Sunday, May 25, 2025
spot_img

परीक्षा बोर्डले भन्योः कक्षा १२ को परीक्षा सरेको छैन

spot_img
spot_img

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नसरेको जानकारी दिएको छ । शिक्षकहरूको आन्दोलनका कारण परीक्षा सरेको भन्दै सामाजिक सञ्जालमा भ्रामक सूचना फैलिएको भन्दै बोर्डले परीक्षा तोकिएकै मितिबाट सूचारु हुने जनाएको हो ।

२०८२ साल बैशाख ११ गतेबाट संचालन हुने गरी तय भएको कक्षा १२ को वार्षिक परीक्षाका सम्बन्धमा विद्यार्थीवर्गमा भ्रम सिर्जना हुने गरी परीक्षा स्थगित गरिएको भ्रामक सूचना संप्रेषण गरिएकोमा आपत्ति जनाउँदै बोर्डले परीक्षा नसरेको स्पष्ट पारेको हो ।

‘परीक्षा जस्तो सम्वेदनशील विषयमा बोर्डको लेटरप्याडमा अध्यक्षको हस्ताक्षर राखी अनाधिकृत र भ्रामक सूचना सम्प्रेषण गर्ने उपर साइबर कानुन अनुसार आवश्यक कार्वाहीका लागि प्रक्रिया अगाडि बढाइएको छ,’ बोर्डले भनेको छ, ‘परीक्षा सञ्चालनका लागि समन्वय र सहकार्य हुन अभिभावक, शिक्षक एवं प्रधानाध्यापकज्यूहरूमा राष्ट्रिय परीक्षा बोर्ड हार्दिक अपिल गर्दछ ।’

परीक्षा बोर्डले निकालेको विज्ञप्ति

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

यूएईमा ५ गिगावाट क्षमताको स्टारगेट एआई डेटा सेन्टर निर्माण हुने

यूएईको अबु धाबीमा स्टारगेट यूएई नामक अत्याधुनिक कृत्रिम बुद्धिमत्ता...

आर्थिक अनियमितता प्रमाणित भए राजनीतिबाटै राजीनामा दिन्छुः गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले जीवनमा कुनै एउटा मात्रै आर्थिक अनियमितता...

जलविद्युत क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर सरकारले बजेट ल्याउनुपर्छ: वरिष्ठ उपाध्यक्ष डाँगी

स्वतन्त्र उर्जा उत्पादक संघ (इपान) का वरिष्ठ उपाध्यक्ष मोहनकुमार...

रवि लामिछानेलाई थुना मै राख्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले ष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि...
spot_img