Thursday, June 25, 2026
spot_img

उद्योगीहरुले घटाए सिमेन्टको मूल्य, अब प्रतिबोरा कति पर्छ ?

spot_img
spot_img

उद्योगीहरुले सिमेन्टको मूल्य घटाएका छन् । निर्माणको सिजनमै सिमेन्टको मूल्य अचाक्ली बढाइएको भन्ने गुनासो आएपछि सिमेन्ट उत्पादक संघले साउनको तुलनामा अधिकतम् ११५ रुपैयाँ मात्रै मूल्य बढाएर बिक्री मूल्य कायम गर्न आफ्ना सदस्य उद्योगहरुलाई पत्राचार गरेको हो ।

पत्रकार सम्मेलन गरि सिमेन्ट उत्पादक संघले २०८१ साउन महिनाको बिक्री मूल्यमा भौगोलिक र ब्यापारिक अवस्था समेतलाई हेरी औसतमा प्रतिबोरा (५० किलोग्राम)को अधिकतम् बिक्री मूल्य ११५ रुपैयाँभन्दा थप नहुने गरि बिक्री मूल्य निर्धारण गर्न सबै सदस्य उद्योगहरुलाई पत्राचार गरिएको जानकारी दिएको हो ।

‘कुनै पनि उद्योगले उत्पादित वस्तुको मूल्य आफ्नो लागत आदिको आधारमा आफैँ निर्धारण गर्ने कानुनी व्यवस्था र अधिकार भएपनि हालको अवस्थालाई हृदयंगम गरि आफ्नो सिमेन्टको मूल्यमा यस संघले गरेको पत्राचार अनुसार बिक्री वितरण गर्ने व्यवस्था मिति २०८१/१०/१२ बाटै मिलाउनु भई सिमेन्टको हालको बिक्री मूल्य समायोजन गरी सदस्य उद्योगहरुको तर्फबाट सहयोग गरिदिनु हुनेछ भन्ने आशा एवम् विश्वास लिएका छौँ’ संघको विज्ञप्तिमा भनिएको छ ।

संघले ६५ सिमेन्ट उद्योगमध्ये २२ वटा उद्योग पूर्ण रुपमा बन्द भइसकेको र नोक्सानी ब्यहोरेरै चलिरहेका थप उद्योगहरुसमेत आर्थिक संकटका कारण बन्द उन्मुख रहेको समेत संघले जनाएको छ । तर, उद्योगहरुले कार्टेलिङ र एकाधिकार कायम गरेर मूल्य बढाए भन्ने आरोपमा सत्यता नरहेको संघका अध्यक्ष रघुनन्दन मारुले दाबी गरेका छन् ।

संघको आग्रह अनुसार अब सिमेन्ट उद्योगहरुले नयाँ मूल्य निर्धारण गरेमा सिमेन्टको भाउ प्रतिबोरा ५२५ देखि ५३० रुपैयाँसम्म कायम हुने गरिएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वोत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड हुने

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ असार...

अनुसन्धानको लागि मौखिक अनुरोध मै खाता रोक्का हुने, बैंकले २४/७ कर्मचारी राख्नु पर्ने

वित्तीय अपराध न्यूनीकरणको लागि नेपाल राष्ट्र बैंकले कडा कदम...

थोक र खुद्रा लघुवित्तको मर्जरमा नयाँ व्यवस्था

नेपाल राष्ट्र बैंकले लघुवित्तको मर्जरको नयाँ व्यवस्था गरेको छ...

ब्याज पुँजीकरणमा नयाँ व्यवस्था लागु, जेन्जी आन्दोलनबाट प्रभावित व्यवसायीलाई राहत

नेपाल राष्ट्र बैंकले ब्याज पुँजीकरणमा नयाँ व्यवस्था गरेको छ। ...

२० प्रतिशत कर्जा प्रवाह बढ्ने गरी मौद्रिक नीति ल्याउन चेम्बरको सुझाव

नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिलाई लगानी, उत्पादन...

उत्पादनमा जोडिएका सहकारीलाई प्रोत्साहन गर्न छुट्टै ऐन बनाइने

सरकारले उत्पादन, प्रशोधन र बजारीकरणमा सहकारीको भूमिका वृृद्धि गर्नका...
spot_img