Tuesday, August 18, 2026
spot_img

रास्वपाले पनि भन्यो, ‘नागरिक उड्डययन प्राधिकरणलाई टुक्र्याउनु पर्छ’

spot_img

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले नेपालको हवाई क्षेत्रलाई सुरक्षित बनाउन नियामक र सेवा प्रदायक निकाय अलगअलग बनाउन माग गरेकी छिन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले हवाई क्षेत्रलाई सुरक्षित बनाउन नियामक र सेवा प्रदायक छुट्याउने विधेयक छिटो अगाडि बढाउन पनि माग गरिन् ।

साउन ९ गते त्रिभुवन विमानस्थलभित्रै जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएपछि नागरिक उड्डययन प्राधिकरण (क्यान)लाई नियामक र सेवा प्रदायक गरि २ निकायमा विभक्त गर्नुपर्ने आवाज उठिरहेका बेला साउन २३ गते नुवाकोटमा हेलिकप्टर दुर्घटनामा परि ५ जनाको मृत्यु भएपछि यो माग झन चर्किएको छ । यसै शिलशिलामा रास्वपाले पनि क्यानलाई टुक्र्याउन माग गरेको हो ।

आफूले नेपालको हवाई क्षेत्रको यात्रा सुरक्षित गर्नुपर्ने भनेर संसदमा ६ पटक बोलिसकेको उल्लेख गर्दै सांसद गौतमले हवाई क्षेत्रलाई सुरक्षित बनाउन नियामक र सेवा प्रदायक छुट्याउने कानुन बनाउनुपर्ने बताइन् । उनले यो विषय आफूले सम्बन्धित मन्त्रीलाई पनि भनेको तर, विधेयक संसदमा नआएको भन्दै ध्यानाकर्षण गराइन् ।

उनले हवाई सेवाको नियामक निकायका रुपमा रहेको क्यान ‘रेगुलेटरी फेलियर’ भएको समेत बताइन् ।

‘इयुको कालोसूचीमा पर्नु, आइकाओले अडिटमा एकदमै कम नम्बर दिनुले पनि नेपालको हवाई क्षेत्रको रेगुलेटरी फेलियर भइसकेको देखाउँछ’ उनले भनिन् ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना चयन

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना चयन भएका...

जापानमा HiLife का नेपाली उत्पादनको शुभारम्भ

नेपालमा उत्पादित HiLife Foods and Agro Industries Limited का...

विश्वकै पहिलो रोबोटिक स्मार्टफोन सार्वजनिक, 4DoF मेकानिकल गिम्बल

विश्वकै अग्रणी AI डिभाइस इकोसिस्टम कम्पनी HONOR ले बहुप्रतीक्षित...

भदौ ९ देखि नाडा अटो शो हुँदै: २०० बढी स्टल रहने, २ लाखले अवलोकन गर्ने अनुमान

नाडा अटोमोबाइल प्रदर्शनीको अठारौं संस्करणको नाडा अटो शो २०२६...

इन्डोनेसियाको ८१औं स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंमा झण्डोत्तोलन

नेपालका लागि गणतन्त्र इन्डोनेसियाको अवैतनिक वाणिज्य दूतको कार्यालयले आइएमई...

करदाता प्रोत्साहन कार्यक्रम: आज पुरस्कार घोषणा हुँदै, यस अघि जितेकाले आजै पैसा पाउने

करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार आज...
spot_img