Thursday, June 25, 2026
spot_img

इप्पान चुनावः विधान संशोधन प्रस्ताव तयार पार्ने जिम्मा अध्यक्ष कार्कीलाई

spot_img
spot_img

ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)को साधारणसभा (चुनावी साधारणसभा) जेठ २९ गते हुँदैछ । उक्त साधारणसभामा विधान संशोधन प्रस्ताव पेश हुने भएको छ । आइतबार बसेको इप्पानको बैठकले साधारणसभा प्रभावित नहुने गरी विधान संशोधन प्रस्ताव गर्ने निर्णय गरेको हो ।

२१औँ साधारणसभाले विधान संशोधनका लागि अध्ययन तथा सिफारिस समिति बनाएको थियो । उक्त समितिले काम अघि बढाएपनि इप्पानलाई महासंघमा रुपान्तरण गर्ने भनिएपछि विधान संशोधन प्रक्रिया रोकिएको थियो । तर, अहिले सरकारले नै महासंघको दर्ता रोकेका कारण इप्पान महासंघ बन्न पाएन । जसका कारण अब फेरि विधान संशोधन प्रक्रिया अघि बढ्ने भएको हो ।

साधारणसभा प्रभावित नहुने गरी हालकै कार्यसमितिको तर्फबाट साधारणसभामा विधान संशोधन प्रस्ताव पेश गर्ने जिम्मेवारी अध्यक्ष गणेश कार्कीलाई दिइएको छ । अब उनले सल्लाहकारहरु, पदाधिकारी, कार्यसमिति सदस्य र विज्ञहरुसँग छलफल गरेर प्रस्ताव तयार पार्नेछन् । उक्त प्रस्ताव कार्यसमितिले पारित गरेपछि साधारणसभामा पेश हुनेछ ।

विधान संशोधन गरेर के प्रावधान राखिँदैछ ?

हाल इप्पानमा वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालमा स्वतः अध्यक्ष बन्ने प्रावधान छ । यो प्रावधान अनुसार हालका वरिष्ठ उपाध्यक्ष मोहन डाँगी आगामी कार्यकालका अध्यक्ष बन्दैछन् ।

अब यो प्रावधानलाई संशोधन गरेर प्रत्यक्ष निर्वाचनमार्फत अध्यक्ष चयन गर्नुपर्ने बहस इप्पानभित्र सुरु भएको छ । साधारणसभामा विधान संशोधन प्रस्ताव पेश भएपनि साधारणसभाले पारित नगर्न पनि सक्छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वोत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड हुने

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ असार...

अनुसन्धानको लागि मौखिक अनुरोध मै खाता रोक्का हुने, बैंकले २४/७ कर्मचारी राख्नु पर्ने

वित्तीय अपराध न्यूनीकरणको लागि नेपाल राष्ट्र बैंकले कडा कदम...

थोक र खुद्रा लघुवित्तको मर्जरमा नयाँ व्यवस्था

नेपाल राष्ट्र बैंकले लघुवित्तको मर्जरको नयाँ व्यवस्था गरेको छ...

ब्याज पुँजीकरणमा नयाँ व्यवस्था लागु, जेन्जी आन्दोलनबाट प्रभावित व्यवसायीलाई राहत

नेपाल राष्ट्र बैंकले ब्याज पुँजीकरणमा नयाँ व्यवस्था गरेको छ। ...

२० प्रतिशत कर्जा प्रवाह बढ्ने गरी मौद्रिक नीति ल्याउन चेम्बरको सुझाव

नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिलाई लगानी, उत्पादन...

उत्पादनमा जोडिएका सहकारीलाई प्रोत्साहन गर्न छुट्टै ऐन बनाइने

सरकारले उत्पादन, प्रशोधन र बजारीकरणमा सहकारीको भूमिका वृृद्धि गर्नका...
spot_img