Monday, February 17, 2025
spot_img

फेदीखोला हाईड्रोमा  राष्ट्रिय वाणिज्य बैंकले ऋण लगानी गर्ने, १३ करोड २० लाखको आईपीओ

फेदीखोला हाईड्रो पावर कम्पनीमा लगानी जुटेको छ। कम्पनीले निर्माण गर्ने आयोजनामा राष्ट्रिय वाणिज्य बैंकले ऋण लगानी गर्ने भेएको हो ।

सम्झौतामा राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट पुर्वाधार बैकिङ्ग विभाग प्रमुख दामोदर ज्ञावाली र कम्पनीका तर्फबाट प्रवन्ध सञचालक प्रकाश चन्द्र दुलालले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार कम्पनीले भोजपुर जिल्लाको साल्पासिलिछो गा.पा. वडा नं. ६ मा निर्माण गरिरहेका ४.३ मेगावाटको फेदीखोला (थुम्लुङ्ग) जलविद्युत् आयोजनामा राष्ट्रिय वाणिज्य बैंकले ५० करोड ऋण लगानी गर्ने भएको छ ।

कुल लागत ९४ करोड रहेको यस आयोजनामा स्वपुँजी लगानी ४४ करोड गर्ने उल्लेख छ । कम्पनीका अनुसार यहि श्रावण महिनाको अन्त्यसम्ममा कम्पनीलाई प्रा.लि. बाट पब्लिक लिमिटेडमा परिवर्तन गरि स्वपुँजीको ४४ करोडको तिस प्रतिशत अर्थात् १३ करोड २० लाख आईपीओ निष्काशन यहि आ.व. भित्रमा गरिने लक्ष्य रहेको छ ।

२०८२ असोज भित्र सम्पन्न हुने यस आयोजनाको लागि आवश्यक सम्पुर्ण जग्गा खरिद, कन्ट्रकसन पावर जडान, पहुँचमार्ग निमार्ण, गोदाम घर, आवस गृह आदीको निर्माण सम्पन्न भएको छ र सभिलि निमार्ण ठेक्का सम्झौता सम्पन्न भई अहिले सम्म करिव ३० प्रतिशत काम सम्पन्न भएको कम्पनीले जनाएको छ ।

- Advertisement -

spot_img

अर्थमन्त्री पौडेल डिस्चार्ज हुँदै, मेयर आचार्य अझै केही दिन अस्पताल मै

उपप्रधान तथा अर्थ मन्त्री विष्णु प्रसाद पौडेल अस्पतालबाट डिस्चार्ज...

बीमा प्राधिकरणमा उच्च तहका १० जना कर्मचारीको बढुवा सिफारिस, को को परे ?

नेपाल बीमा प्राधिकरणमा १० जना कर्मचारीको बढुवा सिफारिस भएको...

आजलाई पनि टर्यो गभर्नर अधिकारीको योग्यता विवादको मुद्दामा सुनुवाई

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको योग्यतालाई लिएर परेको...

नाडा र नाडाका प्रादेशिक एसोसियशनबीच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल र नाडाका प्रादेशिक एसोसियशनबीच...

उपभोक्ता अदालतः ठगिएका उपभोक्ताले ‘न्याय’ पाउने ठाउँ

उपभोक्ता अधिकारकर्मीका अनुसार ठगिका मुद्दा र उजुरीमध्ये वस्तु, सेवा...

संसद बैठक बस्दै, भ्रष्टाचार निवारण विधेयक पारित गर्ने तयारी

आज सोमबार पनि संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा बैठक बस्दै...