Wednesday, June 18, 2025
spot_img

‘१८ पोका’मा बाँधेर प्राधिकरणले लेखा समितिमा बुझायो टीओडी मिटरको रेकर्ड

spot_img
spot_img

नेपाल विद्युत प्राधिकरणले संसदको सार्वजनिक लेखा समितिमा उद्योगहरुले प्रयोग गरेको डेटिकेटेड तथा ट्रंक लाइनको विवरण बुझाएको छ । ७० हजार पेजको विवरणलाई १८ वटा पोकामा बाँधेर पेश गरिएको प्राधिरकणले जनाएको छ ।

सोमबार लेखा समितिले प्राधिकरणलाई ३ दिनभित्र टीओडी मिटरको डेटा उपलब्ध गराउन निर्देशन दिएको थियो । यस लगत्तै प्राधिकरणले काम थालेको थियो । आज बिहिबार उक्त टीओडी मिटरको तथ्यांक भएका ७० हजार पेजका कागजातहरु १८ वटा पोकामा बाँधेर लेखा समितिमा बुझाइएको प्राधिकरणले जनाएको छ ।

लेखा समितिले डेटिकेटेड तथा ट्रंक लाइनको विवादबारे यसअघि गठन भएका मनोज मिश्र र भक्तबहादुर पुन नेतृत्वको समितिले दिएका प्रतिवेदन पनि माग गरेको थियो ।

‘सबै कागजात गरेर ७० हजार पृष्ठजति छन्, मनोज मिश्र र भक्तबहादुर पुन नेतृत्वको समितिले दिएका प्रतिवेदन पनि समावेश गरेका छौँ’ प्राधिकरण स्रोतले भन्यो ।

गत शुक्रबारको लेखा समिति बैठकले प्राधिकरणसँग टीओडी मिटरसहितको विवरण माग्ने र त्यसका आधारमा प्रतिवेदन बनाएर आवश्यक निर्णय गर्ने निर्णय गरेको थियो ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

सुनचाँदीको भाउ बढ्यो

आज बुधबार सुनको भाउ बढेको छ । मंगलबार प्रतितोला...

बजारमा अधिक तरलता, आज ९० अर्ब खिच्दै राष्ट्र बैंक

बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैङ्कले आज असार...

कालीमाटीमा आज कुन तरकारी र फलफूलको मूल्य कति ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि...

स्यार्पु पावर कम्पनीले आईपीओ निष्काशन गर्ने , साधारणसभा आह्वान

स्यार्पु पावर कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...

यस्तो छ आज बुधबारको लागि तय गरिएको विदेशी मुद्राको सटही दर

नेपाल राष्ट्र बैङ्कले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय...

कर्मचारीलाई ऊर्जामन्त्रीले भने ‘काम चित्तबुझ्दो भएन, खर्च गर्न नसक्ने भए किन बजेट माग्ने?’

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मन्त्रालय मातहत भएका...
spot_img