Saturday, April 26, 2025
spot_img

अपि पावर लिमिटेड र ईङवा हाइड्रो लिमिटेड सम्मानित

विद्युत विकास विभागले अपि पावर लिमिटेडलाई सम्मान गरेको छ । विभागको ३१ औ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा विभागले अपि पावरलाई सम्मान गरेको हो ।

कार्यक्रममा नव नियुक्त ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले अपि पावरका संस्थापक अध्यक्ष तथा प्रबर्दक गुरु प्रसाद न्यौपानेलाई सम्मानपत्रबाट सम्मान गरेका हुन् । विभागले वार्षिकोत्सवको अवसरमा आर्थिक वर्षभर विद्युतको व्यापारिक उत्पादन थाल्ने प्रबर्दकलाई सम्मान गर्दै आएको छ।

अपि पावरले ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८० साउन २८ देखि व्यापारिक उत्पादन गर्दै आएकोमा आज सम्मान पाएको हो। यो आयोजना दार्चुलामा अवस्थित छ ।

त्यस्तै विभागले ईङवा हाइड्रोपावर लिमिटेडलाई पनि सम्मान गरेको छ। यस कम्पनीले ९.७ मेगावाटको माथिल्लो ईङवा खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८० चैत्र २८ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ। प्रबर्दकको रुपमा गुरु न्यौपानेले नै सम्मान पत्र ग्रहण गरेका छन् । ईङवा हाइड्रोपावर लिमिटेडमा अपि पावरको २५ प्रतिशत शेयर लगानी रहेको छ।

विभागले वार्षिकोत्सवको अवसरमा कुल २० वटा जलविद्युत कम्पनीलाई सम्मान गरेको हो ।

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

छ्याङ्दी हाइड्रोले पायो हकप्रद निष्काशन अनुमति

छ्याङ्दी हाइड्रोपावर लिमिटेडले हकप्रद निष्काशनको अनुमति पाएको छ। नेपाल...

भू–उपग्रह प्रयोग गरी नेपालको कृषि क्षेत्रको पहिचान गरिने

नेपाल मैदा उद्योग संघ र भारतको एग्रीवाच कम्पनीबीच कषि...

सहकारी प्राधिकरणले अब गति लिन्छ, अभियानका जायज माग सम्बोधन हुन्छन् : मन्त्री अधिकारी

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले...

१ खर्बको वैकल्पिक विकास परिचालन विधेयक संसदमा प्रस्तुत

वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रतिनिधिसभामा प्रस्तुत भएको छ...

‘निःशुल्क सार्वजनिक शिक्षा खारेज गरेर निजी र प्रतिस्पर्धात्मक व्यवस्था ल्याउनुपर्छ’

प्रा.डा.गोपिलाल न्यौपानेले निःशुल्क सार्वजनिक शिक्षा पद्धतिलाई खारेज गरेर नीजि...

यो वर्ष ५ प्रतिशत आर्थिक वृद्धिदर हुन्छ, निजी क्षेत्रका समस्या बजेटबाट सम्बोधन हुन्छः डा. खतिवडा

प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक तथा विकास सल्लाहकार डा....
spot_img