिति बैठकमा नेपाल सिमेन्ट उत्पादक संघका निवर्तमान ध्रुव थापाले आफूहरुलाई पटक पटक बोलाउने गरिएको भन्दै अब आइन्दा बोलाए नआउने बताएका हुन् ।

‘हामीलाई यहाँ पटक–पटक किन बोलाइन्छ ?’ उनले प्रश्न गर्दै भने, ‘हाम्रो काम उद्योग चलाउने हो, अब बोलाइयो भने हामी आउँदैनौं ।’

यसपछि समितिमा रहेका सांसदहरुले थापाले धम्कीपूर्ण भाषा प्रयोग गरेको भन्दै आपत्ति जनाए । सांसद सूर्यमान तामाङ दोङले उद्योगीहरुले धम्कीको भाषा बोलेको भन्दै आपत्ति जनाए । ‘तपाईहरुले विद्युत् प्राधिकरणको पैसा नतिरेको भन्ने आरोप छ । यसमा गुनासो छ भनेर तपाईंको कुरा सुन्न बोलाइएको हो’ उनले भने, ‘धम्की खान बोलाएका होइनौँ । आफ्ना कुरा लुकाउन लोडसेडिङ देखाउनु भएको छ । यो मान्य छैन ।’

समिति सदस्य रमा कोइराला पौडेलले पनि यो बैठक संसदीय समितिका सभापतिले बोलाएको हो कि व्यवसायीले बोलाएको हो भन्दै प्रश्न गरिन् । ‘प्रधानमन्त्रीलाई बोलाउँदा त आउनुपर्छ भने तपाईंले आउँदिनँ भन्न पाउनु हुन्न, राज्यले निजी क्षेत्रलाई पुल्पुल्याएको रहेछ । नत्र, उहाँहरूले धम्काउन सक्नुहुन्थेन’ उनले भनिन् ।

सदस्य पौडेलले सिमेन्टको भाउ बढाइएको विषयमा उजुरी आइरहेको र ति उजुरी उपर छलफल राखिने भन्दै छलफलमा आउँदिन भनेर उम्किन नपाइने बताइन् ।

सांसद लक्ष्मी महतो कोइरीले पनि सिमेन्ट उद्योगीमा धेरै अहंकार पलाएको बताए ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

मल्टीपर्पस फाइनान्स पनि आरटीजीएस प्रणालीमा आवद्द

मल्टीपर्पस फाइनान्स लिमिटेड पनि नेपाल राष्ट्र बैंकको Real Time...

७९ प्रतिशतले बढ्यो विकाश हाइड्रोपावरको खुदनाफा

विकाश हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो...

फ्रान्स पनि आगामी फिफा विश्वकपको लागि छनौट, ४८ मध्ये २९ देशको टुंगो लाग्यो

फ्रान्स राष्ट्रिय फुटबल टोलीले युरोपेली छनोट समूह 'डी' को...

नेपाली उपभोक्ताका लागि भरपर्दो र विश्वसनीय बन्दै हुन्डाईको क्रेटा इभी

नेपालमा इलेक्ट्रिक सवारी साधनप्रति उपभोक्ताको रुची बढ्दो छ ।...

४९.९५ मेगावाटको दाना खोला आयोजनाको इलेक्ट्रो मेकानिकल कार्य भारतको फ्लोभेलले गर्ने

लालुपाते हाईड्रोपावर कम्पनीले निर्माण गर्ने ४९.९५ मेगावाट क्षमताको दाना...

कुलमानले खारेज गरेको पुनरावलोकन समिति ब्यूँत्याउन उद्योगीहरुको माग

ऊर्जामन्त्री कुलमान घिसिङले खारेज गरेको प्रशासकीय पुनरावलोन समिति ब्यूँत्याउन...
spot_img
spot_img
spot_img