Wednesday, June 24, 2026
spot_img

आमादब्लम हाइड्रो बनाउन जुट्यो लगानी

spot_img
spot_img

आमादब्लम जलविद्युत् आयोजनाको लागि सिद्धार्थ बैंकको अगुवाईमा लगानी जुटेको छ । बैंकले सोलुखुम्बुको पाङ्बोचेमा मिनी हाइड्रो लिमिटेडद्वारा निर्माण प्रस्ताव गरिएको ९११ किलोवाट क्षमताको आयोजनाको वित्तीय व्यवस्थापनका लागि कर्जा सुविधा प्रदान गर्नेबारे सम्झौता गरेको छ ।

उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल, आयोजना कम्पनीका अध्यक्ष लक्ष्मण अधिकारी, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकाल र खुम्बु पासाङ ल्हामु गाँउपालिकाका अध्यक्ष मिङमा छिरी शेर्पाले हस्ताक्षर गरे ।

उक्त सम्झौताअनुसार नेपाल सरकार/वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत प्राप्त हुने आर्थिक सहयोगमा सम्पन्न हुने यस आयोजनामा सिद्धार्थ बैंक लिमिटेडले विश्व बैंकबाट प्राप्त हुने ऋण रकम र बेलायती सरकारद्वारा आर्थिक सहयोगको रुपमा प्राप्त हुने च्यालेन्ज फन्ड प्रवाह गर्नको लागि साझेदार बैंकको रूपमा भूमिका निर्वाह गर्नेछ ।

चोलुन्चे खोलाको पानी प्रयोग गरी निर्माण हुन गइरहेको यस आयोजना ४,४२३ मि. को उचाइमा रही संसारकै अग्ला स्थानमा रहेका जलविद्युत् आयोजनामध्ये एक हो । सगरमाथा राष्ट्रिय निकुञ्जभित्र रहेको क्षेत्रमा राष्ट्रिय प्रशारणको विद्युत् उपलब्ध नभएका कारण विद्युत् अभाव रहिआएकोमा यस आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि उक्त समस्याको न्यूनीकरण मात्र नभई वातावरणमा सकारात्मक प्रभाव, पर्यटकलाई भरपर्दो ऊर्जाको विकल्प तथा खुम्बु पासाङल्हामु गाउँपालिकाभित्रका ४५१ घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नेपालमा पहिलो Bosch Brand Store सञ्चालनमा

विश्वप्रसिद्ध होम अप्लायन्स ब्रान्ड Bosch ले नेपालमा आफ्नो पहिलो...

महानगरका ५३ शिक्षक शिक्षिकालाई स्काउट मास्टर आधारभूत तालिम प्रदान

नेपाल स्काउटको स्थानीय स्काउट कार्यालय काठमाडौंले काठमाडौं महानगरपालिकाको आर्थिक...

सुनचाँदीको भाउ घट्यो

आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार प्रतितोला...

रास्वपाकी सफल कोषाध्यक्ष लिमा अधिकारी उपसभापतिको उम्मेदवार बन्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अग्रभागमा रहेर जिम्मेवारी सम्हालिरहेकी...

स्काईवेलको उत्पादक कम्पनीले जी मोटर्सलाई आधिकारिक बिक्रेताबाट हटायो (पत्रसहित)

चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनीले नेपालका...

हकप्रद निष्काशनको लागि एनआईसी एशिया बैंकले चयन गर्यो बिक्री प्रबन्धक

एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धक...
spot_img