Thursday, June 25, 2026
spot_img

१९०८ प्रतिशतले बढ्यो मिड सोलु हाइड्रोको खुद नाफा

spot_img
spot_img

मिड सोलु हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा १९०८.३८ प्रतिशतले बढेको छ।

यस अवधिमा कम्पनीको खुद नाफा ३ करोड ४३ लाख २१ हजार रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा १७ लाख ७ हजार मात्रै थियो ।

यस अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ५ करोड ७३ लाखबाट बढेर ८ करोड ८३ लाख पुगेको छ। कम्पनीको ब्याज खर्च ३ करोड ७६ लाखबाट घटेर २ करोड ७३ लाख रहेको छ। विद्युत बिक्रीको आम्दानी बढ्दा र ब्याज खर्च घट्दा कम्पनीको खुद नाफा उल्लेख्य बढेको हो ।

यस अवधिमा कम्पनीको वार्षिकीकरण गरिएको प्रति शेयर आम्दानी १८.३४ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १०७.५४ रुपैयाँ रहेको छ।

७४ करोड ८४ लाख चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भमा ५ करोड ६४ लाख रहेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वोत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड हुने

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ असार...

अनुसन्धानको लागि मौखिक अनुरोध मै खाता रोक्का हुने, बैंकले २४/७ कर्मचारी राख्नु पर्ने

वित्तीय अपराध न्यूनीकरणको लागि नेपाल राष्ट्र बैंकले कडा कदम...

थोक र खुद्रा लघुवित्तको मर्जरमा नयाँ व्यवस्था

नेपाल राष्ट्र बैंकले लघुवित्तको मर्जरको नयाँ व्यवस्था गरेको छ...

ब्याज पुँजीकरणमा नयाँ व्यवस्था लागु, जेन्जी आन्दोलनबाट प्रभावित व्यवसायीलाई राहत

नेपाल राष्ट्र बैंकले ब्याज पुँजीकरणमा नयाँ व्यवस्था गरेको छ। ...

२० प्रतिशत कर्जा प्रवाह बढ्ने गरी मौद्रिक नीति ल्याउन चेम्बरको सुझाव

नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिलाई लगानी, उत्पादन...

उत्पादनमा जोडिएका सहकारीलाई प्रोत्साहन गर्न छुट्टै ऐन बनाइने

सरकारले उत्पादन, प्रशोधन र बजारीकरणमा सहकारीको भूमिका वृृद्धि गर्नका...
spot_img