Thursday, June 25, 2026
spot_img

अध्यादेशमार्फत भएका कानुनी सुधारले लगानीकर्तालाई उत्साहित बनाएको छः अध्यक्ष अग्रवाल

spot_img
spot_img

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले सरकारले हालै अध्यादेशमार्फत गरेको कानुनी सुधारले लगानीकर्ताहरुलाई उत्साहित बनाएको बताएका छन् । चेम्बरले आयोजना गरेको ८औँ चेम्बर एक्स्पोमा सम्बोधन गर्दै अध्यक्ष अग्रवालले आर्थिक तथा व्यवसायिक वातावरण सुधार एवम् सुशासन प्रर्वद्धन गर्ने उद्देश्यले अध्यादेशमार्फत ३० वटा जति कानूनहरुमा गरिएको संशोधनले लगानीकर्तामा उत्साह पैदा भएको बताएका हुन् ।

‘अध्यादेशमार्फत भएका कानुन संशोधनले औद्योगिक लगानी, व्यवसाय सहजीकरण एवं विदेशी विनिमय परिचालनमा रहेका समस्याहरुलाई सम्वोधन गर्ने प्रयास गरेको छ’ उनले भने, ‘यसले समस्त लगानीकर्ताहरुलाई उत्साहित बनाएको छ । अब यसै अनुसारको कानून र कार्यविधी एवं नियमावलीको पनि शिघ्र अपेक्षा गरेका छौँ ।’

उनले अध्यादेशमा उल्लेखित व्यवस्था अनुसार रकम फिर्ता लैजान चाहने विदेशी लगानीकर्ताको प्रस्ताव ७ दिनमै स्वीकृत हुने सहजताले ती लगानीकर्ता माझ सकारात्मक सन्देश जाने देखिएको र सूचना प्रविधि उद्योगले विदेशमा कार्यालय खोल्न र लगानी गर्न सक्ने अध्यादेशमा उल्लेखित प्रावधान आईटी क्षेत्रको विकासका लागि काशेढुङ्गा सावित हुने समेत विश्वास व्यक्त गरेका छन् ।

अध्यक्ष अग्रवालले नेपाललाई आईटीका लागि विश्वकै उत्कृष्ट गन्तव्य बनाउन सकिने सम्भावना समेत रहेको बताएका छन् । कम लागतको जनशक्ति, डेटा र एआई केन्द्रहरुका लागि आवश्यक पर्ने पर्याप्त विद्युत आपूर्ति आदिले नेपालमा आईटी क्षेत्रको विकासमा ठूलो सम्भावना रहेको देखाएको र नेपालका सूचना प्रविधि जन्य उत्पादनहरुलाई भारत र चीनजस्ता छिमेकी ठूला बजारहरुसम्म पु¥याउन सकिने प्रचुर सम्भावना समेत रहेको उनको भनाइ छ ।

अध्यक्ष अग्रवालले नेपाल सरकारले आर्थिक कुटनीतिलाई थप सक्रिय पारी विदेशमा रहेका नेपाली कुटनीतिक नियोगहरुमार्फत समय समयमा नेपाली वस्तुहरुको व्यापार मेलाको आयोजना गरेमा निर्यात, वैदेशिक लगानी प्रवद्र्धन एवं प्रविधि हस्तान्तरण आदिमा उल्लेखनीय टेवा पुग्ने समेत बताए ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वोत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड हुने

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ असार...

अनुसन्धानको लागि मौखिक अनुरोध मै खाता रोक्का हुने, बैंकले २४/७ कर्मचारी राख्नु पर्ने

वित्तीय अपराध न्यूनीकरणको लागि नेपाल राष्ट्र बैंकले कडा कदम...

थोक र खुद्रा लघुवित्तको मर्जरमा नयाँ व्यवस्था

नेपाल राष्ट्र बैंकले लघुवित्तको मर्जरको नयाँ व्यवस्था गरेको छ...

ब्याज पुँजीकरणमा नयाँ व्यवस्था लागु, जेन्जी आन्दोलनबाट प्रभावित व्यवसायीलाई राहत

नेपाल राष्ट्र बैंकले ब्याज पुँजीकरणमा नयाँ व्यवस्था गरेको छ। ...

२० प्रतिशत कर्जा प्रवाह बढ्ने गरी मौद्रिक नीति ल्याउन चेम्बरको सुझाव

नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिलाई लगानी, उत्पादन...

उत्पादनमा जोडिएका सहकारीलाई प्रोत्साहन गर्न छुट्टै ऐन बनाइने

सरकारले उत्पादन, प्रशोधन र बजारीकरणमा सहकारीको भूमिका वृृद्धि गर्नका...
spot_img