Thursday, June 25, 2026
spot_img

अष्ट्रेलियामा व्यापार सहजीकरणका लागि चेम्बरद्धारा शर्मालाई प्रतिनिधी चयन

spot_img
spot_img

नेपाल चेम्बर अफ कमर्सले अष्ट्रेलियामा व्यापार सहजीकरणका लागि प्रतिनिधी चयन गरेको छ । चेम्बर अफ कमर्स सल्लाहकार परिषदका अध्यक्ष राजेशकाजी श्रेष्ठले एनआरएन आईसीसी अनररी काउन्सील सदस्य एवं व्यवसायी संजिव शर्मालाई चेम्बर अनररी रिप्रेजेन्टेटिभ्सको प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।

अष्ट्रेलियामा आयोजित विशेष कार्यक्रममा सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठले अनररी रिप्रेजेन्टेटिभ्सको प्रमाणपत्रसहित शर्मालाई कार्यकालका सफताको शुभकामना समेत दिएका छन् । नेपाल र अष्ट्रेलियाबीच व्यपार प्रर्वद्धन, पर्यटन एवं लगानीबारे सहकार्य गर्न शार्मालाई अनररी रिप्रेजेन्टेटिभ्सका रुपमा चयन गरिएको चेम्बरद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अष्ट्रेलियामा नेपालीहरुको बसोबास उल्लेख्य रहेको र व्यापारिक दृष्टिकोणले पनि महत्व राख्ने भएकाले व्यापार सहजीकरणका लागि प्रतिनिधी चयन गरिएको सल्लाहकार परिषदका अध्यक्ष श्रेष्ठले बताए । उनले भने, ‘नेपालबाट अष्ट्रेलियामा निर्यातको राम्रो सम्भावना देखिएको छ, चालु आर्थिक वर्षमा मात्रै ८४ करोड रुपैयाँ बराबरको निर्यात भएको छ, घरेलु तथा हस्तकलाका सामाग्री, कार्पेट, पास्ता लगायतका सामाग्री निर्यातका लागि अष्ट्रेलिया राम्रो बजार छ ।’

यस्तै अष्ट्रेलियामा रहेका गैरआवासीय नेपालीहरुलाई स्वदेशमा लगानी भित्र्याउन पनि सल्लाहकार परिषदका अध्यक्ष श्रेष्ठले आग्रह गरेका छन् ।

चेम्बरका अनररी रिप्रेजेन्टेटिभ्स शर्माले नेपालमा लगानी भित्र्याउन एवं व्यापार सहजीकरणका लागि आफुले पहल गर्ने प्रतिवद्धता जनाएका छन् । नेपालमा व्यापार सहजीकरणमार्फत निर्यात प्रर्वद्धन गर्न आफूले पहल गर्ने शर्माले बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्सले विभिन्न मुलुकमा व्यापार सहजीकरण, एवं निर्यात प्रर्वद्धनका लागि प्रतिनिधी चयन गर्दै आएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वोत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड हुने

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ असार...

अनुसन्धानको लागि मौखिक अनुरोध मै खाता रोक्का हुने, बैंकले २४/७ कर्मचारी राख्नु पर्ने

वित्तीय अपराध न्यूनीकरणको लागि नेपाल राष्ट्र बैंकले कडा कदम...

थोक र खुद्रा लघुवित्तको मर्जरमा नयाँ व्यवस्था

नेपाल राष्ट्र बैंकले लघुवित्तको मर्जरको नयाँ व्यवस्था गरेको छ...

ब्याज पुँजीकरणमा नयाँ व्यवस्था लागु, जेन्जी आन्दोलनबाट प्रभावित व्यवसायीलाई राहत

नेपाल राष्ट्र बैंकले ब्याज पुँजीकरणमा नयाँ व्यवस्था गरेको छ। ...

२० प्रतिशत कर्जा प्रवाह बढ्ने गरी मौद्रिक नीति ल्याउन चेम्बरको सुझाव

नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिलाई लगानी, उत्पादन...

उत्पादनमा जोडिएका सहकारीलाई प्रोत्साहन गर्न छुट्टै ऐन बनाइने

सरकारले उत्पादन, प्रशोधन र बजारीकरणमा सहकारीको भूमिका वृृद्धि गर्नका...
spot_img