spot_img

नवीकरणीय ऊर्जा परिसंघद्वारा अर्थ र ऊर्जामन्त्रीसँग भेटवार्ता

spot_img

नेपाल नवीकरणीय ऊर्जा परिसंघले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्कालाई मंगलबार भेट गरी बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

परिसंघअन्तर्गतका सौर्य विद्युत् उत्पादक संघ नेपाल, नेपाल लघु जलशक्ति विकास संस्था, नेपाल वायोग्यास प्रवद्र्धन संघ, जल तथा ऊर्जा पराशर्मदाता संघ नेपाललगायत संस्थाका पदाधिकारीले संयुक्तरूपमा नवनियुक्त मन्त्रीहरुलाई ऊर्जा क्षेत्रको विकास र प्रगतिमा महत्वपूर्ण योगदान पु¥याउनको लागि उहाँहरूको कार्यकाल सफल र फलदायी होस् भन्ने कामना गरेका छन् ।

उक्त अवसरमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नवीकरणीय ऊर्जा क्षेत्रको महत्वलाई ऊजागर गर्दै नवीकरणीय ऊर्जाका स्रोतको प्रवद्र्धनमा विशेष ध्यान दिनको लागि सरकार प्रतिबद्ध रहेकाले निजी क्षेत्रलाई लिखित रुपमै आवश्यक सुझाव उपलब्ध गराउनका आग्रह गरे ।

त्यसैगरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले पनि ऊर्जा क्षेत्रको दिगो विकासका लागि सरकार तयार रहेको तथा निजी क्षेत्रलाई नतिजामुखी कार्यमा अगाडि बढ्नको लागि आग्रह गर्दै नवीकरणीय ऊर्जा परिसंघसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

भेटमा परिसंघका अध्यक्ष गुणराज ढकालले ऊर्जा क्षेत्रको विकासमा नवगठित सरकारबाट सहयोग र समर्थनको अपेक्षा गरेका थिए । नेपाल नवीकरणीय ऊर्जा परिसंघले देशको ऊर्जा क्षेत्रको प्रगति र विकासका लागि निरन्तर क्रियाशील रहँदै आएको छ । परिसंघले सरकारसँग सहकार्य गर्दै नवीकरणीय ऊर्जा स्रोतहरुको प्रवद्र्धन, नीति निर्माण र कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

मंगलबार नै परिसंघले ऊर्जा क्षेत्रको विकासका निम्ति गर्नुपर्ने कार्यका लागि गठित कार्यदलका संयोजक तथा ऊर्जा मन्त्रालयका सहसचिव मधु प्रसाद भेटवालसँग पनि भेट गरी ऊर्जा क्षेत्रको विकासका लागि तत्कालीन र दीर्घकालीन कार्ययोजनामा नवीकरणीय ऊर्जा क्षेत्रको महत्वपूर्णता र प्राथमिकतामा ध्यान आकर्षित गराएको छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

२७ जलविद्युत आयोजनाको आरसीओडी थपियो (सूचीसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको पहलपछि...

निर्माण क्षेत्रले मूल्य समायोजन पाउने

सरकारले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५५ को...

अल्ट्राभायोलेटको दशैं अफर : मोटरसाइकल किन्दा हेल्मेट र डायमन्ड कोटिङ निःशुल्क

प्रिमियम इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड अल्ट्राभायोलेटले नेपाली ग्राहकलाई लक्षित गर्दै...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ५ निर्णय

आज असोज १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५...

भाटभटेनीमा सामान किन्दा २ वटा नयाँ टाटा पन्च ईभी जित्ने अवसर

दशैँ, तिहार, छठ पर्व जस्ता चाडपर्व नजिकिएसँगै बजारमा किनमेलको...

बाढीपछिको पुनःनिर्माणको लागि पाँच खर्ब स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस

सरकारले भोटेकोशी बाढीसहित पछिल्लो मनसुनजन्य बाढीका कारण प्रभावित क्षेत्रमा...