Wednesday, February 11, 2026
spot_img

जेन्जी आन्दोलनपछि क्षति पुगेको युलेन्सको पुननिर्माण सम्पन्न, नेतृत्वमा पनि ब्यापक परिवर्तन

spot_img
spot_img

भदौको जेन्जी आन्दोलनको क्रममा क्षति पुगेको युलेन्स स्कुलको पुनर्निर्माण सम्पन्न भएको छ। युलेन्स एजुकेशन फाउन्डेशनका संस्थापक अध्यक्ष सोम पनेरुका अनुसार विध्वंसको पाँच महिनामा युलेन्स एजुकेशन फाउन्डेशन अन्र्तगतका विद्यालयहरु पुर्ननिर्माणको तीब्रतर गति समात्दै आज भौतिक रुपमा पुनः खडा भएको छ।

भौतिकरुपमा आफ्ना विद्यार्थीहरुलाई विद्यालयको आफ्नै कक्षाकोठाहरुमा पुनः स्वागत गर्न नयाँ स्वरुपमा उभिएका गौरवशाली धरोहरहरुको विवरण सार्वजनिक गरिरहँदा गहिरो पीडापछिको उच्च खुसीले उद्वेलित गराएको उनले उल्लेख गरेका छन्। उनका अनुसार पुर्ननिर्माणको प्रक्रियामा फाउन्डेशनद्वारा संचालित युलेन्स स्कुल काठमाडौंमा भौतिक पूर्वाधारको पूर्णरुपमा पुर्ननिर्माण सम्पन्न भइसकेको छ र विद्यालय भौतिकरुपमै पूर्ण क्षमतामा सञ्चालनमा फर्किएको छ ।

युलेन्स स्कुल ललितपुरमा भौतिक पुर्ननिर्माण आशिंक तवरमा भएपनि सम्पन्न भई केही भवनहरु भौतिकरुपमा कक्षा सञ्चालन गर्न सकिने  अवस्थामा आएको र केही भवनहरुको पुर्ननिर्माण प्रक्रिया निरन्तर जारी रहेको फाउन्डेशनले जनाएको छ । युलेन्स कलेज, ग्याप इयर कार्यक्रम र शिक्षक तालिम केन्द्रजस्ता अन्य कार्यक्रमहरु पनि भौतिकरुपमा पुनः सञ्चालनको प्रतिक्षामा रहेको बताईएको छ। विध्वंसमा खरानी बनाइएका सवारी साधनहरुलाई वातावरण मैत्री विद्युत्तीय बसहरुद्वारा प्रतिस्थापन गर्दै आगामी शैक्षिक सत्रदेखि विद्यार्थीहरुको परिवहन सुविधालाई व्यवस्थित गर्न प्रक्रिया अगाडि बढाइएको फाउन्डेशनले जनाएको छ।

 

पुननिर्माण पछिको युलेन्स स्कुल
पुननिर्माण पछिको युलेन्स स्कुल

फाउन्डेशनका अनुसार भाद्र २४ गतेको आगजनी, तोडफोड र लुटपाटमा युलेन्स एजुकेशन फाउन्डेशनका खुमलटारस्थित विद्यालयका ५ वटा भवन, बाँसबारीस्थित विद्यालयका ३ वटा भवन र काभ्रेको नालास्थित विद्यालयको आउटडोर लर्निङ सेन्टर ध्वस्त बनाइँदा १ अर्ब २५ करोड रुपैया“ बराबरको भौतिक क्षति भएको थियो।

नेतृत्वमा पुर्नसंरचना

युलेन्स एजुकेशन फाउन्डेशनले केबल भौतिक संरचनाहरुको मात्रै पुर्नसंरचना नभई विद्यालयको तमाम शैक्षिक वातावरण र विद्यार्थीहरुको सिकाई प्रक्रियालाई थप व्यवस्थित, सुदृढ र सिर्जनशील बनाउन संस्थाको नीतिगत नेतृत्वमा समेत पुर्नसंरचना गरेको जनाएको छ । परिवर्तित परिवेशमा संस्थालाई थप उर्जा र व्यावसायिकताका साथ संचालन गनुपर्ने भएकाले युलेन्स एजुकेशन फाउन्डेशन (यु.ई.एफ.) ले फाउन्डेशनको बोर्डको पुर्नसंरचना तथा युलेन्स स्कुलको शैक्षिक नेतृत्व र विद्यालय व्यवस्थापन समिति (क्ःऋ) कोनेतृत्वमा परिवर्तन गरेको छ ।

यस कदमले संस्थाको सुशासन, शैक्षिक उत्कृष्टता र दीर्घकालीन संस्थागत विकासप्रति विद्यालयको सार्वजनिक प्रतिवद्धतालाई थप पारदर्शी र बलियो बनाउने विश्वास गरिएको फाउन्डेशनले जनाएको छ। फाउन्डेशनको नेतृत्वले फाउन्डेशनको सम्पूर्ण सदस्यहरु र कर्मचारीहरुको उपस्थितिमा हालै आयोजित ‘टाउन हल’ ( भेला) मा उपरोक्त निणर्यहरु प्रस्तुत गर्दै निणयार्थ पेश गरेको थियो । टाउन हलले उक्त निणर्यलाई पारित गर्दै औपचारिक अनुमोदनका लागि बोलाएको साधारणसभाले टाउन हलको निणर्यलाई औपचारिक तवरले अनुमोदन गरेपछि निणर्यहरु कार्यान्वयनमा आएको बताईएको छ।

