Saturday, July 11, 2026
spot_img

संसदीय समितिमा सिमेन्ट उद्योगीले सोधे, ‘पटक पटक किन बोलाएको ?’

spot_img

प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा सिमेन्ट उद्योगीहरुले पटक पटक बोलाएर आफूहरुलाई काम गर्न नदिइएको भन्दै आपत्ति जनाएका छन् । मंगलबारको समिति बैठकमा नेपाल सिमेन्ट उत्पादक संघका निवर्तमान ध्रुव थापाले आफूहरुलाई पटक पटक बोलाउने गरिएको भन्दै अब आइन्दा बोलाए नआउने बताएका हुन् ।

‘हामीलाई यहाँ पटक–पटक किन बोलाइन्छ ?’ उनले प्रश्न गर्दै भने, ‘हाम्रो काम उद्योग चलाउने हो, अब बोलाइयो भने हामी आउँदैनौं ।’

यसपछि समितिमा रहेका सांसदहरुले थापाले धम्कीपूर्ण भाषा प्रयोग गरेको भन्दै आपत्ति जनाए । सांसद सूर्यमान तामाङ दोङले उद्योगीहरुले धम्कीको भाषा बोलेको भन्दै आपत्ति जनाए । ‘तपाईहरुले विद्युत् प्राधिकरणको पैसा नतिरेको भन्ने आरोप छ । यसमा गुनासो छ भनेर तपाईंको कुरा सुन्न बोलाइएको हो’ उनले भने, ‘धम्की खान बोलाएका होइनौँ । आफ्ना कुरा लुकाउन लोडसेडिङ देखाउनु भएको छ । यो मान्य छैन ।’

समिति सदस्य रमा कोइराला पौडेलले पनि यो बैठक संसदीय समितिका सभापतिले बोलाएको हो कि व्यवसायीले बोलाएको हो भन्दै प्रश्न गरिन् । ‘प्रधानमन्त्रीलाई बोलाउँदा त आउनुपर्छ भने तपाईंले आउँदिनँ भन्न पाउनु हुन्न, राज्यले निजी क्षेत्रलाई पुल्पुल्याएको रहेछ । नत्र, उहाँहरूले धम्काउन सक्नुहुन्थेन’ उनले भनिन् ।

सदस्य पौडेलले सिमेन्टको भाउ बढाइएको विषयमा उजुरी आइरहेको र ति उजुरी उपर छलफल राखिने भन्दै छलफलमा आउँदिन भनेर उम्किन नपाइने बताइन् ।

सांसद लक्ष्मी महतो कोइरीले पनि सिमेन्ट उद्योगीमा धेरै अहंकार पलाएको बताए ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

आधा पनि खर्च भएन विकास बजेट

चालु आर्थिक वर्षको पुँजीगत बजेट आधा पनि खर्च हुन...

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पिडितले पाए बचत फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका थप बचतकर्ताको...

प्रदेशभित्रको सार्वजनिक यातायातका समस्या समाधान गर्ने मुख्यमन्त्रीको प्रतिवद्धता

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले प्रदेशभित्र देखिएका सार्वजनिक यातायातका...

भाटभटेनी सुपर मार्केटको विराटनगर आउटलेट सञ्चालनमा

गत वर्ष भदौको जेन् जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको...

प्रधानमन्त्रीले ‘क्रस कोइसन’ गर्दै डेढ घण्टा आफ्ना कुरा सुनेपछि ऊर्जा उद्यमी उत्साहित

प्रधानमन्त्री वालेन्द्र शाहले स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पान नेपालका...
spot_img