Friday, January 24, 2025
spot_img

नलिञ्चोक हेलिपोर्टबाट उडान नगर्ने पाइलटहरुको निर्णय

नेपाल नागरिक उड्डयन प्राधिकरणले नलिञ्चोकमा बनाएको हेलिपोर्टमा सुरक्षा जोखिम रहेको भन्दै पाइलटहरुले यहाँ उडान तथा अवतरण नगर्ने निर्णय गरेका छन् । पाइलहरुले नलिञ्चोकबाट उडान तथा अवतरण गर्दा उड्डयन सुरक्षामा जोखिम भएको निष्कर्ष निकाल्दै विहीबारदेखि यहाँ हेलिकप्टर उडान अवतरण नगर्ने निर्णय गरेका हुन् ।

नलिञ्चोक हेलिपोर्टबाट हुने उडान तथा अवतरण जोखिमपूर्ण भएको र न्यूनतम पूर्वाधारसमेत तयार नभइसकेको भन्दै पाइलटहरुले बुधबार बैठक बसेर यहाँबाट उडान नगर्ने निर्णय गरेका हुन् ।

प्राधिकरणले आवश्यक सुरक्षा संयन्त्रसहितका पूर्वाधारको तयारी नगरि सो हेलिपोर्टबाट उडानमा दबाब दिएको भएपनि आफूहरुले सुरक्षामा सम्झौता गर्न नसक्ने पाइलटहरुले बताएका छन् ।

पाइलटहरुका अनुसार यहाँबाट उडान अवतरण गर्दा सुरक्षा जोखिम रहेको भन्दै प्राधिकरणलाई असार १६ गते नै ४७ जना पाइलटहरुको तर्फबाट लिखित जानकारी गराइएको थियो । तर, प्राधिकरणले आफूहरुले दिएको सुझावको कुनै वास्ता नगरेपछि बाध्य भएर उडान नगर्ने निर्णय गर्नु परेको एक जना पाइलटले जानकारी दिए ।

यो हेलिपोर्ट आसपासमा उडान गर्न उच्च भूभाग तथा घना बस्तीले अवरोध गरिरहेको, हेलिपोर्टमा कन्ट्रोल टावर नबनेको, फाइनल एप्रोच टेकअफ प्वाइन्ट साँधुरो भएको, पार्किङ क्षेत्र पनि साँघुरो रहेको, इन्धन भर्ने सुविधा नभएको लगायतका कारण हेलिकप्टर उडान नसकिने क्याप्टेनहरुले बताउँदै आएका छन् ।

तर, प्राधिकरणले भने काठमाडौँ विमानस्थलमा उडान गरिरहेका हेलिकप्टरका पाइलटहरुलाई असजिलो महशुस भएको हुन सक्ने भएपनि सुरक्षामा कुनै चुनौति नरहेको दाबी गर्दै आएको छ ।

- Advertisement -

spot_img

३८ प्रतिशतले घट्यो फर्स्ट माइक्रोफाइनान्सको खुद नाफा

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिस्कृत...

राष्ट्र बैंकले रेगुलेट गरेको संस्थाको डिपोजिटरलाई समस्यामा पर्न दिँदैनौँ: गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय...

विश्वभर एकसाथ डाउन भयो ‘च्याट जीपीटी’

ओपन एआईले संचालनमा ल्याएको चर्चित च्याटबट 'च्याट जीपीटी' बिहीबार...

प्रदेश र स्थानीय तहले केन्द्र सरकारबाट पाउने अनुदानमा कटौती

सरकारले प्रदेश तथा स्थानीय तहलाई दिने समपूरक र विशेष...

राष्ट्रिय वाणिज्य बैंकको ६० औं वार्षिकोत्सव सम्पन्न

राष्ट्रिय वाणिज्य बैंकको ६० औं वार्षिकोत्सव सम्पन्न भएको छ...

अर्को साता ३ दिन मात्र शेयर कारोबार हुने

आगामी साता ३ दिन मात्र शेयर कारोबार हुने भएको...