Sunday, June 14, 2026
spot_img

दाना खोला आयोजनाको हाइड्रोमेकानिकल कार्यको जिम्मा भगत कन्स्ट्रक्सनलाई

spot_img
spot_img

लालुपाते हाईड्रोपावर कम्पनीले निर्माण गर्ने ४९.९५ मेगावाट क्षमताको दाना खोला जलविद्युत आयोजनाको हाइड्रोमेकानिकल कार्य श्री भगत कन्स्ट्रक्सन प्रालिले गर्ने भएको छ । प्रबर्दक कम्पनी र भगत कन्स्ट्रक्सनबीच मंगलबार सम्झौता भएको हो ।

सम्झौतामा प्रबर्दक कम्पनी लालुपाते हाइड्रोपावरका अध्यक्ष मोहन डाँगी र ठेकेदार कम्पनी भगत कन्स्ट्रक्सन प्रालिका  संचालक अरुण कुमार भगतले हस्ताक्षर गरेका छन् ।

यस आयोजनाको इलेक्ट्रो मेकानिकल कार्य भारतको फ्लोभेल ईनर्जीले गरिरहेको छ ।  अन्तिम प्याकेजको रुपमा हाइड्रोमेकानिकल कार्य श्री भगत कन्स्ट्रक्सनलाई दिइएको हो ।

यो आयोजना मनाङको नासो गाउँपालिकामा पर्छ ।  कम्पनीको आयोजनामा सानिमा बैंकको अगुवाइमा नबिल बैंक, सिटिजन्स बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, नेपाल एसबिआई बैंक र  हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले ऋण लगानी गरेका छन् । आयोजनाको कुल लागत  ९९६ करोड रुपैयाँ रहेको छ।

प्राधिकरणले आयोजनाको विद्युत हिउँदमा प्रतियुनिट ८.४० र वर्खामा ४.८० रुपैयाँमा खरिद गर्ने  गरि सम्झौता भईसकेको छ। आयोजनाबाट उत्पादित विद्युत २ सय २० केभी प्रसारण लाइनमार्फत ३.५ किलोमिटरको दूरीमा रहेको प्राधिकरणको मनाङको धारापानी सबस्टेसनमा जोडिने छ । आयोजना निर्माण सम्पन्न गरि सक्नु पर्ने समय  २०८४ कात्तिक २ गते तोकिएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

इप्पानकाे नवनिर्वाचित कार्यसमितिद्वारा शपथ ग्रहण

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का नवनिर्वाचित कार्यसमितिका...

एनआईसी एशिया लघुवित्तको साधारणसभा सम्पन्न, नयाँ संचालक समिति चयन

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

 गुहेश्वरी मर्चेन्ट बैैंकिङ्ग एण्ड फाइनान्सले मनायो २४ औं वार्षिकोत्सव

गुहेश्वरी मर्चेन्ट बैैंकिङ्ग एण्ड फाइनान्सले  २४ औं वार्षिकोत्सव मनाएको...

असार महिनाको लागि नेपाल एसबिआई बैंकले तोक्यो नयाँ ब्याजदर, कुनमा कति ?

नेपाल एसबिआई बैंकले २०८३ असार महिनाको लागि नयाँ ब्याजदर...

हिरा र बहुमूल्य पत्थरमा भ्याट नलगाउन माग

नेपाल रत्न तथा आभुषण संघले हिरा तथा बहुमूल्य पत्थरमा...

‘आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ’

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाललाई...
spot_img