Thursday, June 25, 2026
spot_img

निर्यात दिवसः निकासी बढाउन सरकारबाटै सहजीकरणको आवश्यकतामा जोड

spot_img
spot_img

नवौँ निर्यात दिवस २०८१ को अवसरमा निर्यातमूलक वस्तुहरुको ब्यापार मेला आयोजना भएको छ । नेपाल निर्यात परिषदले निर्यातमूलक नेपाली वस्तुहरुको ब्यापार मेला आयोजना गरेको हो ।

निर्यात दिवसका अवसरमा आयोजित मेलामा परिषदका अध्यक्ष नरेश लाल श्रेष्ठले हाल वार्षिक डेढ खर्ब हाराहारीको मात्रै निकासी भइरहेको बताउँदै यसलाई कम्तीमा अहिलेकै अवस्थामा अलिकति मेहनत गर्ने हो भने २ खर्बको पु¥याउन सकिने बताए । उनले ब्यापार घाटा बढ्दै जानु मुलुकका लागि राम्रो नभएको भन्दै आयातमुखी नेपाली अर्थतन्त्रलाई निर्यातमुखी र उत्पादनमुखी बनाउन आवश्यक रहेको धारणा राखे ।

चालु आर्थिक वर्षको ५ महिनामा ६ खर्बको वस्तु आयात हुँदा निर्यात जम्मा ७३ अर्बको मात्रै रहेको स्मरण गराउँदै अध्यक्ष श्रेष्ठले आगामी दिनमा निर्यात बढाउन सरकारबाटै सहजीकरण आवश्यक रहेको पनि बताएका छन् ।

कार्यक्रममा ब्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरद बिक्रम राणाले उच्च भ्यालू एड हुने र स्वदेशी कच्चा पदार्थ प्रयोग भएका वस्तुको निकासी बढाउने गरि सरकारले योजना बनाइरहेको बताए । उनले सन् २०२६ मा नेपाल कम विकसित मुलुकको सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा युरोपियन र अमेरिकीसहित धेरै मुलुकले निर्यातमा दिँदै आएको सहुलियत गुम्ने भएकाले त्यसका लागि प्रतिस्पर्धी हुन आजैबाट तयारी थाल्नुपर्ने पनि बताएका छन् ।

‘मुलुक विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा निर्यातमा हामीले पाउँदै आएका विभिन्न सहुलियत गुम्दैछन्, त्यसपछि हामीले बिना कुनै सहुलियत र छुटमा हाम्रा वस्तुहरु विश्व बजारमा पठाउनुपर्ने हुन्छ’ कार्यकारी निर्देशक राणाले भने, ‘सरकारले पनि यसतर्फ सोचेको छ, उद्यमी व्यवसायीहरुले पनि यसतर्फ आजैबाट ध्यान दिनुपर्ने आवश्यकता छ ।’

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वोत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड हुने

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ असार...

अनुसन्धानको लागि मौखिक अनुरोध मै खाता रोक्का हुने, बैंकले २४/७ कर्मचारी राख्नु पर्ने

वित्तीय अपराध न्यूनीकरणको लागि नेपाल राष्ट्र बैंकले कडा कदम...

थोक र खुद्रा लघुवित्तको मर्जरमा नयाँ व्यवस्था

नेपाल राष्ट्र बैंकले लघुवित्तको मर्जरको नयाँ व्यवस्था गरेको छ...

ब्याज पुँजीकरणमा नयाँ व्यवस्था लागु, जेन्जी आन्दोलनबाट प्रभावित व्यवसायीलाई राहत

नेपाल राष्ट्र बैंकले ब्याज पुँजीकरणमा नयाँ व्यवस्था गरेको छ। ...

२० प्रतिशत कर्जा प्रवाह बढ्ने गरी मौद्रिक नीति ल्याउन चेम्बरको सुझाव

नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिलाई लगानी, उत्पादन...

उत्पादनमा जोडिएका सहकारीलाई प्रोत्साहन गर्न छुट्टै ऐन बनाइने

सरकारले उत्पादन, प्रशोधन र बजारीकरणमा सहकारीको भूमिका वृृद्धि गर्नका...
spot_img