Saturday, April 19, 2025
spot_img

खाना पकाउने तेलको भाउ बढ्यो

बजारमा खाने तेल (खाना पकाउने तेल)को मूल्य बढेको छ । खाना पकाउन प्रयोग गरिने सूर्यमुखी (सनफ्लावर) र भटमासको तेलको मूल्य बढेको हो ।

नेपाल खुद्रा व्यवसायी संघले सार्वजनिक गरेको मूल्यसूची अनुसार खाने तेलको मूल्य बढेको हो । प्रत्येक महिनाको १ गते र १५ गते खाद्यान्नको खुद्रा मूल्य सार्वजनिक गर्दै आएको खुद्रा व्यवसायी संघका अनुसार १५ दिन अघिको तुलनामा सनफ्लावर र भटमासको तेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढेको हो ।

जसअनुसार, अब सनफ्लावर र भटमासको तेलको मूल्य प्रतिलिटर २५५ रुपैयाँ पुगेको छ । यसअघि यी दूबै थरी तेलको मूल्य प्रतिलिटर २५० रुपैयाँ थियो ।

भुटेको तोरीको तेल र काँचो तोरीको तेलको मूल्य भने क्रमशः प्रतिलिटर ४१० रुपैयाँ र ३२५ रुपैयाँ आसपास रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

फोहोर वर्गीकरण गर्न महानगरले वडालाई दियो एक एक लाख

काठमाडौं महानगरपालिकाले प्रत्येक वडालाई फोहोर वर्गीकरण गर्न एक एक...

परीक्षा बोर्डले भन्योः कक्षा १२ को परीक्षा सरेको छैन

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नसरेको जानकारी...

रेडमी ए५ नेपालमा सार्वजनिक, मूल्य कति ?

शाओमीले नेपालमा रेडमी ए५ सार्वजनिक गरेको छ । रेडमी...

सिटिजन्स बैंकद्वारा वार्षिकोत्सवको अवसरमा सडक आश्रितलाई १८ दिन भोजन

सिटिजन्स बैंकले आफ्नो १८औं बार्षिक उत्सवको अवसरमा घरबारविहीन र...

नाडासँग बीमा प्राधिकरणका अध्यक्षले भने, ‘ईभीको लागि छुट्टै बीमा पोलिसी बन्दैछ’

नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालका प्रतिनिधिमण्डलले बीमा प्राधिकरणका अध्यक्ष...

हेटौँडा सिमेन्ट उद्योग ६ महिनापछि सञ्चालनमा

हेटौँडा सिमेन्ट उद्योग छ महिनापछि पुनः सञ्चालनमा आएको छ...
spot_img