spot_img

३२० प्रतिशत हकप्रद निष्काशन गर्दै मनकामना दरौंदी हाइड्रो

spot_img

मनकामना दरौंदी हाइड्रोपावर कम्पनी लिमिटेडले पुँजी वृद्धि गर्न हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीको २०८१ जेठ ३ गते बसेको संचालक समितिको बैठकले तत्काल कायम रहेका संस्थापक शेयरधनीहरुवाट १ कित्ता शेयर बराबर ३.२ कित्ता शेयर (१:३.२) अर्थात् ३२० प्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो।

कम्पनीले  १ कित्ता शेयर बराबर ३.२ कित्ता शेयर (१:३.२) को अनुपातमा रु.१०० अंकित दरको २८,५२, ७७८ कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ । कम्पनीले ३५ दिन भित्र तत्काल कायम रहेका संस्थापक शेयरधनीहरुलाई हकप्रद वापतको रकम कम्पनीको बैंक खातामा जम्मा गर्न आग्रह गरेको छ ।

कम्पनीले गोरखा जिल्लामा  दरौंदी नदी जलविद्युत आयोजना निर्माण तयारी गरेको छ। ६ घण्टा पिकिङमा चल्ने उक्त आयोजनाको कुल जडित क्षमता ९.८४ मेगावाट रहेको छ। आयोजनामा नेपाल विद्युत प्राधिकरणका पूर्व कर्मचारीहरुको लगानी छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नगद छुट र स्क्र्याच कार्डमार्फत पुरस्कारसहित “Hyundai Festive Drive २०८३’ घोषणा

नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि....

तीजको दिन कति छ सुनचाँदीको भाउ ?

आज सोमबार, हरितालिका तीजको दिन सुनचाँदीको भाउ घटेको छ...

आज ४ कम्पनीको लाभांश घोषणा, कुनको कति ?

आज भदौ २९ गते सोमबार ४ वटा सूचीकृत कम्पनीले...

ओम्स नेपाल बागमती प्रदेशको अध्यक्षमा एल.बी. मोक्तान

बजार व्यवस्थापन तथा बिक्री कर्मचारी संघ (ओम्स) नेपाल बागमती...

बाढी प्रभावित परिवारले मासिक १५ हजार पाउने

सरकारले भोटेकोशी बाढी प्रभावितको लागि मासिक नगद रकम उपलब्ध...