Friday, May 8, 2026
spot_img
spot_img

कसको कारण भईरहेको छ बजारमा ग्यासको हाहाकार ?

spot_img
spot_img

ग्यास उद्योगीहरुले आन्दोलन घोषणा गरेपछि बजारमा खाना पकाउने ग्यासको अभाव देखिन थालेको छ । ग्यास उद्योगीहरुले माघ ३० गतेबाट पीडीओ नउठाउने र फागुन ५ गतेबाट लोड नगर्ने र फागुन १८ गतेबाट उद्योगबाट ग्यासको बिक्री नै रोक्ने लगायतका आन्दोलन घोषणा गरेसँगै बजारमा ग्यासको अभाव देखिन थालेको हो ।

तर, एलपी ग्यास उद्योग संघका महासचिव जितबहादुर कार्कीले उपभोक्ताले आन्दोलनको सेड्युअल नबुझ्दा बजारमा एक्कासी माग बढ्न जाँदा केही चाप मात्रै परेको बताएका छन् । बजारमा पर्याप्त मात्रामा ग्यास उपलब्ध रहेको उनको दाबी छ ।

‘आन्दोलनको सेड्युअल नबुझ्दा पनि असजिलो हुँदो रहेछ, हामीले माघ ३० गतेबाट पीडीओ नउठाउने, फागुन ६ गतेबाट लोड नगर्ने, फागुन १८ गतेबाट उद्योग बन्द गर्ने वा उद्योगबाट ग्यास नबेच्ने र फागुन २२ गतेबाट बल्ल डिलर्सबाट बिक्री गर्न रोक्ने भनेर आन्दोलनका कार्यक्रम तय गरेका थियौँ’ उनले भने, ‘तर, यो मिति आउन अझै लामो अवधि बाँकी छ, फागुन २१ गतेसम्म त निर्वाध रुपमा ग्यास पाइने अवस्था छँदै थियो । यसमाथि यो विषयलाई सरकारले पनि गम्भीरताका साथ लिइरहेको छ, त्यति परसम्म आन्दोलन नै गर्नुपर्दैन भन्नेमा छौँ हामी । अहिले नै बजारमा अभाव हुने बेलै भएको छैन ।’

उनका अनुसार ‘हड्ताल हुन्छ रे’ भन्ने हल्लाका भरमा घरमा भएका खाली सिलिण्डर लिएर मान्छेहरु ग्यास किन्न पुग्दा त्यसको चाप मात्रै परेको हो । उनले अहिले बजारमा पर्याप्त ग्यास रहेको र उद्योगहरुबाट पनि पर्याप्त मात्रामा डिलर्ससम्म ग्यास पुगिरहेकाले अभाव नहुने दाबी गरेका छन् ।

‘ग्यास नपाउने भन्ने हुँदैन, कालोबजारी हुने चान्स नै छैन’ कार्कीले भने, ‘डिलर्सले नदिएको भए खबर पाउँ ।’

उनले केही कम्पनीहरुको आफ्नै कारणले आपूर्तिमा समस्या रहेको दाबी गरेका छन् । नेपाल ग्यास, एसटी राजधानी लगायतका केही कम्पनीका ग्यासहरुको आपूर्ति भने कम्पनीकै कारण विगतदेखि नै प्रभावित हुँदै आएको तर, अहिले यो पनि क्रमशः सुधारोन्मुख देखिएको उनको भनाइ छ ।

माग अनुसारको आपूर्ति छैनः ग्यास बिक्रेता महासंघ

ग्यास बिक्रेता महासंघका निवर्तमान अध्यक्ष चन्द्र थापा उपभोक्ताको माग बमोजिम डिलर्सहरुले ग्यास नै नपाएको दाबी गर्छन् । आयल निगम पर्याप्त ग्यास दिइरहेका छौँ भन्ने र उद्योगीहरु ग्यास पाएनौँ भनिरहने कारणले गर्दा दशैँ अगाडीदेखि नै बजार माग अनुसार ग्यास उपलब्ध नरहेको उनको दाबी छ ।

‘उपभोक्ताको माग अनुसार ग्यास नै उपलब्ध छैन, दशैँ अगाडीबाटै यो समस्या छ’ उनले भने, ‘आयल निगमले उद्योगीलाई पर्याप्त ग्यासको पीडीओ दिनुपर्‍यो, उद्योगबाट पाएपछि बेच्न समस्या छैन ।’

अभाव छैन, निर्वाध आयात भइरहेको छः निगम

नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुर बजारमा ग्यास अभावको नभएको बताउँछन् । तर, अब ग्यासको आपूर्ति नै रोकिन्छ भन्ने हल्लाका कारण माग बढेको हुनसक्ने उनको भनाइ छ ।

‘हल्लाका कारण आवश्यकताभन्दा बढी ग्यास राख्न खोज्दा मागेजति नपाएको हुनसक्छ, यसलाई अभाव भन्न मिल्दैन’ उनले भने, ‘आयातको मात्रा यथावत छ, घटेको छैन । अभाव हुँदैन ।’

सिंहदरबारमा वार्ता, आन्दोलन स्थगित

सिंहदरबारमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसहित आयल निगमका अधिकारी र ग्यास उद्योगीबीच छलफल भएको छ । छलफल पश्चात ग्यास उद्योगीहरु आन्दोलन स्थगित गर्न सहमत भएको मन्त्री भण्डारीको सचिवालयले जनाएको छ ।

नेपाल एल.पी. ग्यास उद्योग संघका पदाधिकारीहरुसँग भएको छलफल पश्चात संघले आयल निगम समक्ष पेश गरेका मागहरु सम्बोधन गर्न थप गृहकार्य गर्नुपर्ने देखिएको र यसका लागि थप समय आवश्यक परेको भन्दै आन्दोलन स्थगित गर्ने निर्णय भएको मन्त्री भण्डारीको सचिवालयले जनाएको छ ।

‘छलफलका क्रममा नेपाल आयल निगम समक्ष संघले पेश गरेका मागहरुलाई सकारात्मक रुपमा लिई समाधानका लागि गृहकार्य गर्न थप समय आवश्यक देखिएको हुँदा संघले आजका मितिदेखि घोषणा गरेका आन्दोलनका सबै कार्यक्रमहरु १५ दिनका लागि स्थगन गर्ने निर्णय गरियो’ छलफल पश्चात भएको निर्णयमा उल्लेख छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वोच्चको प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस भएका छन्...

नेतृत्व हस्तान्तरण पश्चात चन्द्र ढकालको भावुक वक्तव्य

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्र ढकालले भावुक...

नेपालकै पहिलो टियर IV हाइपरस्केल डाटा सेन्टर निर्माणको घोषणा, यस्ता छन् विशेषता

नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पुर्याउने र देशको डाटा सुरक्षालाई...

धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिका संयोजक डा. भट्टले दिए राजीनामा

नेपाल धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समितिका संयोजक डा. गुणाकर...

नेपाल आयो ‘एमजी एस–६’, औपचारिक लन्च कहिले ?

पारामाउण्ट मोटर्सले ‘एमजी एस-६’ नेपाल भित्र्याएको छ । पारामाउण्टले...

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ...
spot_img