Thursday, May 22, 2025
spot_img

रास्वपाले पनि भन्यो, ‘नागरिक उड्डययन प्राधिकरणलाई टुक्र्याउनु पर्छ’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले नेपालको हवाई क्षेत्रलाई सुरक्षित बनाउन नियामक र सेवा प्रदायक निकाय अलगअलग बनाउन माग गरेकी छिन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले हवाई क्षेत्रलाई सुरक्षित बनाउन नियामक र सेवा प्रदायक छुट्याउने विधेयक छिटो अगाडि बढाउन पनि माग गरिन् ।

साउन ९ गते त्रिभुवन विमानस्थलभित्रै जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएपछि नागरिक उड्डययन प्राधिकरण (क्यान)लाई नियामक र सेवा प्रदायक गरि २ निकायमा विभक्त गर्नुपर्ने आवाज उठिरहेका बेला साउन २३ गते नुवाकोटमा हेलिकप्टर दुर्घटनामा परि ५ जनाको मृत्यु भएपछि यो माग झन चर्किएको छ । यसै शिलशिलामा रास्वपाले पनि क्यानलाई टुक्र्याउन माग गरेको हो ।

आफूले नेपालको हवाई क्षेत्रको यात्रा सुरक्षित गर्नुपर्ने भनेर संसदमा ६ पटक बोलिसकेको उल्लेख गर्दै सांसद गौतमले हवाई क्षेत्रलाई सुरक्षित बनाउन नियामक र सेवा प्रदायक छुट्याउने कानुन बनाउनुपर्ने बताइन् । उनले यो विषय आफूले सम्बन्धित मन्त्रीलाई पनि भनेको तर, विधेयक संसदमा नआएको भन्दै ध्यानाकर्षण गराइन् ।

उनले हवाई सेवाको नियामक निकायका रुपमा रहेको क्यान ‘रेगुलेटरी फेलियर’ भएको समेत बताइन् ।

‘इयुको कालोसूचीमा पर्नु, आइकाओले अडिटमा एकदमै कम नम्बर दिनुले पनि नेपालको हवाई क्षेत्रको रेगुलेटरी फेलियर भइसकेको देखाउँछ’ उनले भनिन् ।

spot_img

- Advertisement -

spot_img
spot_img

आज पनि बढ्यो सुनको भाउ

आज बिहिबार पनि सुनको भाउ बढेको छ । बुधबार...

रिभर फल्स पावरको ४४ लाख कित्ता सेयरको ‘लक इन’ अवधि सकियो

रिभर फल्स पावर लिमिटेडको ४३ लाख बढी कित्ता सेयरको...

हिमालयन रि-इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

हिमालयन रि-इन्स्योरेन्स कम्पनीको लाभांश पाउन आजसम्म सेयर खरिद गरेको...

ट्याक्सीमाण्डूसँग सहकार्य गर्दै राइड सेयरिङ एप ‘याङ्गो’ नेपाल प्रवेश, ३ प्रतिशत मात्र कमिशन

नेपालको पुरानो राइड सेयरिङ प्लेटफर्म ट्याक्सीमाण्डू र विश्वप्रसिद्ध अन्तर्राष्ट्रिय...

नाइमा ‘मोबिलिटी एक्स्पो’को स्टल बुकिङ बन्द, ५० ब्राण्ड सहभागी हुने (नामसहित)

नेपाल अटामोबाइल इम्पोर्टर्स एन्ड मेनुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा पहिलोपटक...

एभरेष्ट कलरको जारी पूँजी बढ्यो, ७ लाख ९० हजार कित्ता आईपीओ जारी हुने

एभरेष्ट कलर लिमिटेडको विशेष वार्षिक साधारणसभा सम्पन्न भएको छ...
spot_img