spot_img

अपि पावर लिमिटेड र ईङवा हाइड्रो लिमिटेड सम्मानित

spot_img

विद्युत विकास विभागले अपि पावर लिमिटेडलाई सम्मान गरेको छ । विभागको ३१ औ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा विभागले अपि पावरलाई सम्मान गरेको हो ।

कार्यक्रममा नव नियुक्त ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले अपि पावरका संस्थापक अध्यक्ष तथा प्रबर्दक गुरु प्रसाद न्यौपानेलाई सम्मानपत्रबाट सम्मान गरेका हुन् । विभागले वार्षिकोत्सवको अवसरमा आर्थिक वर्षभर विद्युतको व्यापारिक उत्पादन थाल्ने प्रबर्दकलाई सम्मान गर्दै आएको छ।

अपि पावरले ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८० साउन २८ देखि व्यापारिक उत्पादन गर्दै आएकोमा आज सम्मान पाएको हो। यो आयोजना दार्चुलामा अवस्थित छ ।

त्यस्तै विभागले ईङवा हाइड्रोपावर लिमिटेडलाई पनि सम्मान गरेको छ। यस कम्पनीले ९.७ मेगावाटको माथिल्लो ईङवा खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८० चैत्र २८ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ। प्रबर्दकको रुपमा गुरु न्यौपानेले नै सम्मान पत्र ग्रहण गरेका छन् । ईङवा हाइड्रोपावर लिमिटेडमा अपि पावरको २५ प्रतिशत शेयर लगानी रहेको छ।

विभागले वार्षिकोत्सवको अवसरमा कुल २० वटा जलविद्युत कम्पनीलाई सम्मान गरेको हो ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नगद छुट र स्क्र्याच कार्डमार्फत पुरस्कारसहित “Hyundai Festive Drive २०८३’ घोषणा

नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि....

तीजको दिन कति छ सुनचाँदीको भाउ ?

आज सोमबार, हरितालिका तीजको दिन सुनचाँदीको भाउ घटेको छ...

आज ४ कम्पनीको लाभांश घोषणा, कुनको कति ?

आज भदौ २९ गते सोमबार ४ वटा सूचीकृत कम्पनीले...

ओम्स नेपाल बागमती प्रदेशको अध्यक्षमा एल.बी. मोक्तान

बजार व्यवस्थापन तथा बिक्री कर्मचारी संघ (ओम्स) नेपाल बागमती...

बाढी प्रभावित परिवारले मासिक १५ हजार पाउने

सरकारले भोटेकोशी बाढी प्रभावितको लागि मासिक नगद रकम उपलब्ध...