Tuesday, August 25, 2026
spot_img
spot_img

‘१८ पोका’मा बाँधेर प्राधिकरणले लेखा समितिमा बुझायो टीओडी मिटरको रेकर्ड

spot_img

नेपाल विद्युत प्राधिकरणले संसदको सार्वजनिक लेखा समितिमा उद्योगहरुले प्रयोग गरेको डेटिकेटेड तथा ट्रंक लाइनको विवरण बुझाएको छ । ७० हजार पेजको विवरणलाई १८ वटा पोकामा बाँधेर पेश गरिएको प्राधिरकणले जनाएको छ ।

सोमबार लेखा समितिले प्राधिकरणलाई ३ दिनभित्र टीओडी मिटरको डेटा उपलब्ध गराउन निर्देशन दिएको थियो । यस लगत्तै प्राधिकरणले काम थालेको थियो । आज बिहिबार उक्त टीओडी मिटरको तथ्यांक भएका ७० हजार पेजका कागजातहरु १८ वटा पोकामा बाँधेर लेखा समितिमा बुझाइएको प्राधिकरणले जनाएको छ ।

लेखा समितिले डेटिकेटेड तथा ट्रंक लाइनको विवादबारे यसअघि गठन भएका मनोज मिश्र र भक्तबहादुर पुन नेतृत्वको समितिले दिएका प्रतिवेदन पनि माग गरेको थियो ।

‘सबै कागजात गरेर ७० हजार पृष्ठजति छन्, मनोज मिश्र र भक्तबहादुर पुन नेतृत्वको समितिले दिएका प्रतिवेदन पनि समावेश गरेका छौँ’ प्राधिकरण स्रोतले भन्यो ।

गत शुक्रबारको लेखा समिति बैठकले प्राधिकरणसँग टीओडी मिटरसहितको विवरण माग्ने र त्यसका आधारमा प्रतिवेदन बनाएर आवश्यक निर्णय गर्ने निर्णय गरेको थियो ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

 आगन्तुक रिसोर्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

आगन्तुक रिसोर्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...

 फराइजनको भी७ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक

नाडा अटो शोमा फराइजनको नयाँ विद्युतीय भ्यान सार्वजनिक गरिएको...

४९.९९ लाखमै सार्वजनिक भयो स्काईवेल बीई ११, यस्तो छ नाडा अफर

लक्जरी चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’लाई एलआरआर मोटर्सले नेपालमा...

सुरु भयो स्वर्णजयन्ती विशेष नाडा अटो शो

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु...

अपर हेवाखोलाले पायो हकप्रद निष्काशनको पूर्व स्वीकृति, घट्यो अनुपात

अपर हेवाखोला हाइड्रोपावर कम्पनीले हकप्रद निष्काशनको लागि विद्युत नियमन...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...