Sunday, February 9, 2025
spot_img

एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटमा दुर्घटना भएको पुष्टि

बेपत्ता भएको एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटमा दुर्घटनामा परेको पुष्टि भएको छ । काठमाडौँबाट रसुवाको स्याफ्रुबेसी उडेको एयर डाइनेस्टीको हेलिकप्टर शिवपुरी ७ सूर्यचौर क्षेत्रमा दुर्घटनामा परेको पुष्टि भएको हो ।

नुवाकोट प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाका अनुसार शिवपुरी ७ सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटना भएको खबर आएपछि प्रहरीसहितको उद्दार टोली पुगिसकेको छ । अहिले उद्धारको काम भइरहेको उनको भनाइ छ ।

हेलिकप्टर दुर्घटना स्थलमा आगलागी भइरहेको बताइएको छ ।

उक्त हेलिकप्टरमा ४ जना यात्रु सवार रहेको बताइएको छ ।

- Advertisement -

spot_img

स्वरोजगार लघुवित्तले पायो एफपीओ निष्काशन अनुमति

स्वरोजगार लघुवित्तले नेपाल धितोपत्र बोर्डबाट एफपीओ निष्काशन गर्ने अनुमति...

वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन सर्‍यो

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३१औँ वार्षिक साधारणसभा र...

शेयरबजारमा गिरावट: २ कम्पनीमा सकारात्मक सर्किट

साताको पहिलो दिन आज आइतबार शेयरबजार परिसूचक नेप्से घटेको...

बुद्ध एयरको भ्यालेन्टाइन अफर सार्वजनिकः एउटा टिकट किन्दा अर्को टिकट ‘फ्री’

निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले भ्यालेन्टाइन डे...

‘परल मूल्य’मै ग्यास बेच्ने तयारी, घरायशी ग्राहकलाई खातामा अनुदान रकम

नेपाल आयल निगमले खाना पकाउने ग्यास परल मूल्यमै बिक्री...