Sunday, May 10, 2026
spot_img

व्यवसायिक घराना ज्योति ग्रुप टुक्रियो, जन्मियो ‘पद्म ज्योति ग्रुप’

spot_img
spot_img

१४० वर्षे इतिहास बोकेको पारिवारिक व्यवसायिक घराना ज्योति ग्रुप टुक्रिएको छ । दाजुभाइ बीचको अंशबण्डाको विवाद चर्किरहेपछि ज्योति ग्रुप औपचारिक रुपमा विभाजन भएको हो । यससँगै नयाँ समूहको रुपमा ‘पद्म ज्योति ग्रुप’को जन्म भएको छ ।

‘ज्योति समूहलाई पद्म ज्योति समूहमा रुपान्तरण गरी विकास र सृजनशीलताको नयाँ यात्राको सुरुवात भएको घोषणा गर्न पाउँदा हामी खुसी छौं,’ अध्यक्ष पद्म ज्योतिले भने, ‘धेरै बाधा र चुनौती पार गरेपनि यो समूह आफ्नो उत्कृष्टताको विरासतमा प्रतिबद्ध रहँदै निरन्तर अघि बढ्नेछ ।’

पद्म ज्योति ग्रुपको अध्यक्षमा पद्म आफैँ छन् भने संस्थापक सदस्यमा मीरा ज्योति र सौरभ ज्योति छन् । सिर्जना ज्योति र आरती ज्योति कम्पनीका निर्देशक छन् ।

सन् १९४० को दशकमा मणिहर्ष ज्योतिले स्थापना गरेको ज्योति ग्रुप लामो विरासत भएको नेपाली व्यवसायिक घरानाका रुपमा चिनिन्छ । टुक्रिनु अघि ज्योति समूहमा पद्य ज्योति अध्यक्ष र रुप ज्योति उपाध्यक्ष थिए ।

ग्रुपसँग हाल हिमाल स्टिल, भाजुरत्न इन्जिनियरिङ एन्ड सेल्स, हिमाल वायर्स, ज्योति स्पिनिङ मिल्स, भाजुरन्त फार्मास्युटिकल्स र होन्डा मोटरसाइकल लगायतका उद्यम व्यवसाय छन् ।

spot_img
spot_img

1 COMMENT

  1. ब्यापार-ब्यबसाय जसरि दाजुभाई विचको भातृत्व नटुक्रियोस।वैलायको त्यो प्रेममा नयां अंकुर टुसाओस् ।हृदय देखीको शुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

३९ वर्षीया लौरा बनिन् कोस्टारिकाको राष्ट्रपति, अपराध नियन्त्रणको मुद्दाले विजयी

कोस्टारिकाले आफ्नो इतिहासमा दोस्रो महिला राष्ट्रपतिको रूपमा ३९ वर्षीया...

‘भ्याटको दर १३ बाट १० प्रतिशतमा झार्नुपर्छ, १० लाख सम्मको कमाईमा कर छुट दिनुपर्छ’

अहिलेको सरकारलाई प्रोग्रेसिभ कर प्रणालीको सुरुवात गर्ने र कार्यान्वयन...

ट्राफिक नियम उल्लङ्घन गर्ने चालकको लाइसेन्स निलम्बन गर्न सिफारिस

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ३१ चालकको सवारीचालक अनुमतिपत्र...

सुनको भाउ घट्यो

आज आइतबार सुनको भाउ घटेको छ । शुक्रबार प्रतितोला...

आज यी स्थानमा मेघगर्जनसहित पानी पर्ने

आइतबार पनि देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का...
spot_img