Thursday, June 25, 2026
spot_img

मुलुकमा ‘मोर इकोनोमिक’ बहस हुनुपर्नेमा ‘मोर पोलिटिक्स’ भइरहेको छः मल्ल

spot_img
spot_img

नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले उधारो कारोबार निस्तेज पार्न नीतिगत प्रबन्ध हुनुपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को नवनिर्वाचित कार्यसमितिलाई चेम्बरमा स्वागत गर्ने कार्यक्रममा निवर्तमान अध्यक्ष मल्लले उधारो कारोबारलाई निरुत्साहित गर्दै निस्तेज नै गर्नुपर्ने बताएका हुन् ।

उनले मुलुकमा ‘मोर इकोनोमिक’ बहस हुनुपर्नेमा ‘मोर पोलिटिक्स’ भइरहेको भन्दै असन्तुष्टि समेत जनाए । कोभिड अगाडी औसतमा ६.५ प्रतिशतदेखि ७ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धिदर रहेको भएपनि त्यसयता मुलुकको आर्थिक वृद्धिदर निकै ओरालो लागिरहेको निवर्तमान अध्यक्ष मल्लको भनाइ छ ।

रियलस्टेट कर्जामा ‘लोन टू भ्यालू रेसियो’ भूगोल अनुसार ५० देखि ६० प्रतिशत रहेको तर, अटोमोबाइल्समा ८० प्रतिशतसम्म रहेको भन्दै उनले यो व्यवहारिक नरहेको तर्क गरे ।

‘राष्ट्र बैंकले रियलस्टेटको लोन टू भ्यालू रेसियो ५० देखि ६० प्रतिशतसम्म कायम रहेको छ, जबकी अटो लोनमा ८० प्रतिशतसम्म छ’ निवर्तमान अध्यक्ष मल्लले भने, ‘घरजग्गामा पनि कम्तीमा अटोमोबाइल्स सरह हुनुपर्छ ।’

यस्तै, कुनै कम्पनीको सञ्चालक पदमा बसेको व्यक्तिले पदबाट राजीनामा दिएको १ वर्षसम्म सेयर बिक्री गर्न नपाउने प्रावधान पनि अव्यवहारिक रहेको उनको भनाइ छ । यसकारण प्रत्यक्ष वैदेशिक लगानीसमेत बढ्न नसकेको मल्लको दाबी छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वोत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड हुने

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ असार...

अनुसन्धानको लागि मौखिक अनुरोध मै खाता रोक्का हुने, बैंकले २४/७ कर्मचारी राख्नु पर्ने

वित्तीय अपराध न्यूनीकरणको लागि नेपाल राष्ट्र बैंकले कडा कदम...

थोक र खुद्रा लघुवित्तको मर्जरमा नयाँ व्यवस्था

नेपाल राष्ट्र बैंकले लघुवित्तको मर्जरको नयाँ व्यवस्था गरेको छ...

ब्याज पुँजीकरणमा नयाँ व्यवस्था लागु, जेन्जी आन्दोलनबाट प्रभावित व्यवसायीलाई राहत

नेपाल राष्ट्र बैंकले ब्याज पुँजीकरणमा नयाँ व्यवस्था गरेको छ। ...

२० प्रतिशत कर्जा प्रवाह बढ्ने गरी मौद्रिक नीति ल्याउन चेम्बरको सुझाव

नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिलाई लगानी, उत्पादन...

उत्पादनमा जोडिएका सहकारीलाई प्रोत्साहन गर्न छुट्टै ऐन बनाइने

सरकारले उत्पादन, प्रशोधन र बजारीकरणमा सहकारीको भूमिका वृृद्धि गर्नका...
spot_img