Friday, May 8, 2026
spot_img
spot_img

सरकार, राजनितिक दल, कर्मचारी र निजी क्षेत्र एउटै डुङ्गामा छौँः अध्यक्ष ढकाल

spot_img
spot_img

नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले सरकार, राजनितिक दल, प्रशासन र निजी क्षेत्र एउटै डुङ्गाका यात्री भएको उल्लेख गर्दै अर्थतन्त्र सुधारको लागि सबै पक्ष गम्भीर बन्नुपर्ने बताएका छन् ।

संङ्घीय मामिला तथा तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार आयोजना गरेको “संङ्घीय संरचनामा लगानी प्रवर्द्धन, सम्भावना, चुनौती र निजी क्षेत्रको अपेक्षा” विषयक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले नेपालमा लगानीको पर्याप्त सम्भावना भएपनि सोही अनुरुपको समग्र वातावरण नहुँदा राज्यले प्रतिफल पाउन नसकेको बताए । मुलुकको विकासका लागि लगानी प्रवर्द्धन आवश्यक रहेको र यसका लागि लागि सबै राजनीतिक दल, प्रशासन संयन्त्र र निजी क्षेत्र उत्तिकै जिम्मेवार हुनुपर्ने उनको भनाइ छ ।

“सरकार, राजनितिक दल, प्रशासन संयन्त्र र निजी क्षेत्र हामी एउटै डुङ्गाका यात्री हौं, डुङ्गामा क्षति पुग्दा एउटा पक्ष सुरक्षित र अर्को असुरक्षित भन्ने हुँदैन’ अध्यक्ष ढकालले भने, ‘यसकारण देशको अर्थतन्त्र बलियो बनाउन हामी सबै उत्तिकै जिम्मेवार छौँ र हुनु पर्दछ ।”

उनले २०७२ सालको संविधानले नेपाललाई एकात्मक प्रणालीबाट संघीय प्रणाली रुपान्तरित गरि शासन संचालनको स्वायत्तता, सहभागिता र जवाफदेहीताको परिकल्पना गरेपनि तीनै तहका सरकारहरु सोही अनुरुप चल्न नसकेको टिप्पणी पनि गरेका छन् । अध्यक्ष ढकालले लगानी प्रवर्द्धनका लागि राजनीतिक एवं नीतिगत अस्थिरता, संघीय सरकारका तहहरूबीचको अन्तरसम्बन्ध र समन्वयको अभाव, निजी क्षेत्र प्रोत्साहन गर्ने कार्यक्रमको कमी, विकास आयोजनामा अवरोध मुख्य चुनौती रहेको बताएका छन् ।

लगानी प्रवर्द्धनका लागि प्रशासनिक सरलता र पारदर्शितासहित सबै तहबाट लगानीको सुरक्षाको ग्यारेन्टी आवश्यक भएको बताउँदै उनले सरकार वा निजी क्षेत्रबाट प्रवर्धित पुर्वाधार एवं विकास परियोजना निर्वाध रुपमा संचालन गर्ने वातावरण बनाउनु पर्नेमा जोड दिए ।

तीनै तहका सरकार राजस्व केन्द्रित हुनु, व्यवसाय दर्ता नवीकरण एवं अन्य सेवा प्रवाह चुस्त नहुनु, औद्योगिक व्यवसाय ऐनमा एकरुपता नहुने जस्ता समस्याले गर्दा अपेक्षा अनुरुप लगानी र व्यवसाय प्रवर्द्धन हुन नसकेको अध्यक्ष ढकालको धारणा छ ।

लगानीमैत्री वातावरणका लागि निजी क्षेत्रलाई प्रोत्साहन, लगानी आकर्षित गर्न प्रतिष्पर्धा, व्यवसाय दर्ता नवव्करण एवं राजश्व बुझाउन डिजिटल माध्यमको प्रयोग गर्नुपर्ने उनको भनाइ छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वोच्चको प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस भएका छन्...

नेतृत्व हस्तान्तरण पश्चात चन्द्र ढकालको भावुक वक्तव्य

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्र ढकालले भावुक...

नेपालकै पहिलो टियर IV हाइपरस्केल डाटा सेन्टर निर्माणको घोषणा, यस्ता छन् विशेषता

नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पुर्याउने र देशको डाटा सुरक्षालाई...

धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिका संयोजक डा. भट्टले दिए राजीनामा

नेपाल धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समितिका संयोजक डा. गुणाकर...

नेपाल आयो ‘एमजी एस–६’, औपचारिक लन्च कहिले ?

पारामाउण्ट मोटर्सले ‘एमजी एस-६’ नेपाल भित्र्याएको छ । पारामाउण्टले...

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ...
spot_img