Wednesday, June 24, 2026
spot_img

नवीकरणीय ऊर्जा परिसंघद्वारा अर्थ र ऊर्जामन्त्रीसँग भेटवार्ता

spot_img
spot_img

नेपाल नवीकरणीय ऊर्जा परिसंघले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्कालाई मंगलबार भेट गरी बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

परिसंघअन्तर्गतका सौर्य विद्युत् उत्पादक संघ नेपाल, नेपाल लघु जलशक्ति विकास संस्था, नेपाल वायोग्यास प्रवद्र्धन संघ, जल तथा ऊर्जा पराशर्मदाता संघ नेपाललगायत संस्थाका पदाधिकारीले संयुक्तरूपमा नवनियुक्त मन्त्रीहरुलाई ऊर्जा क्षेत्रको विकास र प्रगतिमा महत्वपूर्ण योगदान पु¥याउनको लागि उहाँहरूको कार्यकाल सफल र फलदायी होस् भन्ने कामना गरेका छन् ।

उक्त अवसरमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नवीकरणीय ऊर्जा क्षेत्रको महत्वलाई ऊजागर गर्दै नवीकरणीय ऊर्जाका स्रोतको प्रवद्र्धनमा विशेष ध्यान दिनको लागि सरकार प्रतिबद्ध रहेकाले निजी क्षेत्रलाई लिखित रुपमै आवश्यक सुझाव उपलब्ध गराउनका आग्रह गरे ।

त्यसैगरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले पनि ऊर्जा क्षेत्रको दिगो विकासका लागि सरकार तयार रहेको तथा निजी क्षेत्रलाई नतिजामुखी कार्यमा अगाडि बढ्नको लागि आग्रह गर्दै नवीकरणीय ऊर्जा परिसंघसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

भेटमा परिसंघका अध्यक्ष गुणराज ढकालले ऊर्जा क्षेत्रको विकासमा नवगठित सरकारबाट सहयोग र समर्थनको अपेक्षा गरेका थिए । नेपाल नवीकरणीय ऊर्जा परिसंघले देशको ऊर्जा क्षेत्रको प्रगति र विकासका लागि निरन्तर क्रियाशील रहँदै आएको छ । परिसंघले सरकारसँग सहकार्य गर्दै नवीकरणीय ऊर्जा स्रोतहरुको प्रवद्र्धन, नीति निर्माण र कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

मंगलबार नै परिसंघले ऊर्जा क्षेत्रको विकासका निम्ति गर्नुपर्ने कार्यका लागि गठित कार्यदलका संयोजक तथा ऊर्जा मन्त्रालयका सहसचिव मधु प्रसाद भेटवालसँग पनि भेट गरी ऊर्जा क्षेत्रको विकासका लागि तत्कालीन र दीर्घकालीन कार्ययोजनामा नवीकरणीय ऊर्जा क्षेत्रको महत्वपूर्णता र प्राथमिकतामा ध्यान आकर्षित गराएको छ ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नेपालमा पहिलो Bosch Brand Store सञ्चालनमा

विश्वप्रसिद्ध होम अप्लायन्स ब्रान्ड Bosch ले नेपालमा आफ्नो पहिलो...

महानगरका ५३ शिक्षक शिक्षिकालाई स्काउट मास्टर आधारभूत तालिम प्रदान

नेपाल स्काउटको स्थानीय स्काउट कार्यालय काठमाडौंले काठमाडौं महानगरपालिकाको आर्थिक...

सुनचाँदीको भाउ घट्यो

आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार प्रतितोला...

रास्वपाकी सफल कोषाध्यक्ष लिमा अधिकारी उपसभापतिको उम्मेदवार बन्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अग्रभागमा रहेर जिम्मेवारी सम्हालिरहेकी...

स्काईवेलको उत्पादक कम्पनीले जी मोटर्सलाई आधिकारिक बिक्रेताबाट हटायो (पत्रसहित)

चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनीले नेपालका...

हकप्रद निष्काशनको लागि एनआईसी एशिया बैंकले चयन गर्यो बिक्री प्रबन्धक

एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धक...
spot_img