Thursday, June 25, 2026
spot_img

लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन नीति कार्यान्वयनमा

spot_img
spot_img

सरकारले लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन नीति २०८२ कार्यान्वयनमा ल्याएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन नीति २०८२ कार्यान्वयनमा ल्याएको हो ।

लघु, घरेलु तथा साना उद्योगलाई ठूला तथा मझौला उद्योगको आपूर्ति श्रृंखलासँग जोड्ने उद्देश्यले यो नीति कार्यान्वयनमा ल्याइएको मन्त्रालयले जनाएको छ । सानो र छरिएको पूँजीबाट सञ्चालित लघु, घरेलु तथा साना उद्योगको आपूर्ति चक्रलाई मझौला तथा ठूला उद्योगसँग जोड्ने रणनीति अनुरुप यस्तो नीति ल्याइएको मन्त्रालयले बताएको छ ।

हाल मुलुकको कुल अर्थतन्त्रमा उद्योग क्षेत्रको योगदान १३ प्रतिशत रहेको छ । तर, यसमा साना र लघु घरेलु योगदान कति छ भन्ने यकिन तथ्यांक छैन । अब उक्त नीति अनुसार माध्यमिक तथा उच्च शिक्षा तहको पाठ्यक्रममा उद्यमशीलता विषय समावेश गरिएको छ ।

साना उद्योगका उत्पादनको बजार प्रवर्द्धनका लागि निजी क्षेत्र, सहकारी र स्थानीय तहको सहभागितामा विभिन्न स्थानमा विक्री केन्द्र, कोसेली घर, उद्यम घर, सामुदायिक र साझा सुविधा केन्द्र स्थापना र विकास गर्ने नीति मन्त्रालयको छ ।

शैक्षिक प्रमाणपत्र धितोमा राखेर सहुलियतपूर्ण व्याजदरमा ऋण प्रवाह गर्ने विषय पनि नीतिमा समावेश गरिएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वोत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड हुने

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ असार...

अनुसन्धानको लागि मौखिक अनुरोध मै खाता रोक्का हुने, बैंकले २४/७ कर्मचारी राख्नु पर्ने

वित्तीय अपराध न्यूनीकरणको लागि नेपाल राष्ट्र बैंकले कडा कदम...

थोक र खुद्रा लघुवित्तको मर्जरमा नयाँ व्यवस्था

नेपाल राष्ट्र बैंकले लघुवित्तको मर्जरको नयाँ व्यवस्था गरेको छ...

ब्याज पुँजीकरणमा नयाँ व्यवस्था लागु, जेन्जी आन्दोलनबाट प्रभावित व्यवसायीलाई राहत

नेपाल राष्ट्र बैंकले ब्याज पुँजीकरणमा नयाँ व्यवस्था गरेको छ। ...

२० प्रतिशत कर्जा प्रवाह बढ्ने गरी मौद्रिक नीति ल्याउन चेम्बरको सुझाव

नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिलाई लगानी, उत्पादन...

उत्पादनमा जोडिएका सहकारीलाई प्रोत्साहन गर्न छुट्टै ऐन बनाइने

सरकारले उत्पादन, प्रशोधन र बजारीकरणमा सहकारीको भूमिका वृृद्धि गर्नका...
spot_img