Wednesday, June 24, 2026
spot_img

लोडसेडिङ हटेपछि धागो उत्पादन गर्ने उद्योगमा खुशीयाली

spot_img
spot_img

नेपाल विद्युत प्राधिकरणले पछिल्लो केही दिनदेखि औद्योगिक क्षेत्रमा नियमित विद्युत् आपूर्ति गर्न थालेपछि धागो उत्पादक संघले उत्साहित भएको जनाएको छ । विगतमा औद्योगिक क्षेत्रमा दैनिक १२ घण्टासम्म लोडसेडिङ भइरहेकोमा अब भने नियमित विद्युत आपूर्ति हुन थालेको भन्दै संघले खुशी व्यक्त गरेको छ ।

‘घरायसी प्रयोजनमा लोडसेडिङ अन्त्य भएपनि औद्योगिक क्षेत्रमा दैनिक १२ घण्टासम्म भइरहेको लोडसेडिङका कारण धागो उत्पादन लागत बढेको, क्षमताअनुसार उत्पादन नभएको, रोजगारी र निर्यात प्रवद्र्धनमा असर परिरहेको अवस्थामा मित्रराष्ट्र भारतबाट थप बिजुली आयात गरी नेपाल विद्युत् प्राधिकरणले पछिल्लो केही दिनदेखि औद्योगिक क्षेत्रमा नियमित विद्युत् आपूर्ति गर्न थालेकामा नेपाल धागो उत्पादक संघ हर्षित र उत्साहित भएको छ’ संघले विज्ञप्तिमार्फत भनेको छ, ‘औद्योगिक क्षेत्रमा लोडसेडिङको समस्या समाधानका लागि भारतबाट आवश्यक मात्रामा विद्युत् आयातको पहल गर्ने प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशकज्यू, उर्जामन्त्रीज्यू, परराष्ट्रमन्त्रीज्यू तथा समग्र पहलकदमी लिने प्रधानमन्त्रीज्यूमा संघको तर्फबाट हार्दिक आभार प्रकट गर्दछौँ ।’

संघमा आवद्ध उद्योगहरुबाट हुने उत्पादनको ८० प्रतिशतभन्दा बढी वस्तु अहिले विभिन्न देशमा निर्यात भइरहेको संघले जनाएको छ । वि.सं. २०५३ मा संघको स्थापना भएयता वार्षिक रुपमा करिब ४० हजार मेट्रिकटन धागो निर्यात भइहेको यस उद्योगले निर्यातमार्फत राज्यको ढुकुटी र अर्थतन्त्रमा उल्लेख्य योगदान गरिरहेको पनि बताइएको छ ।

लोडसेडिङले पारेको समस्या पूर्ण रुपमा समाधान गर्दै औद्योगिक क्षेत्रले निरन्तर चौबिसै घण्टा विद्युत् उपभोग गर्न पाउने सुनिश्चितता प्रदान गरी उद्योग व्यवसाय सञ्चालनका लागि सहज वातावरण सिर्जनातर्फ सरकारको सार्थक प्रयास रहने विश्वास लिइएको संघले जनाएको छ ।

spot_img
spot_img

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वोत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड हुने

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ असार...

अनुसन्धानको लागि मौखिक अनुरोध मै खाता रोक्का हुने, बैंकले २४/७ कर्मचारी राख्नु पर्ने

वित्तीय अपराध न्यूनीकरणको लागि नेपाल राष्ट्र बैंकले कडा कदम...

थोक र खुद्रा लघुवित्तको मर्जरमा नयाँ व्यवस्था

नेपाल राष्ट्र बैंकले लघुवित्तको मर्जरको नयाँ व्यवस्था गरेको छ...

ब्याज पुँजीकरणमा नयाँ व्यवस्था लागु, जेन्जी आन्दोलनबाट प्रभावित व्यवसायीलाई राहत

नेपाल राष्ट्र बैंकले ब्याज पुँजीकरणमा नयाँ व्यवस्था गरेको छ। ...

२० प्रतिशत कर्जा प्रवाह बढ्ने गरी मौद्रिक नीति ल्याउन चेम्बरको सुझाव

नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिलाई लगानी, उत्पादन...

उत्पादनमा जोडिएका सहकारीलाई प्रोत्साहन गर्न छुट्टै ऐन बनाइने

सरकारले उत्पादन, प्रशोधन र बजारीकरणमा सहकारीको भूमिका वृृद्धि गर्नका...
spot_img