Thursday, March 20, 2025
spot_img
spot_img

पञ्चकन्या समूहद्वारा प्लम्बर दिवसको अवसरमा कार्यक्रमको आयोजना

पञ्चकन्या समूहले विश्व प्लम्बर दिवस मनाएको छ । समूहले विश्वभर सेवा प्रदान गरिरहेका प्लम्बरहरूको अमूल्य योगदानलाई सम्मान गर्न भन्दै कुलेश्वरस्थित आफ्नो डिपो कार्यालयमा कार्यक्रम आयोजना गरेको हो ।

हरेक वर्ष मार्च ११ मा मनाईने विश्व प्लम्बर दिवसको पञ्चकन्या समूहद्वारा आयोजित कार्यक्रममा सबै वक्ताहरुले राष्ट्रको विकासमा महत्वपूर्ण योगदान पु¥याउने मेहनती प्लम्बरहरूको प्रशंसा गरेका थिए ।

यस कार्यक्रममा कार्यक्रममा जिफन्ट नेपाल, बागमती प्रदेश अध्यक्ष रामहरि नेपाल, नुवाकोट प्लम्बर संघका अध्यक्ष विजय कुमार मगर, भक्तपुर नगर समितिका सदस्य बालकृष्ण खैजु, बालाजु स्कूल अफ इन्जिनियरिङका सेनेटरी विभाग प्रमुख माधव प्रसाद अधिकारी, वरिष्ठ प्राविधिक गोकुल दंगाल लगायतका व्यक्तिहरुको उपस्थीति रहेको थियो ।

कायक्रममा यस क्षेत्रमा सेवा प्रदान गरिरहेका डिलर तथा ग्राहकहरुको समेत उपस्थीति भई उहाँहरुले दिनुभएको योगदानलाई कदर गर्दै, पञ्चकन्या समूहले सबै उपस्थित प्लम्बरहरूलाई कृतज्ञताको प्रतिकको रुपमा उपहार समेत वितरण गरेको थियो । यो कार्यक्रमले प्लम्बिङ उद्योग तथा यस सेवामा लागेकालाई प्रवद्र्धन गर्ने र देशको लागि सुरक्षित र भरपर्दो पूर्वाधार सुनिश्चित गर्न प्लम्बरहरूको अत्यावश्यक भूमिकालाई स्वीकार गर्ने पञ्चकन्या समूहको समर्पणलाई उजागर गरेको छ ।

पञ्चकन्या समूह नेपालको अग्रणी औद्योगिक समूहहरूमध्ये एक हो, जसले यस क्षेत्रमा प्रदान गर्ने उच्च– गुणस्तरीय वस्तु तथा प्रदान गर्ने सेवाहरुमा र दिगोपनको लागि परिचित छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

संचालकबीच नै विवाद भएपछि गोर्खाज फाइनान्सका सीइओको नियुक्ति खारेज

गोर्खाज फाइनान्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश चन्द्र अधिकारीको नियुक्ति...

महासंघद्धारा आगामी नीति तथा कार्यक्रमका लागि सुझाव प्रस्तुत

नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक बर्ष २०८२।८३ को नीति...

सुनको भाउ स्थिर, चाँदीको घट्यो

आज बिहिबार सुनको भाउ स्थिर छ । बुधबार प्रतितोला...

सुरु भयो यस वर्षको एसइई परीक्षा, असार ७ भित्रै नतिजा

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु भएको छ।...

आज डलर र युरोको मूल्य घट्यो, अरु विदेशी मुद्राको दर कति ?

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको सटहीदर तोकेको...

माछापुच्छ्रे क्यापिटलको म्युचुअल फण्डमा आवेदन दिने आज अन्तिम दिन

माछापुच्छ्रे क्यापिटल लिमिटेडले फागुन २२ गतेदेखि निष्काशन गरेको सामुहिक...
spot_img