Tuesday, August 18, 2026
spot_img

फेदीखोला हाईड्रोमा  राष्ट्रिय वाणिज्य बैंकले ऋण लगानी गर्ने, १३ करोड २० लाखको आईपीओ

spot_img

फेदीखोला हाईड्रो पावर कम्पनीमा लगानी जुटेको छ। कम्पनीले निर्माण गर्ने आयोजनामा राष्ट्रिय वाणिज्य बैंकले ऋण लगानी गर्ने भेएको हो ।

सम्झौतामा राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट पुर्वाधार बैकिङ्ग विभाग प्रमुख दामोदर ज्ञावाली र कम्पनीका तर्फबाट प्रवन्ध सञचालक प्रकाश चन्द्र दुलालले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार कम्पनीले भोजपुर जिल्लाको साल्पासिलिछो गा.पा. वडा नं. ६ मा निर्माण गरिरहेका ४.३ मेगावाटको फेदीखोला (थुम्लुङ्ग) जलविद्युत् आयोजनामा राष्ट्रिय वाणिज्य बैंकले ५० करोड ऋण लगानी गर्ने भएको छ ।

कुल लागत ९४ करोड रहेको यस आयोजनामा स्वपुँजी लगानी ४४ करोड गर्ने उल्लेख छ । कम्पनीका अनुसार यहि श्रावण महिनाको अन्त्यसम्ममा कम्पनीलाई प्रा.लि. बाट पब्लिक लिमिटेडमा परिवर्तन गरि स्वपुँजीको ४४ करोडको तिस प्रतिशत अर्थात् १३ करोड २० लाख आईपीओ निष्काशन यहि आ.व. भित्रमा गरिने लक्ष्य रहेको छ ।

२०८२ असोज भित्र सम्पन्न हुने यस आयोजनाको लागि आवश्यक सम्पुर्ण जग्गा खरिद, कन्ट्रकसन पावर जडान, पहुँचमार्ग निमार्ण, गोदाम घर, आवस गृह आदीको निर्माण सम्पन्न भएको छ र सभिलि निमार्ण ठेक्का सम्झौता सम्पन्न भई अहिले सम्म करिव ३० प्रतिशत काम सम्पन्न भएको कम्पनीले जनाएको छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

महासंघ अध्यक्ष श्रेष्ठ र संयुक्त राष्ट्रसंघका नेपालस्थित आवासीय संयोजकबीच भेटवार्ता

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र संयुक्त...

पर्यटन र पूर्वाधार विकासले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्छः ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आईएमई ग्रुपका...

राष्ट्रिय गौरवका सिँचाइ आयोजना ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको...

नेपाल एसबिआई बैंकको सीएसआर कार्यक्रम: सुरक्षा, स्वास्थ्य तथा शिक्षामा सहयोग

नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले २ वर्ष मै तिरे साढे २२ करोड जरिवाना, जोगिने कसरी ?

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले पछिल्लो २ आर्थिक वर्षमा...

ग्यास अभावको स्थायी समाधानः एउटा परिवारलाई २ सिलिण्डरको सीमा तोक्न कति सम्भव ?

अहिले काठमाडौँसहित देशभरी नै उपभोक्ताले सजिलै ग्यास पाउन सकेका...
spot_img