Friday, November 14, 2025
spot_img

यशोदा फुड्सले भन्यो, ‘डेडिकेटेड ट्रंक लाइन लिएका छैनौँ, तिरेको रकम अग्रिम दाखिला गरिदिनू’

spot_img

यशोदा फुड्स प्रा.लि.ले नेपाल विद्युत प्राधिकरणसँग आफूले नियमित महशुलभन्दा बढी तिरेको रकमलाई अग्रीम दाखिला कायम गरिदिन माग गरेको छ । कम्पनीले आइतबार प्राधिकरणलाई पत्र पठाउँदै डेडिकेटेड तथा ट्रंक लाइनको सुविधा नलिएको र कम्पनीले दाखिला गरेको बढी रकम आगामी तिर्नुपर्ने महशुलमा हिसाब मिलान गर्ने गरी अग्रीम दाखिला कायम गरिदिन माग गरेको हो ।

‘यस उद्योगको चित्त नबुझेको, लाल आयोगको प्रतिवेदन र सिफारिस बमोजिम केही तिर्नुपर्ने बुझाउनुपर्ने सो तिर्न बुझाउन तयार रहेका छौं भन्दा पनि विवादित रकम तत्काल दाखिला गर्न अन्यथा लाइन काटिने तथा कानुन अनुसार भइजानेछ भनि प्राधिकरणबाट ताकेता आएको छ,’ यशोदा फुड्सले प्राधिकरणलाई लेखेको पत्रमा भनिएको छ, ‘उद्योगले विभिन्न खाद्य वस्तु उत्पादन गरी बिक्री गर्दै आएको छ । बजारमा माग बढी रहेको विषयमा तत्काल मनन गरी माग बमोजिम उत्पादन बजारमा पूर्‍याउन नसकेमा बजारमा असर पर्ने कारणबाट उद्योग बाध्य भई केहि रकम दाखिला गरेका हौँ ।’

उद्योगले उद्योगका तर्फबाट बढी दाखिला भएको रकम आगामी तिर्नुपर्ने महशुलमा हिसाब मिला गर्ने गरी अग्रीम दाखिला कायम गरिदिन भनेको छ ।

यशोदा फुड्सले ट्रंक तथा डेडिकेटेडलाइन बापत भन्दै ४ लाख २५ हजार २३१ रुपैयाँ तिरेको थियो ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

मल्टीपर्पस फाइनान्स पनि आरटीजीएस प्रणालीमा आवद्द

मल्टीपर्पस फाइनान्स लिमिटेड पनि नेपाल राष्ट्र बैंकको Real Time...

७९ प्रतिशतले बढ्यो विकाश हाइड्रोपावरको खुदनाफा

विकाश हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो...

फ्रान्स पनि आगामी फिफा विश्वकपको लागि छनौट, ४८ मध्ये २९ देशको टुंगो लाग्यो

फ्रान्स राष्ट्रिय फुटबल टोलीले युरोपेली छनोट समूह 'डी' को...

नेपाली उपभोक्ताका लागि भरपर्दो र विश्वसनीय बन्दै हुन्डाईको क्रेटा इभी

नेपालमा इलेक्ट्रिक सवारी साधनप्रति उपभोक्ताको रुची बढ्दो छ ।...

४९.९५ मेगावाटको दाना खोला आयोजनाको इलेक्ट्रो मेकानिकल कार्य भारतको फ्लोभेलले गर्ने

लालुपाते हाईड्रोपावर कम्पनीले निर्माण गर्ने ४९.९५ मेगावाट क्षमताको दाना...

कुलमानले खारेज गरेको पुनरावलोकन समिति ब्यूँत्याउन उद्योगीहरुको माग

ऊर्जामन्त्री कुलमान घिसिङले खारेज गरेको प्रशासकीय पुनरावलोन समिति ब्यूँत्याउन...
spot_img
spot_img
spot_img