टाउन हलमा गरिएको निणर्य अनुसार युलेन्स एजुकेशन फाउन्डेशनको‘बोर्ड अफ ट्रष्टिज’कोनवनियुक्त सदस्यहरुमा काठमाडौं विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. भोला थापा, नेपाल राष्ट्र वैंकमा तीन दशकभन्दा बढी अनुभव बोकेका वरिष्ठ वैंकिङ विज्ञ प्रद्युम्न कुमार खनाल र हाल युलेन्स स्कुलका अभिभावकसमेत रहेका  शैक्षिक तथा सुरक्षा विज्ञ डा. मनिष थापा रहेका छन् । नयाँ बोर्ड सदस्यहरुले पहिलोपटक कर्मचारीहरुसँग साक्ष्ाँत्कार गर्दै यु.ई..एफ.को लक्ष्य र मूल्य–मान्यताप्रति आफ्नो सामुहिक प्रतिवद्धता व्यक्त गरेका छन् ।

संस्थाको सुशासन र शैक्षिक नेतृत्वसमेत सुदृढ बनाउने कार्ययोजना अन्र्तगत ललितपुरस्थित युलेन्स स्कुलको नेतृत्वमा एकता राणा प्रधानाध्यापक (प्रिन्सिपल) मा नियुक्त भएकी छिन् । बीस बर्षअघि युलेन्स स्कुल ललितपुरमा बिषय शिक्षकको रुपमा प्रवेश गरेकी राणाले बिगतका दिनहरुमा विद्यालयको शिक्षक, विद्यालय एकँईको संयोजक र विद्यालयको उप–प्रधानाध्यापकका रुपमा शैक्षिक नेतृत्व र व्यवस्थापनको विशिष्ट अनुभव हासिल गरेको फाउन्डेशनले जनाएको छ । साथै उनको ‘युलेन्सको शैक्षिक पद्दति र दर्शन’मा गहिरो विज्ञता रहेको फाउन्डेशनले उल्लेख गरेको छ।

फाउन्डेशनका अनुसार बैंक स्ट्रीट कलेज अफ एजुकेशनबाट शिक्षाशास्त्रमा स्नातकोत्तर गरेकी राणा ‘प्रगतिशील शिक्षाशास्त्र (Progressive Pedagogy)’ मा आफ्नो दख्खलका लागि परिचित छिन्। पूर्व प्रिन्सिपल मेदिन बहादुर लामिछाने अब युलेन्स एजुकेशन फाउन्डेशनको प्रमुख प्राज्ञिक अधिकारी (Chief Academic Officer) को भूमिकामा पूर्णरुपमा क्रियाशील हुनेछन्, जहाँ उनले फाउन्डेशन अन्र्तगतका शैक्षिक कार्यक्रमहरुलाई सहयोग पु¥याउने बताईएको छ ।

टाउन हल भेलामा बोल्दै युलेन्स स्कुलका नयाँ प्रिन्सिपल एकता राणाले विद्यालयको सहयोगात्मक संस्कृतिको सराहना गर्दै यसको निरन्तरता र थप समृद्ध बनाउने कार्ययोजनाप्रति आफ्नो प्रतिवद्धता ब्यक्त गरिन्। यस्तै, पूर्व प्रिन्सिपल मेदिन बहादुर लामिछानेले विद्यालयसँगको आफ्नो लामो आवद्धतालाई स्मरण गर्दै अबका दिनमा पाठ्यक्रम विकास, शिक्षण अभ्यास र शिक्षकहरुको व्यावसायिक विकासमा केन्द्रित रहेर फाउन्डेशनले तय गरेको थप सुदृढ, आत्मविश्वासी र सिर्जनात्मक शिक्षालय संचालनमा आफ्नो योगदान रहने प्रतिवद्धता व्यक्त गरिन् ।

ब्यवस्थापन समितिको नेतृत्व परिवर्तन नियमित सुशासन, रुपान्तरण र पुर्नसंरचना प्रक्रिया अन्र्तगत पूर्व अध्यक्ष डा. आरजु राणा देउवाको लामो समयको कार्यकाल पूरा भएसँगै युलेन्स एजुकेशन फाउन्डेशन अन्र्तगतका विद्यालय व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी प्रा.डा. भोला थापाले सम्हालेका छन् । भेलालाई सम्वोधन गर्दै फाउन्डेशनका बोर्ड अफ ट्रष्टीजसमेत रहेका व्यवस्थापन समितिका नवअध्यक्ष प्रा.डा थापाले युलेन्स एजुकेशन फाउन्डेशन र काठमाडौं विश्वविद्यालयबीच विगतमा भएका सहकार्यहरुको चर्चा गर्दै विद्यालयको शैक्षिक र संस्थागत जग बलियो बनाउन सरोकारवालाहरुको सहयोग र सामुहिक प्रयासको महत्वमा जोड दिए ।

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

युनाइटेड अजोड इन्स्योरेन्सले पायो हकप्रद शेयर निष्काशनको अनुमति

युनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने अनुमति पाएको...

सिटिजन्स बैंक बन्यो NCHL को EFT member अन्तर्गत NepalPay Card जारी गर्ने पहिलो बैंक

सिटिजन्स बैंक र नेपाल क्लियरिङ हाउस (NCHL) बीच NPS...

आइ.सि.एफ.सि फाइनान्सका ग्राहकले इच्छा अनुसारको फोटो राखेर Debit Card लिन सक्ने

आइ.सि.एफ.सि. फाइनान्सले ग्राहकलाई व्यक्तिगत, आधुनिक र फरक बैंकिङ अनुभव...

गुणस्तर विभागलाई उद्योग परिसंघद्वारा २० लाखको प्रयोगशाला यन्त्र हस्तान्तरण

नेपाल उद्योग परिसंघले नेपाल गुणस्तर तथा नापतौल विभागलाई प्रयोगशाला...
spot_img