Sunday, December 28, 2025
spot_img

बंगलादेशले नेपालबाट थप विद्युत लैजाने, सुनकोशी ३ मा पनि लगानी गर्ने

spot_img

बंगलादेशले नेपालबाट थप विद्युत लैजाने भएको छ । गत साता बसेको नेपाल बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (Joint Steering Committee, JSC) को ७ औं बैठकमा यसबारे सहमति भएको हो। नेपालबाट बंगलादेशले आयात गर्दै आएको ४० मेगावाट जलविद्युतका अतिरिक्त २० मेगावाट थप विद्युत आवश्यक प्रक्रिया पुरा गरी आयात गर्ने सहमति भएको उर्जा मन्त्रालयले जनाएको छ ।

त्यस्तै  सुनकोशी ३ जलविद्युत आयोजनाको लगानी प्रक्रियामा अगाडि बढाउन बंगलादेशले आयोजना मूल्यांकनका लागि विशेषज्ञ समिति गठन गरी लगानी प्रक्रियालाई अघि बढाउने तथा JVA छिटो टुंग्याउने सहमति भएको छ। नेपालबाट भारतीय ग्रिड हुँदै बंगलादेशको बरापुकारया, पंचगढ़ / ठाकुरगाउँ, भेरामारा र कोमिल्ला सम्मका प्रशारण लाइनहरु मार्फत विद्युत निर्यात गर्न अध्ययन गर्ने सहमति पनि बैठकले गरेको छ।

बैठकले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता प्रवर्द्धन गर्ने सम्बन्धी समझदारी पत्रमा आ- आफ्नो आन्तरिक प्रक्रिया पुरा गरी हस्ताक्षर गर्ने तथा उक्त सम्झौता अन्तर्गत बंगलादेशले नेपाललाई ऊर्जा परिक्षण, EV चार्जिङ, रूफटप सोलार जस्ता क्षेत्रमा प्राविधिक सहायता प्रदान गर्ने सहमति बह्येको छ ।

बैठकले नेपाल र बंगलादेशबीच क्षमता अभिवृद्धि कार्यक्रम शुरु गर्ने सहमति गरेको छ। जसमा बंगलादेशी पक्षका लागि पहिलो चरणको क्षमता अभिवृद्धि कार्यक्रम काठमाडौंमा तथा तत् पश्चात नेपाली पक्षका लागि बंगलादेशमा क्षमता अभिवृद्धि कार्यक्रम संचालन हुने उर्जा मन्त्रालयले जनाएको छ।

त्यस्तै नेपाल, भारत र बंगलादेशबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्ने सम्बन्धी समझदारीपत्र (MoU) मा भारतको सहमति लिन दुवै देशले संयुक्तरूपमा प्रयास गर्ने सहमति पनि बैठकले गरेको छ।

नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव चिरञ्जीवी चटौत तथा जनगणतान्त्रिक बंगलादेश सरकारको विद्युत, उर्जा तथा खनिज मन्त्रालयका सचिव फर्जाना ममताजको सहअध्यक्षतामा बंगलादेशको ढाकामा बैठक सम्पन्न भएको हो। उक्त बैठकले मंसिर १० गते सम्पन्न संयुक्त कार्यदल (Joint Working Group, JWG) को बैठकले गरेका सिफारिसहरुमा छलफल गरेको थियो।

संयुक्त कार्यदलको बैठक नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सहसचिव सन्दीप कुमार देव तथा जनगणतान्त्रिक बंगलादेश सरकारको विद्युत, उर्जा तथा खनिज मन्त्रालयका अतिरिक्त सचिव के. एम. अलि रेजाले सहअध्यक्षता गरेका थिए ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

मदिरा उद्योगमा विष्फोट हुँदा एक जनाको मृत्यु

रौतहटस्थित एक मदिरा उद्योगमा बोइलर विष्फोट हुँदा एक जनाको...

एनआईसी एशिया बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटीमा विशेष छुट

एनआईसी एशिया बैंक र आईएमई हस्पिटालिटी प्रा. लि. बीच...

५ लाख ८३ हजार ९ सयले भरे रिलायन्स स्पिनिङ्गको आईपीओ, २५ अर्ब बढीको आवेदन

रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओमा माग...

नेटवर्थ सुधारेर ठमेल प्लाजा होटेलले फेरि माग्यो आईपीओ निष्काशन अनुमति

ठमेल प्लाजा होटेल एण्ड सुइट्स लिमिटेडले आईपीओ निष्काशन गर्नको...

रिहा भए प्रभु बैंकका सीइओ शेरचन

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन रिहा भएका...

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले लिए शपथ

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा...
spot_img
spot_img